(Japan) 12 th February | 2025 | Wednesday | 9:51:00 PM || (Nepal) 6:36:00 PM
 
 


मैत्रीपूर्ण खेलमा गुजरातमाथि नेपालको सहज जित

  POSTED ON : Monday, 01 April, 2024 | Views : 704

मैत्रीपूर्ण खेलमा गुजरातमाथि नेपालको सहज जित


काठमाडौँ, नेपाल । 

त्रिकोणात्मक टी–२० शृङ्खला अन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सहजै जित हात पारेको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो ।


गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए ।


बलिङतर्फ नेपालका गुल्सन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए ।


नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै  अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रनको योगदान दिए । 


बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले  एक एक विकेट लिए । नेपालले दोस्रो खेल मङ्गलबार भारतको बरोडा क्रिकेट सङ्घसँग खेल्नेछ ।