(Japan) 3 rd July | 2022 | Sunday | 5:42:21 AM || (Nepal) 2:27:21 AM
 
 

गल्कोट समाज नागोयाले भलिबल प्रतियोगिताबाट हुने आम्दानीले घुम्टेमा शिव मुर्ति निर्माण गर्ने

Laxman Karki   POSTED ON : Saturday, 14 May, 2022 | Views : 356

गल्कोट समाज नागोयाले भलिबल प्रतियोगिताबाट हुने आम्दानीले घुम्टेमा शिव मुर्ति निर्माण गर्ने


नागोया, जापान ।

गल्कोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मुर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिंग कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बाग्लुङ जिल्लाको गल्कोटमा अवस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहेको र शिव मुर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रबर्धनमा थप टेवा पुग्ने बिश्वास आयोजकको राखेको छ ।

आयोजकले प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी येन चालिस हजार तोकेको छ । संस्थाले उपलब्ध गराएको आधिकारिक खातामा मे ३० तारिक दिनको तिन बजे सम्म रकम जम्मा भईसकेपछि आधिकारिक दर्ता गरि ३१ तारिक टाईसिट प्रकाशन गर्ने समाजका सचिव राम खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरस्कार राशी क्रमश प्रथम तीन लाख दुई हजार दुई सय बाईस येन, प्रमाण पत्र, मेडल र रनिंग कप तथा द्वित्तीय दोस्रो पुरस्कार १७ मान २ हजार २ सय २२ येन, प्रमाण पत्र, मेडल साथै सान्त्वना पुरस्कार स्वरुप दुई टीमलाई पचास हजार येन नगद प्रदान गर्ने छ ।

छुट्टाछुट्टै पाँच बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गर्ने पनि घोषणा गरेको छ । जसमा बेष्ट प्लेयर १०,००० येन नगद र ट्रफी, बेष्ट स्पाईकर ५,००० येन नगद र ट्रफी, बेष्ट ब्लकर ५,००० येन नगद र ट्रफी, बेष्ट डिफेन्सर ५,००० येन नगद र ट्रफी,

बेष्ट सटर ५,००० येन नगद र ट्रफी रहने खेल संयोजक मनोज के.सी. ले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभर खेलका नियमहरु समेत सार्वजनिक गरिएको छ । जसमा

१.खेल नक आउट सिष्टम अनुसार नेपाली रेफ्री द्वारा खेलाईने छ।

२.खेलाडीले स्पष्ट नंवर खुल्ने जर्सी र स्पोर्ट्स जुत्ताको ब्यबस्था आफै गर्नु पर्नेछ।

३.खेलमा नेपाली खेलाडी मात्र सहभागी गराउन पाईने छ ।

४.खेलाडी संख्या अफिसियल सँगै बढीमा १० जनाको हुनु पर्नेछ ।

५.प्रतियोगिता स्थल भित्र मादक पदार्थ सेवन गरी प्रवेश गर्न पाईने छैन ।

६.खेलमा कुनै प्रकारको विवाद आएमा आयोजकको निर्णय नै सर्वमान्य हुनेछ ।

प्रतियोगिता जुन १ तारिक बिहान ९ बजेबाट Takayokosukamachi Masugata

Tokai, Aichi

Japan 477-0037

Aki :0wariyosuka 

Places :Tokai city shimnin ,gymnasium  Tel-0562-32-2311 मा संचालन हुने छ।

खेल सम्बन्धि थप बिस्तृत जानकारी आवश्यक परेमा निम्न ब्यक्ति र सम्पर्क नं मा सम्पर्क गर्न सकिने समाजले जनाएको छ।

मनोज के.सी. ०८०-५८१७-६७७८

राम थापा ०९०-९९२०-८०३२

भेषनाथ गौतम ०९०-९०२४-३०३७

जापानमा रहने सम्पुर्ण भलिबल खेल प्रेमीहरुलाई खेलमा सहभागि हुन तथा आर्थिक नैतिक भौतिक सहयोग गरिदिन समेत समाजका अध्यक्ष राम थापाले अनुरोध गर्नु भएको छ ।