काठमाडौं, नेपाल ।
विश्व क्रिकेट लिग डिभिजन २ का सबै खेलमा हारेर टि-ट्वान्टीको पहिलो खेलमा समेत हार व्यहोरेको नेपाली क्रिकेट टोलि क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेलमा आज आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुने भएको छ । जापानी समय अनुसार मध्यरात १२ बजे खेल तालिका रहेको छ ।
शनिबार राति शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो ।
आज आइतबार दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् ।
यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपालसम्मेलित त्रिकोणात्मक एकदिवसीय शङ्खलाको सबै खेलमा नेपाल पराजित भएको थियो ।