(Japan) 10 th August | 2022 | Wednesday | 8:47:42 PM || (Nepal) 5:32:42 PM
 
 

एन्फाले फुटबलखेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने

  POSTED ON : Thursday, 23 June, 2022 | Views : 422

एन्फाले फुटबलखेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने


काठमाडौं, नेपाल ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई ससम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको अध्यक्ष पंकज नेम्वाङले जानकारी दिएका हुन् ।

यस्तै प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसन लगायतसँग आवश्यक छलफलका आधारमा निर्णय लिइने उनले जानकारी दिए । बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कमिटीमा नविन पाण्डेलाई चयन गरिएको छ ।