टोकियो, जापान ।
गैर आवासिय नेपाली संघ जापानका प्रवक्ता एवं युवा व्यवसायी सुवास लामिछाने गण्डकी प्रदेश भलिबल संघको सल्लाहकारमा मनोनित हुनुभएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई विकास र विस्तार गर्न असार २० गते बसेको प्रदेश भलिबल संघको दोस्रो पूर्ण बैठकबाट लामिछानेलाई सल्लाहकार जस्तो गरिमामय पदमा मनोनयन गरिएको गण्डकी भलिबल संघले जनाएको छ ।
जापानमा समेत पर्वत समाज जापान मार्फत युवा भलिबल टिम तयार पारि भलिबल खेलको प्रर्बद्धन र बिकासमा सक्रिय रहँदै आउनुभएका लामिछानेबाट अमूल्य राय, सुझाव, रचनात्मक सहभागिता, सकृयता एवं नेपाल भलिबल संघको विधानमा रहि सफल कार्यकालका लागि शुभकामना सहित सल्लाहकारमा मनोनित गरिएको गण्डकी भलिबल संघ, पोखराले विज्ञप्ति मार्फत जनाएको छ ।
यसैगरि गण्डकी प्रदेशमा भलिबलको बिकासका लागि लामिछानेले नगद ५०,००० रुपैयाँ सहयोग गर्नुभएको संघले उल्लेख गरेको छ ।
जापानमा व्यवसाय सहित एनआरएनए अभियान र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका सुवास लामिछानेको नेपाल स्थायी घर पर्वत कुश्मा हो ।