(Japan) 19 th May | 2024 | Sunday | 10:37:58 PM || (Nepal) 7:22:58 PM
 
 


विनवार्ड्स भोलक्यानोज बिरुद्व २ ओभरमा ३८ रन चाहिएपछि दीपेन्द्र र सोमपालको कमाल प्रदर्शन

  POSTED ON : Wednesday, 15 May, 2024 | Views : 898

विनवार्ड्स भोलक्यानोज बिरुद्व २ ओभरमा ३८ रन चाहिएपछि दीपेन्द्र र सोमपालको कमाल प्रदर्शन


टोकियो, जापान । 

विश्वकप टि-२० तयारीका क्रममा विनवार्ड्स भोलक्यानोजसँग तीन दिवसिय टि-२० अभ्यास खेल थालेको नेपालले पहिलो खेल रोमान्चक तरिकाले जितेको छ । 


दीपेन्द्र सिंह ऐरीको विष्फोटक प्रहारकी मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको हो । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।


घरेलु टोलीले दिएको १ सय ९७ रनको कसिलो लक्ष्य नेपालले ३ बल बाँकी छँदा पूरा गर्‍यो । एक समय पराजय नजिक पुगिसकेको खेलमा दीपेन्द्र र सोमपाल कामीले मिलेर नेपालका लागि जित हासिल गराए ।


अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा चार छक्का प्रहार गर्दै एकै ओभरमा टिमको लागि २६ रन जोडे । अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले छक्का, दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।


नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे ।


नेपालले विनवार्ड्स भोलक्यानोज विरुद्ध थप दुई अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । मे १६ र १८ मा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।


२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।


नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्ने तालिका रहेको छ ।