(Japan) 3 rd July | 2022 | Sunday | 4:44:44 AM || (Nepal) 1:29:44 AM
 
 

एकदिवसीय खेलमा जिम्बावे माथी नेपालको ९ विकेटको किर्तिमानी जीत

  POSTED ON : Sunday, 08 May, 2022 | Views : 560

एकदिवसीय खेलमा जिम्बावे माथी नेपालको ९ विकेटको किर्तिमानी जीत


काठमाडौं, नेपाल ।

नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ ।  जिम्बावे 'ए' ले दिएको ८८ रनको लक्ष्य नेपालले ११।२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको  हो । 

नेपालका लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । धमलालाई ब्रान्डन माभुटाले आउट गराएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे सस्तैमा समेटिएको थियो । जिम्बावे ३१।५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो । उसका लागि जोनाथन क्याम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाए । त्यस्तै सेफास झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसी र सोमपाल कामीले ३-३ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए । यसअघि शुक्रबारको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले हराएको थियो ।

जिम्बावेको 'ए' टिम नेपालमा तीन ट्वान्टी-२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे 'ए' लाई ८ विकेटले हराएको थियो ।

जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलिरहेको छ । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहेका छन् ।