टोकियो, जापान ।
आईसीसी विश्वकप लीग डिभिजन २ अन्तर्गत नेपाल र स्कट्ल्यान्डबीचको पहिलो खेलमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ।
अमेरिकाको ड्यालसमा भएको खेलको पहिलो इनिङ्समा नेपालले स्कट्ल्यान्डलाई ४१.४ ओभरमा १५४ रनमा सिमित बनाउँदै अलआउट गरेको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए ।
दोस्रो इनिङ्समा नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै १५७ रन बनाएर १५५ रनको लक्ष्य पूरा गरेको हो । नेपालका लागि अविजित रहेका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए।
यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ।
आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।