(Japan) 12 th September | 2024 | Thursday | 2:07:07 AM || (Nepal) 10:52:07 PM
 
 


नेपालद्वारा काभा वुमन्स नेसन्स भलिवल लिगमा भारतमाथि ऐतिहासिक जित

  POSTED ON : Sunday, 04 August, 2024 | Views : 374

नेपालद्वारा काभा वुमन्स नेसन्स भलिवल लिगमा भारतमाथि ऐतिहासिक जित


काठमाडौँ, नेपाल । 

नेपाली महिला भलिबल टोलिले काभा वुमन्स नेसन्स भलिबल लिगमा भारत विरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ ।


त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको लिग चरणको दोस्रो खेलमा नेपालको राष्ट्रिय महिला टोलीले भारतलाई पराजित गरेको हो । निकै सनसनीपूर्ण खेलमा नेपाली टोलीले ३-२ को नतिजा सहित भारतलाई स्तब्ध बनायो ।


यसअघि भएका भारतसंगको सबै खेलमा नेपाली भलिबल टोली पराजित हुदै आइरहेको थियो । आज खेलको पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।


दोस्रो सेटमा कमजोर प्रदर्शन देखाएको नेपाली टोलीले दोस्रो सेट १२–२५ ले सहजै गुमाउन पुग्यो । तेस्रो सेटमा भने नेपालले पुनः उच्च प्रदर्शन गर्दै खेलमा २५–१७ ले जित निकाल्यो ।


तेस्रो सेट सकिँदा २-१ ले अघि रहेको नेपालले पुनः चौथो सेट १८–२५ ले गुमाउन पुग्यो । निर्णायक बनेको अन्तिम पाँचौ सेटमा नेपाल फेरि एकपटक पुरानै लयमा फर्कियो र नतिजा १५–१३ ले आफ्नो पषमा पार्न सफल भयो ।


अन्तिम सेटको नतिजासंगै नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गर्यो । आजको जित पछि जारी लिगमा नेपालको दुई खेलबाट ५ अंक भएको छ ।


यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । तीन खेल खेलेको भारत ७ अंक जोडेर अझै शीर्षस्थानमा छ । प्रतियोगितामा नेपाल र भारत सहित, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ ।


राउण्ड रोविन लिग चरण सकिएपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने तालिका छ ।