(Japan) 29 th March | 2024 | Friday | 4:42:01 PM || (Nepal) 1:27:01 PM
 
 


जापानको यि क्षेत्रमा शनिबारसम्मै भारी वर्षा हुने

  POSTED ON : Saturday, 16 July, 2022 | Views : 1452

जापानको यि क्षेत्रमा शनिबारसम्मै भारी वर्षा हुने


टोकियो, जापान ।

जापानको पश्चिम र उत्तरी भुभागमा मौसम अस्थिर रहने जापानको मौसम विभागले बताएको छ । शनिबारसम्मै पश्चिम देखि उत्रर भुभागमा भारी वर्षा हुने अनुमान बीच मौसम अधिकारीहरुले सर्वसाधारणहरुलाई सम्भावित पहिरो र नदीमा पानीको स्तर बढ्न सक्ने अवस्थाप्रति सतर्क रहन अनुरोध गरिरहेका छन् ।

शुक्रवार मध्यरातसम्म पश्चिम र पूर्वी जापानमा चट्याङसहित एक घन्टामा ५० मिलिमिटर भन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । सोही अवधिमा उत्तरी जापानमा पनि ३० मिलिमिटरभन्दा बढी वर्षा हुने बताइएको छ ।

शुक्रवार साँझसम्म दक्षिण क्युशुमा १२० मिलिमिटरसम्म वर्षा हुने अपेक्षा गरिएको छ । उत्तरी क्युशु, चुगोकु, तोकाई, कान्तो–कोशिन र तोहोकु क्षेत्रमा पनि सय मिलिमिटरसम्म वर्षा हुने बताइएको छ ।

कान्साई र होकुरिकु क्षेत्रमा पनि ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ । शुक्रबार साँझदेखि शनिबार साँझ सम्म दक्षिणी र उत्तरी क्युशुमा २०० देखि ३०० मिलिमिटरसम्म वर्षा हुने बताइएको छ ।

सोही अवधिमा तोकाई, तोहोकु र होक्काइदो क्षेत्रमा सय देखि १५० मिलिमिटरसम्म वर्षा हुने अनुमान विभागको छ । चुगोकु, कान्साई, होकुरिकु र कान्तो–कोशिन क्षेत्रमा पनि सो अवधिमा ५० देखि सय मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान छ ।