(Japan) 27 th September | 2022 | Tuesday | 3:58:44 PM || (Nepal) 12:43:44 PM
 
 

जापानमा लुक्न खोजेका फरार युगान्डेली ओलम्पिक खेलाडी आफ्नै देश फिर्ता

  POSTED ON : Thursday, 22 July, 2021 | Views : 3042

जापानमा लुक्न खोजेका फरार युगान्डेली ओलम्पिक खेलाडी आफ्नै देश फिर्ता


टोकियो, जापान ।

ओलम्पिक खेलमा भाग लिन आएर खेलै नखेली जापानमै लुक्न खोजेका युगान्डेली ओलम्पिक खेलाडी आफ्नै देश फिर्ता भएका छन ।

ओलम्पिक खेलमा सहभागी नै नभई भागेका युगान्डाका ओलम्पिक खेलाडी ज्युरियसलाई पक्राउ गरेर जापानले बुधबार उनकै देश फर्काईदिएको छ ।

प्रतियोगिता पुर्व तयारीको क्रममा होटलमा रहेका ज्युरियस १६ तारिख एक चिट्ठी लेखेर भागेका थिए ।

‘जिवन धान्नै निकै कठिन् हुने मुलुकमा नफर्की जापानमै काम गर्न चाहन्छु’ भन्ने नोट लेखेर होटल छाडेका उनलाई प्रहरीले  मंगलबार मिए केनको योक्काची सहरबाट पक्राउ गरेको बताइन्छ ।

खेलाडिको त्यस किसिमको हर्कत पछि टोकियोमा रहेको युगान्डाको राजदुतावासलाई खेलाडिको जिम्मा लगाईएको थियो । 

राजदुतावासले ओलम्पिक अधिकारी तथा आफ्नो देशको ओलम्पिक टिमसँग छलफल गरेर बुधबार राती नै नारिता बिमानस्थल हुँदै ज्युरियसलाई देश फिर्ता पठाएका छन ।

सम्बन्धित सामग्री: