टोकियो, जापान ।
कतारमा भै रहेको बिश्व भकुण्डो प्रतियोगितामा अमेरिकाले इरानलाई एक सुन्य गोलले हराएको छ । यसको साथै अमेरिका अन्तिम १६ मा पुग्न सफल भएको छ ।
इरानमाथि कडा संघर्ष गरेर अमेरिका विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
अमेरिकी फुटबल पुरुष राष्ट्रिय टोलीका क्रिस्चियन पुलिसिकले मध्यान्तर अगाडी गरेको सशक्त प्रहारले नै अमेरिकालाई बिजयी बनाई अगाडी बढाएको छ । इरानले मध्यान्तर पछि निकै सशक्त खेल अन्तिम सम्म खेले पनि गोल हान्न सकेन ।
बिजयी हुनासाथ राष्ट्रपति जो बाइडेनले बधाई दिएका छन् । उनले टोली नेता तथा खेलाडीहरुसंग फोन गरेर बधाई समेत दिएको बताइन्छ । उनले मिसिगन को बे सिटीमा भएको समयमा उनले कुरा गरेका हुन् ।
उनले युएस ! युएस ! भनि हर्ष व्यक्त गरेका छन् ।