(Japan) 5 th June | 2023 | Monday | 3:20:20 AM || (Nepal) 12:05:20 AM
 
 

हिमालयन गोल्ड कपको उपाधी काभ्रेली समाजले उचाल्यो, ब्लुरे एफ सि उपबिजेता

  POSTED ON : Tuesday, 21 March, 2023 | Views : 632

हिमालयन गोल्ड कपको उपाधी काभ्रेली समाजले उचाल्यो, ब्लुरे एफ सि उपबिजेता


टोकियो, जापान ।

जापानमा भएको चौथो हिमालयन गोल्ड कपमा ब्लु रे एफ सि लाई ट्राइबेकरमा ३-१ ले हराउदै काभ्रेली समाज जापानले पाँच लाख येनसहित उपाधि उचालेको छ । 

टोकियो फुजीमोरी फुट्सल पार्कमा भएको प्रतिस्पर्धामा दोस्रो हुने टिमले दुई लाख जापानी येन कप हात पारेको छ । यसैगरि तेस्रो स्थानको लागी भएको खेलमा अल स्टार एफसिलाई कोइन टसमा हराउदै राइजिंग नेपालले १ लाख जापानी येन र कप जित्न सफल भएको क्लबका अध्यक्ष अखिल लामाले जानकारी दिनुभयो ।

जापान भरबाट खेलप्रेमीलाई समेटेर आयोजना गरिंदै आईरहेको प्रतियोगितामा बिगतका वर्षहरुमा झैं यो पटक पनि ३३ टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी काभ्रेली समाजका सोबिन लामा, उत्कृष्ट किपर काभ्रेली समाजका सुरज के सि, उत्कृष्ट स्ट्राइकर ब्लुरे एफ सि का बिकास केसी, उत्कृष्ट डिफेन्डर राइजिंग नेपालका कमल मगर घोषित भएका थिए ।

साथै बिजेता टिमहरुलाई प्रमुख अथिति एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल लगायत अथितिहरुले उपाधि प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष नबिन न्युरे, एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठ, पुर्ब नेपाली रास्ट्रिय फूटबल खेलाडि बसन्त गौचन लगायतले पुरस्कार वितरण गर्नुभएको क्लबका महासचिब मनोज श्रेष्ठले जनाकारी दिनुभयो ।