(Japan) 10 th August | 2022 | Wednesday | 8:39:04 PM || (Nepal) 5:24:04 PM
 
 

टोकियो ओलम्पिकमा जम्मा १४ खर्ब २० अर्ब येन खर्च

  POSTED ON : Tuesday, 21 June, 2022 | Views : 340

टोकियो ओलम्पिकमा जम्मा १४ खर्ब २० अर्ब येन खर्च


टोकियो, जापान ।

गत वर्ष जापानमा आयोजना भएको टोकियो ओलम्पिक्स र पारालिम्पिक्स आयोजनाको कूल लागत १४ खर्ब २० अर्ब येन (१० अर्ब ५० करोड डलर) भएको बताइएको बताइएको छ ।

यो डिसेम्बरमा अनुमान गरिएको रकमभन्दा ३० खर्ब येन कम भएको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै क्योदोको अनलाइन संस्करणमा समाचार छापिएको छ ।

प्रतियोगिताको आयोजक समितिले आधिकारिक रकम मंगलबार सञ्चालक समितिको बैठकपछि घोषणा गर्ने बताइएको छ । योसँगै टोकियो महानगर सरकारको भारत पनि २० अर्ब येन कम भएको स्रोतले बताएको छ ।

प्रतियोगिता आयोजनाको वित्तीय भार आयोजकहरु टोकियो महानगर सरकार र केन्द्र सरकारले बाड्नेछन् ।

कोरोना भाइरसको महामारीका कारण टोकियो ओलम्पिक्स एक वर्ष पछाडि सरेको थियो । प्रतियोगितामा दर्शकहरुलाई बन्देज लगाइएको थियो । फलतः आयोजकहरु टिकट विक्रीबाट हुने आयबाट बञ्चित भएका थिए । आयोजक समिति यही महीना विघटन हुँदैछ ।