(Japan) 17 th February | 2025 | Monday | 10:20:41 AM || (Nepal) 7:05:41 AM
 
 


जापानमा पर्वत पुरुष भलिबल च्याम्पियनसिप हुने, टिम दर्ता शुल्क ४०,००० येन

  POSTED ON : Saturday, 18 May, 2024 | Views : 1202

जापानमा पर्वत पुरुष भलिबल च्याम्पियनसिप हुने, टिम दर्ता शुल्क ४०,००० येन


टोकियो, जापान ।

जापानमा पहिलो पटक पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने भएको छ । 

जापानमा रहेका भलिबल खेलाडीलाई क्रियाशील बनाई राख्न र राष्ट्रिय खेल भलिबललाई प्रवासमा पनि सशक्त बनाउने उदेश्यका साथ आगामी अगस्ट ३ तारिख तोदा सिटी स्पोर्टस् सेन्टरमा प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी दिएका छन् ।

प्रवासमा रहेका नेपालीहरुका बिचमा आत्मीयता भातृत्व र सहयोगी भावनाको विकासका गर्न र खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गराउनका लागि फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्न लागिएको अध्यक्ष लामिछानेको भनाइ छ । 

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ५५ हजार ५५५ येन नगद, च्याम्पियन कप ट्रफी, मेडल र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद २ लाख २२ हजार २२२ येन नगद, ट्रफी, मेडल र प्रमाण पत्र तथा तृतीय  हुने  समूहलाई  १ लाख ११ हजार १११ येन र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिता आयोजक संस्था पर्वत समाज जापानले जनाएको छ। 

यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, मिड ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ्टर र बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार 'नक-आउट सिस्टम'मा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ ।

खेल साइतामाको तोडा स्पोर्ट्स सेन्टरमा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ ।