(Japan) 15 th January | 2025 | Wednesday | 5:25:59 PM || (Nepal) 2:10:59 PM
 
 


अफगानिस्तानमाथि नेपालको १ विकेटको कठिन जित

  POSTED ON : Wednesday, 04 December, 2024 | Views : 442

अफगानिस्तानमाथि नेपालको १ विकेटको कठिन जित


टोकियो, जापान ।

यू–१९ एसिया कपमा १२४ रनको सामान्य लक्ष्यमा नेपालले अफगानिस्तानविरुद्ध कठिन जित निकालेको छ । 


५० ओभरको खेलमा युएईमा अफगानिस्तानले दिएको १२४ रनको झिनो लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पुरा गर्न सक्यो । 


लगातारको दोस्रो हारपछि नेपाल र अफगातिस्तान दुवै टोली समूह चरणबाटै बाहिरिसक्दा नेपालले सान्त्वना जित दर्ता गरेको हो ।


टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल बनाएको थियो। अफगानिस्तानका लागि फैसल खानले ६७ बलमा सर्वाधिक ५२ रन जोडे। त्यस्तै, खातिर खानले २६ बलमा १५ बनाउँदा अल्लाह गजान्फरले ११ र नासिर खानले १० रन जोडे।

नेपालका लागि युनिसविक्रमसिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा नेपालका नरेन साउदले सर्वाधिक २६ रनको योगदान गरे। यसैगरी, अविजित रहेका हेमन्त धामीले २२ रन जोड्दा अर्जुन कुमालले २१ रन बनाए। अभिषेक तिवारीले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।