टोकियो, जापान ।
हङकङ सिक्सेसमा नेपाललाई इङ्ल्याण्डले दिएको ९८ रनको विशाल लक्ष्य पुरा गर्दै नेपालले ऐतिहासिक ६ विकेटको जीत निकालेको छ ।
हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा ६ ओभरको खेलमा पुरै ६ विकेट गुमाएर इङ्ल्याण्डले ९७ रन जोडेको थियो ।
टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाएको थियो ।
९८ रनको विशाल लक्ष्य पाएपछि नेपालको लागि यो लक्ष्य असम्भव जस्तै देखिएको थियो ।
हङकङका रवि बोपराले सर्वाधिक ४९ र समित पटेलले ३९ रन बनाए। अन्य खेलाडीले राम्रो खेल्न सकेनन्।
नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई तथा नारायण जोशी र लोकेश बमले एक एक विकेट लिएका थिए ।
९८ रनको विशाल लक्ष्य पछ्याएर मैदानमा उत्रेको नेपालको लागि सन्दिप जोराले नविजित ७१ रनको योगदान दिए । उनले मात्र १७ बलको सामना गर्दा ८ छक्का र ५ चौका प्रहार गरे ।
यस्तै लोकेस बमले नट आउट ११ बलमा २ छक्का र १ चौका सहित २० रनको योगदान दिएका हुन् ।
प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।