टोकियो, जापान ।
विश्वकप आयोजक कतारलाई नेदरल्याण्डले २-० गोलले हराएको छ ।
नेदरल्याण्डका कोडी गाक्पोले ३ खेलमा आफ्नो तेस्रो गोल गरेपछि नेदरल्याण्ड्सले मंगलबार अल बायत रॅगशालामा बिश्वकप फुटबल प्रतियोगितामा आयोजक कतारलाई २-० ले पराजित गर्दै समूह ए मा शीर्ष स्थान सुरक्षित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।
तीन समूह खेलबाट ७ अंक जोडेको नेदरल्याण्ड र सेनेगल अन्तिम १६ मा पुगेका छन । सेनेगलले इक्वेडरलाई २-१ ले हराएर ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ।
कतार सेनेगलसँग ३-१ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।