काठमाडौं, नेपाल ।
अमेरिकासँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले ऐतिहासिक क्लिक स्विप गरेको छ । घरेलु मैदानमा तीन श्रृंखलाको टी-२० क्रिकेट सबै जित्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।
अमेरिकाले दिएको तेस्रो तथा अन्तिम खेलमा स्थानिय समय अनुसार आइतबार १५७ रनको लक्ष्य नेपालले मात्र २ विकेट पुरा गर्दै जितेको हो ।
नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नटआउट रहे । अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १ १ विकेट लिए ।
यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको थियो ।
यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ । लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ।