(Japan) 21 st February | 2024 | Wednesday | 8:33:45 PM || (Nepal) 5:18:45 PM
 
 


क्यानडाविरुद्ध टस जितेर नेपालले बलिङ थाल्यो (लाईभ हेर्नुहोस्)

  POSTED ON : Monday, 12 February, 2024 | Views : 1222

क्यानडाविरुद्ध टस जितेर नेपालले बलिङ थाल्यो (लाईभ हेर्नुहोस्)


काठमाडौं, नेपाल ।

नेपाललाई सिरिज क्लिन स्विप गर्ने मौकाको अन्तिम खेल अन्तर्गत नेपाल र क्यानडा तेस्रो खेलमा आज त्रिवि मैदानमा खेल सुरु भएको छ ।

आज नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ भने क्यानडा पहिलो जितको खोजीमा रहेको छ ।

नेपालले आजको खेलमा टस जितेर फिल्डिगं रोज्दै क्यानडालाई ब्याटिगंको निम्तो दिएको छ ।

यसअघि दोस्रो दिनको खेलमा नेपाली युवा खेलाडीले सानदार प्रदर्शन गरेका थिए ।

हालसम्म क्यानडा सिरिजका लागि घोषणा गरिएको स्क्वाडमा हेमन्त धामीले मात्र अवसर पाएका छैनन् । दोस्रो खेलमा कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखिएपछि आकाश चन्द र सूर्य तामाङले अवसर पाएका थिए ।

उनीहरु हरेक खेलमा सेप हुँदा आजको खेल पनि रोमाञ्चक हुने विश्वास गरिएको छ । दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके उच्च दबाबमा छन् ।

उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे थाहा भए पनि त्यसको कुनै फाइदा उठाउन सकेका छैनन् । ठूलो संख्यामा समर्थक उपस्थित भएपछि क्यानडाको टिमले दबाब महसुस गरिरहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो ।

यससँगै नेपाल सिरिजको विजेता बनिसकेको छ । प्रशिक्षक मोन्टी देशाईले ओपनिङमा दुई जोडीलाई परीक्षण गरेका छन् । पहिलो खेलमा कुशलले आसिफ सेखसँग ओपनिङ गरेका थिए । दोस्रो खेलमा भने अनिल शाहले आसिफसँग ब्याटिङ सुरुआत गरेका थिए । आसिफले दुवै खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

त्यसैले आज ओपनिङमा नयाँ जोडी आउने अनुमान गरिएको छ । मध्यक्रममा भीम सार्की र पवन सर्राफ ठूलो स्कोरमा जान सकेका छैनन् । त्यसैले उनीहरुको स्थान परिवर्तन हुन सक्नेछ । घरेलु मैदानमा नेपालले १२ खेलयता शतप्रतिशत जित हात पारेको छ ।

आजपनि नेपाल जितको यात्रालाई कायम राख्दै क्यानडालाई घरेलु मैदानमा पराजित गरेर क्लिन स्विप गर्ने लक्ष्यमा छ ।

खेलको लाईभ भिडियो हेर्नुहोस्