(Japan) 19 th April | 2024 | Friday | 12:20:45 PM || (Nepal) 9:05:45 AM
 
 


नेपालको उत्कृष्ठ ब्याटिगं : आसिफको शतकमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउँदै पिएनजि

  POSTED ON : Thursday, 09 March, 2023 | Views : 1248

नेपालको उत्कृष्ठ ब्याटिगं : आसिफको शतकमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउँदै पिएनजि


काठमाडौं, नेपाल ।

आसिफ शेखको शतक प्रेरित ब्याटिगंमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २९८ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आसिफले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गर्‍यो ।

नेपालले दिएको लक्ष्य पछ्याउँदै पिएनजिले जवाफी ब्याटिगं थालेको छ । खेलमा पिएनजिले टस जितेर फिल्डिगं रोजेको थियो ।