(Japan) 3 rd October | 2023 | Tuesday | 6:09:48 AM || (Nepal) 2:54:48 AM
 
 


एशिया कपमा श्रीलंकालाई १० विकेटले हराउँद भारतलाई उपाधि

  POSTED ON : Monday, 18 September, 2023 | Views : 176

एशिया कपमा श्रीलंकालाई १० विकेटले हराउँद भारतलाई उपाधि


काठमाडौं, नेपाल ।

उपाधि भिडन्तमा श्रीलङ्कालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै भारतले आठौँ एशिया कपको उपाधि जितेको छ ।

आइतवार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

श्रीलङ्का मात्र १५.२ ओभरमा ५० रन बनाएर अलआउट हुन पुगेको थियो ।

केवल ५१ रनको लक्ष्य पछ्याएको भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाइ लक्ष्य पूरा गर्‍यो ।

जितका लागि भारतका ओपनर ब्याटर ईशान किशन र सुभमन गिलले अविजित खेल्दै जीत दिलाए ।

श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दा सायदै पहिलो चार ओभरमै आफ्नो टीमका आधा सदस्य प्याभिलियन फर्कनेछन् भन्ने सोचेको थियो ।

तर भारतीय बलरका तर्फबाट मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरेर १६ बलमै श्रीलङ्काका पाँच ब्याट्सम्यानलाई आउट गरिदिए ।

खेलको १२औँ ओभरमा सिराजले छैटौँ विकेट पनि लिएका थिए ।

भारतीय बलरमध्ये मोहम्मद सिराजले सर्वाधिक ६ विकेट लिए ।

जसप्रित बुमराहले एक विकेट र हार्दिक पाण्ड्याले तीन विकेट लिए।

वर्षाका कारण फाइनल खेल सुरु हुन ढिलाइ भएको थियो ।

भारत र पाकिस्तानबीचको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

भारत र पाकिस्तानबीचको दोस्रो खेल पनि ‘रिजर्भ डे’ राखिएका कारण मात्रै भएको थियो ।