(Japan) 15 th January | 2025 | Wednesday | 7:00:47 PM || (Nepal) 3:45:47 PM
 
 


सन्दिपलाई विश्वकप खेलाउन आईसीसीको स्विकृती, सन्दिप अभ्यास खेल खेल्नेगरि उड्दै

  POSTED ON : Friday, 17 May, 2024 | Views : 966

सन्दिपलाई विश्वकप खेलाउन आईसीसीको स्विकृती, सन्दिप अभ्यास खेल खेल्नेगरि उड्दै


काठमाडौं, नेपाल ।

क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी ट्वेन्टी विश्वकप खेल्ने पक्का भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानले सन्दिपलाई विश्वकप टिममा समेट्न पठाएको पत्राचारलाई स्विकृत गरेपछि सन्दिपको विश्वकप सहभागीता निश्चित भएको हो ।

झुठो जबर्जस्ती आरोपलाई उच्च अदालत पाटनले सफाइ दिएपछि क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन यसअघिनै क्यानले फुकुवा गरिसकेको छ ।

लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । सन्दिपले हस्टनमा हुने अमेरिका र क्यानडासँगको अभ्यास खेल पनि भ्याउनेगरि क्यानले एक दुई दिनभित्रै अमेरिका पठाउने तयारी गरेको छ ।

विश्वकपमा सहभागी हुने निश्चित भएपछि सन्दिपले बुधवारबाटै नियमित अभ्यास थालेका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने नेपाली टिम भने यसअघि नै अमेरिका पुगिसकेको छ ।

जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका लामिछानेले बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।