काठमाडौं, नेपाल ।
भारतलाई रोमाञ्चक महिला साफ च्याम्पियनसिपमा पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
सम्भवत नेपाली फुटबल इतिहासकै विवादित र लामो समयको खेल बनेको खेलमा भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
पेनाल्टि सुट आउटमा ४-२ ले भारतलाई पराजित गर्दै नेपालले जित निकालेको हो ।
नेपालकी सब्स्टिच्युट गोलकिपरले २ वटा गोल रोकेपछि खेल नेपालको पक्षमा आएको हो
यसअघि नेपालकी सावित्रा भण्डारीको गोलसँगै नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको थियो ।
नेपालले गरेको गोललाई भुटानकी रेफ्रिले मान्यता नदिएपछि खेलमा विवाद भएको थियो । विवादकैबीच अघि बढेको खेलमा १० खेलाडीमा सिमित नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिपमा भारतमाथि यो लगातार दोस्रो सेमिफाइनल विजय हो।
साफ महिला च्याम्पिअनशिपको उपाधीका लागि नेपालले अब बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतवार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।
दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि रोकिएको खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो।
प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्याएकी थिइन्। त्यसअघि भारतले ७२ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो । नेपालको लागि सावित्रा भण्डारीले गरेको गोल ऐतिहासिक बन्यो ।