(Japan) 13 th December | 2024 | Friday | 1:24:47 AM || (Nepal) 10:09:47 PM
 
 


अमेरिकालाई उसकै मैदानमा सुपर ओभरमा हराउँदै नेपालद्धारा सिरिज सिरिज कब्जा

  POSTED ON : Sunday, 20 October, 2024 | Views : 464

अमेरिकालाई उसकै मैदानमा सुपर ओभरमा हराउँदै नेपालद्धारा सिरिज सिरिज कब्जा


काठमाडौं, नेपाल ।

अमेरिकाको घरेलु मैदानमा जारी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा अमेरिकालाई सुपर ओभरमा रोमाञ्चक ढंगले हराउँदै नेपालले सिरिजमाथी कब्जा जनाएको छ ।

आइतबार डालासमा भएको टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो ।

यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ ।

खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

अमेरिकालाई १७१ रनको लक्ष्य दिने क्रममा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रनको योगदान दिए । भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै अनिल साहले २५, गुल्शन झाले १९ र रोहित पौडेलले १८ रन जोडे ।

जवाफी ब्याटिङमा उत्रेको अमेरिकाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । जसका कारण खेल बराबरी टाइ हुन पुग्यो ।

अमेरिकाका लागि एन्ड्रीज गौजले सर्वाधिक ६२ रन बनाए। त्यस्तै सैतेजा मुक्कामालाले ४७, मिलिन्द कुमारले १५ र सयान जहगिंरले १४ रन बनाए । नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो ।

नेपाललाई सुपर ओभरमा केवल ३ रन आवश्यक परेको थियो । अमेरिकालाई सुपर ओभरमा सोमपाल कामीले धरासायी बनाएका थिए ।

३ रनको लक्ष्य पछ्याएर कप्तान रोहित पौडेल र कुशल भुर्तेल आएका थिए । पहिलो दुई बलमा २ रन र डट खेलेका उनिहरुले चौथो बलमा एक रन जोड्दै टीमलाई दोस्रो खेलसँगै सिरिज जिताएका हुन् ।