(Japan) 12 th September | 2024 | Thursday | 12:35:02 AM || (Nepal) 9:20:02 PM
 
 


जापान नजिक एकैपटक थप ३ वटा ताइफु आउँदै, ताइफुको असरबारे पूर्वानुमान गर्न कठिन

  POSTED ON : Thursday, 05 September, 2024 | Views : 2012

जापान नजिक एकैपटक थप ३ वटा ताइफु आउँदै, ताइफुको असरबारे पूर्वानुमान गर्न कठिन


टाकियो, जापान ।

मौसम उपग्रह अनुसार दक्षिणी महासागरमा धेरै ताइफुको बादलहरु विकास भएको जापान मौषम विज्ञान एजेन्सीले बताएको छ ।

दक्षिण चिन सागरमा देखिने घुमाउरो बादलहरू ताइफु ११ निर्माण अघिको अवस्था भएको भन्दै मौषम अधिकारीहरुले यस्ता ३ वटा ताइफुको सम्भावना रहेको बताएका छन् ।

न्यानो समुद्री सतहमा द्रुत गतिमा ताइफुको विकास भइरहेको र बुधवार साँझ सम्ममा ताइफु शक्तिशाली रुप लिने अवस्थामा पुगेको बताइएको छ ।

एउटा ताइफु शक्तिशाली रुपमा विकास भइरहँदा जापानको दक्षिणी महासागरमा कम्तिमा दुई स्थानहरूमा घुमिरहेको बादलहरू जुन भविष्यमा ताइफुको रुपमा विकास हुने स्पष्ट अवस्थामा देखा परेको छ ।

दुबै अवस्थाका बादलहरू घडीको उल्टो दिशामा घुमिरहेका र यसले न्यून चाप प्रणालीलाई संकेत गरेको बताइछ ।

शक्तिशाली ताइफुको रुपमा हेरिएको यागी नामको यस सिजनको ११ औं ताइफु दक्षिण चीन सागरमा छ र बिस्तारै पश्चिमतर्फ सर्दैछ ।

हालै जापानमा प्रहार गरेको ताइफु नम्बर १० जसलाई शानशान भनिएको थियो, त्यो जत्तिकै यसको असर हुने पूर्वानुमान गरिएको छ ।

ताइफु नम्बर ११ ले जापानको मुल भूमि क्षेत्रलाई भने असर नगर्ने पूर्वानुमान गरिएको छ ।

यो दक्षिणी चीनबाट भियतनामतिर सरिरहेको छ । ताइफुले उच्च ज्वारभाटा र भारी वर्षा सहित ठूलो प्रभाव पार्नेछ ।

जापानमा आँधीको तथ्याङ्क हेर्दा, ताइफुको लागि औसत समय अगस्टदेखि सेप्टेम्बरको वरिपरि हुन्छ ।

यो सिजनमा मारिया र शानशान ताइफुले असर पारेको जापानलाई आगामी दिनमा आउनसक्ने नयँ ताइफुले उस्तै असर पार्ने सम्भावना रहेपनि केहि दिनभित्र नयाँ ताइफुको आकार र यसले यात्रा गर्ने बाटो अनुमान गर्न सकिने भएकाले दक्षिणी महासागरमा बिकास भइरहेको बादलहरूको आवागमनमा निरन्तर ध्यान दिनु आवश्यक रहेको जापान मौषम विज्ञान एजेन्सीले जनाएको छ ।