(Japan) 20 th May | 2022 | Friday | 4:28:04 AM || (Nepal) 1:13:04 AM
 
 

जापानमा भारी वर्षा हुने, यि क्षेत्रमा सतर्कता अपनाउनुहोला

  POSTED ON : Friday, 13 May, 2022 | Views : 2626

जापानमा भारी वर्षा हुने, यि क्षेत्रमा सतर्कता अपनाउनुहोला


टोकियो, जापान ।

जापानभर भारी वर्षा हुने अनुमान गरिएको छ । जापानको मौसम विभागले रेन फ्रन्ट र न्यून चापीय प्रणालीतर्फ औंल्याउँदै कान्तो र तोकाई क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी गरेको हो ।

विभागका कारण शनिबार सम्म प्रशान्त तटतर्फ रहेका जापानको पश्चिम र उत्तरी क्षेत्रमा मुसलधारे वर्षा हुनेछ । शनिबार बिहानसम्मको २४ घन्टामा तोकाई क्षेत्रमा २०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ ।

दक्षिण क्युशु र कान्साई क्षेत्रमा १८० मिलिमिटर, ओकिनावा, आमामी शिकोकुु र कान्तो–कोशिन क्षेत्रमा पनि १५० मिलिमिटरसम्मको वर्षा हुन सक्ने विभागले बताएको छ ।

मौसम अधिकारीहरुले प्रभावित क्षेत्रका सर्वसाधारणहरुलाई सम्भावित पहिरो, बाढी, न्यून तटीय क्षेत्र डुबानमा पर्न सक्ने र नदीमा पानीको बहाव बढ्ने अवस्थाप्रति सतर्क रहन अनुरोध गरिरहेका छन् ।