(Japan) 10 th August | 2022 | Wednesday | 7:25:42 PM || (Nepal) 4:10:42 PM
 
 

जापानको नारितामा 'प्रथम डाइमन्ड कप २०२२' हुँदै

  POSTED ON : Saturday, 25 June, 2022 | Views : 906

जापानको नारितामा 'प्रथम डाइमन्ड कप २०२२' हुँदै


चिबा, जापान ।

चिबा प्रान्त को नारिता सि मा जापानब्यापी 'फस्ट डाइमण्ड कप २०२२' फुट्सल प्रतियोगिता हुने भएको छ । “स्वास्थ को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद “भन्ने सन्देश का साथ अगस्त ७ तारिख् उक्त प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष नवीन दीप गुरुङ्ले बताउनु भएको छ ।”

जापानमा रहेका संघ संस्था तथा क्लबहरुलाई पत्राचार गरिसकिएको र यदि प्राविधिक कारणबस् छुट्न पुगेको भए यसै सुचनालाई आधार मानि प्रतियोगितामा उपस्थित हुन समेत गुरुङ्ले अनुरोध गर्नुभयो ।

जापानमा रहेका नेपालीहरु बिच भाईचारा मेलमिलाप् र आपसी सद्भाबलाई अझ प्रगाढ बनाउनको लागि पहिलो पटक नारितामा जापान ब्यापि प्रतियोगिता गराउन लागिएको आयोजकले जनाएको छ ।  

नेपाली कला र संस्कृतिको जगेर्णा गर्ने हेतुले प्रतियोगिता को बिचमा कलाकारहरुको नृत्य पनि समाबेश गर्न लागीएको संस्थाका उपाध्यक्ष एजिन राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको तयारी तिब्र रुपमा भइरहेको र सबै टिमले जुलाई २५ तारिक सम्ममा आफ्नो टिमको दर्ता गर्न सँस्थाका महासचिब हिरा थापा मगरले अनुरोध गर्नुभएको छ ।