(Japan) 30 th November | 2022 | Wednesday | 1:23:26 PM || (Nepal) 10:08:26 AM
 
 

जापानले जर्मनीमाथि जित निकाल्दा विश्वभर समर्थकको चर्चा

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 134

जापानले जर्मनीमाथि जित निकाल्दा विश्वभर समर्थकको चर्चा


टोकियो, जापान ।

बुधबार जापानले जर्मनीलाई २–१ गोलले स्तब्ध बनाउँदै विश्वभर चर्चा कमायो । यतिबेला चर्चा सो खेलभन्दा पनि जापानका समर्थकहरूको धेरै भइरहेको छ । 

प्रायः खेलपछि फुटबल स्टेडियमहरू खाना, खाली कपलगायत फोहोरले भरिएका हुन् । तर, जापानका समर्थकहरूको भएका स्टेडियममा भने त्यस्तो हुँदैन । आफ्नो टोलीको अभूतपूर्व जीत हासिल गरेको खुसीयालीलाई थाँती राख्दै उनीहरूले खलिफा अन्तर्राष्ट्रिय स्टेडियम सफा गर्न लागेका हुन् ।

चार वर्षअघि रुसमा आयोजित विश्वकपमा बेल्जियमविरुद्ध ३–२ को हार बेहोरेपछि पनि जापानका समर्थकहरूले स्टेडियम सफा गरेका थिए ।

आफ्नो टोली संलग्न नभएको आइतबारको कतार र इक्वेडरविरुद्धको खेलपछि पनि जापानका समर्थकहरूले स्टेडियम सफा गरेका थिए ।