(Japan) 3 rd July | 2022 | Sunday | 5:34:45 AM || (Nepal) 2:19:45 AM
 
 

दोस्रो भेट्रान्स कप जुलाई १७ मा, बिजेताले २३३,३३३ येन नगद पाउने

  POSTED ON : Sunday, 08 May, 2022 | Views : 712

दोस्रो भेट्रान्स कप जुलाई १७ मा, बिजेताले २३३,३३३ येन नगद पाउने


टोकियो, जापान ।

जापानमा क्रियाशिल फुटवल क्लव कावासाकी वुल्सको आयोजनामा गत वर्षदेखि संचालित भेट्रान्स गोल्ड कपको दोस्रो संस्करण आगामी जुलाई १७ आईतबार हुने भएको छ । पुरस्कार राशीमा गत सिजन भन्दा केहि वृद्धि गरेको क्ल्वका अध्यक्ष मिथुन गुरुङले वताए ।

पहिलो संस्करण भव्य रुपमा सम्पन्न भएकोले सोहि सफलतालाई उर्जाको रुपमा लिंदै दोस्रो संस्करणको तयारीमा जुटेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुल गुरुङले वताए ।

प्रतियोगिताको विजेता टिमले २३३,३३३ येन नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उप-विजेता टिमले १२२,२२२ येन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पहिलो सिजनमा सहभागिता जनाई सहयोग गर्ने विभिन्न फुटवल क्लवहरु, आर्थिक तथा नैतिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुसँग यसपटक पनि हातेमालोको अपेक्षा गरिएको आयोजकले बताएको छ ।