टोकियो, जापान ।
पहिलो खेलमा ईङल्याण्डमाथि ६ विकेटको सनसनीपूर्ण जित निकालेको नेपालले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियालाई हराएर नयाँ किर्तिमान बनाएको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । खेलमा टस जितेको अष्ट्रेलियाले सुरुवातमा नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।
२०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपालले पहिलो पटक सहभागीतामै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध ११ रनको जित निकालेको हो ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०० रन जोड्न सक्यो ।
अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । त्यस्तै एलेक्स रोसले १४ रन बनाए । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । २ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए । त्यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि शनिबार पनि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै लोकेश बमले ३३ रन बनाए । त्यस्तै विवेक यादवले १२ रन बनाउँदा रसिद खानले १२ रन बनाए । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिएका थिए ।
यसअघि शुक्रबार नेपालले इंग्ल्यान्डमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको थियो ।
नेपाल पुल 'बी' बाट शिर्ष स्थानमा रहँदै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । ईंगल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ ।
क्वार्टरफाइनल अन्तर्गत आजै नेपालले श्रीलंकासँग जापानी समय अनुसार दिउँसो ४ बजेर ५० मिनेटमा अर्को खेल खेल्नेछ ।