(Japan) 4 th October | 2024 | Friday | 8:47:30 AM || (Nepal) 5:32:30 AM
 
 


खेलकुद इतिहासका सबै किर्तिमान तोड्दै जापानका ओथानीले गरे १ अर्ब बढिको खेल सम्झौता

  POSTED ON : Sunday, 10 December, 2023 | Views : 1658

खेलकुद इतिहासका सबै किर्तिमान तोड्दै जापानका ओथानीले गरे १ अर्ब बढिको खेल सम्झौता


टोकियो, जापान ।

विश्व खेलकुद इतिहासमै अहिलेसम्मकै ठूलो रकमको खेल सम्झौता जापानका बेसबल खेलाडीले गरेका छन् ।

जापानी प्रमुख लिग बेसबल सुपरस्टार ओथानी शोहेईले प्रमुख लिग बेसबल खेलका लागि लस एन्जलस डजर्समा सामेल हुने सम्झौता गरिएको सामाजिक सञ्जाल ईन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् ।

उनको कार्यालयले उनलाई १० वर्षको लागि ७० करोड डलरको सम्झौता गरेको बताएको छ । जुन रकम जापानी येन अनुसार १ खर्ब १ अर्ब ४० करोड येन भन्दा बढि हुन आउँछ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार खेलाडीले कुनैपनि खेलका लागि सम्झौता गरेको खेलकुद इतिहासकै सबैभन्दा ठूलो रकम हो ।

ओथानीले रोनाल्डो मेसी जस्ता खेलाडीले आजसम्म गरेका सबै खेल सम्झौताको रेकर्ड तोडिदिएका हुन् ।

सन् २०२३ मा ओथानीले छैटौं सिजनमा ४४ 'होमरन्स' सहित अमेरिकन लीग नेतृत्व गरेर उच्च खेल कौशल प्रदर्शन गरेका छन् ।

पिचरको रूपमा उसले १० जीत हासिल गरेका छन् भने लगातार दुई खेल सत्रमा दोहोरो अंकको जीत र होम रन कमाउने पहिलो पहिलो प्रमुख बेसबल खेलाडी बन्न सफल भएका छन् ।

ओथानीले सन् २०२१ र २०२३ मा अमेरिकन लिगमा सबैभन्दा लोकप्रिय खेलाडीको अवार्ड जितेका छन् । उनी प्रमुख लीग बेसबल इतिहासमा एकभन्दा बढी पटक सर्वसम्मत भोटले उपाधि जित्ने पहिलो खेलाडी समेत हुन् ।

किर्तिमानी रकमसँगै डडगर्समा सामेल भएर ओथानीले थप विश्व श्रृंखला जीत र सफलता पाउने विश्वास व्यक्त गरिएको छ ।