(Japan) 19 th May | 2024 | Sunday | 11:40:39 PM || (Nepal) 8:25:39 PM
 
 


क्रिकेटर सन्दिप लामिछानेले पाए सफाई, विश्वकप खेल्ने सम्भावना बलियो

  POSTED ON : Thursday, 16 May, 2024 | Views : 424

क्रिकेटर सन्दिप लामिछानेले पाए सफाई, विश्वकप खेल्ने सम्भावना बलियो


काठमाडौं, नेपाल ।

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंको बिबादास्पद फैसला उल्ट्याउँदै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएको हो । 


न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा मङ्गलबारदेखि सुनवाई सुरु भएको थियो । तर दुई पक्षका वकिलहरूको बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । र बुधबार सोही इजलासमा सुनुवाईलाई निरन्तरता दिँदै फैसला सुनाइएको हो ।


यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर राज ढकालको इजलासले २०८० पुष १३ गते बिबादास्पद   फैसला सूनाउदै सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको इजलासले राति एउटै कोठामा बसेको अवस्था देखिएको, सो समयमा गौशाला २६ ले करणी भएको भनेकै आधारमा सन्दीपलाई दोषी ठहर गरेको थियो । 


त्यस्तै जिल्ला अदालतले गौशला २६ को उमेर वारदात हुँदा १८ वर्ष पुगिसकेको फैसला गरेको थियो । १८ वर्ष पुगिसकेकी गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेको थियो । 


त्यसपछि २०८० पुष २५ गते जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको थियो भने उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि भएको थियो । 


त्यसपछि २०८० फागुन १० गते सन्दीपले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए । 


उच्च अदालत पाटनमा सन्दिपले दायर गरेको पुनरावेदन पटकपटक सर्दा विश्वकप छनोटमा सहभागी हुन पाएनन् भने क्यानले उनलाई टिमबाट समेत निष्कासन गरेको थियो। 


अब पुनरावेदन अदालतले सफाई दिए सँगसँगै सन्दिपको विश्वकप यात्रा सम्भव हुने देखिएको छ यस बारेमा क्यानले आईसीसीसंगको समन्वयमा छिटै निर्णय गर्ने अपेक्षा गरिएको छ ।