(Japan) 3 rd July | 2022 | Sunday | 4:51:00 AM || (Nepal) 1:36:00 AM
 
 

नेपालको लगातार दोस्रो खेलमा मलेसियामाथि ६ बिकेटको जीत

  POSTED ON : Wednesday, 30 March, 2022 | Views : 504

नेपालको लगातार दोस्रो खेलमा मलेसियामाथि ६ बिकेटको जीत


काठमाडौं, नेपाल ।

आशिफ शेखको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको छ ।

लगातार दुई जितसँगै नेपाल त्रिकोणात्मक शृङ्खलाको फाइनल नजिक पुगेको छ ।

नेपाल, पपुवा न्यूगिनी र मलेशिया सम्मिलित प्रतियोगितामा दुई दिनअगाडि नेपालले पपुवा न्यूगिनीलाई १५ रनले हराएको थियो ।

मलेशियाले मङ्गलवार पपुवा न्यूगिनीलाई आठ रनले पराजित गरेको थियो ।

लीग चरणमा यी सबै टोली पुन: एक पटक खेल्नेछन् र शीर्ष स्थानका दुई टोलीले फाइनल खेल्नेछन् ।

करण केसीले पहिलो बलमा विरनदीप सिंहलाई बोल्ड गरेपछि नेपालको सुरुआत निकै रोमाञ्चक बन्न पुगेको थियो ।

मलेशियाका सबैभन्दा राम्रा खेलाडी मानिएका विरनदीप 'इनसाइड एज'मा 'गोल्डेन डक आउट' हुन पुगेका थिए।

तर अर्का ‌ओपनर जुबैदी जुल्किफ्ल र कप्तान अहमद फैजले सम्हालेर खेल्दै टोलीलाई धरमराउनबाट रोके ।

यी दुईले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

नेपालका तीव्र गतिका बलरहरुको प्रभाव कम भएको अवस्थामा ल्याइएका कुशल मल्लले सातौँ ओभरमा आएर यो साझेदारीलाई रोकेका थिए ।

मल्लले १५ बलमा दुई छक्कासहित ३२ रन बनाएर खेलिरहेका जुबैदीलाई बोल्ड गरे ।

कप्तान फेज (२४ रन) लाई भने नेपाली कप्तान सन्दीप लामिछानेले आउट गरे ।

त्यसपछि खेल बिस्तारै नेपालको पकडमा आएको देखिएको थियो।

१२औँ ओभरमा दीपेन्द्रसिंह ऐरीले मध्यक्रमका सैद अजिजलाई १४ रनमा पवेलियन फर्काए।

चार डट बल खेलेपछि दबावमा आएका अजिजलाई लामिछानेबाट क्याच गरेका थिए।

त्यसपछि मलेशियाको विकेट लगातार खसेको थियो र टोली आठ विकेटको क्षतिमा ११४ रनमा समेटिन पुग्यो।

नेपालबाट कप्तान लामिछाने र करणले २/२ विकेट लिए भने अभिनाश बोहोरा, ऐरी र मल्लले १/१ विकेट लिए।