(Japan) 28 th March | 2024 | Thursday | 5:31:25 PM || (Nepal) 2:16:25 PM
 
 


बाग्लुङ समाज प्रथम रनिङ कप उपाधि आयोजकलाई हराउँदै गल्कोटले जित्यो

Laxman Karki   POSTED ON : Saturday, 27 March, 2021 | Views : 2924

बाग्लुङ समाज प्रथम रनिङ कप उपाधि आयोजकलाई हराउँदै गल्कोटले जित्यो


टोकियो, जापान ।

आयोजक बाग्लुङ समाज जापानलाई हराउँदै प्रथम रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्टस् क्वलले जितेको छ ।

मार्च २६ तारिक शुक्रबार टोडा स्पोर्टस् सेन्टरमा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट १६ टोलिले प्रतिस्पर्धामा भाग लिएका थिए ।

प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र आयोजक टोलिबिच भिडन्त भएको थियो ।

एबिसि र डी पोल गरी चार भागमा बिभाजित गरेका चार पोलमा गल्कोट स्पोर्टस् क्लव टोकियो र गल्कोट समाज जापानलाई आयोजकले एउटै बि पोलमा राखेको थियो ।

दुबै टीमसंग पहिलो चरणमा परेका मिनी स्टार र सेभेन स्टार ग्रुपले खेलमा सहभागिता नजनाउदा जापानमा निरन्तर उपाधिको दाबेदारी गर्ने दुई गल्कोटे टीमको प्रतिष्पर्धा सबैका लागि अत्यन्त उत्सुकता जगाउने खेल बनेको थियो । गल्कोट समाजलाई पराजित गर्दै गल्कोट स्पोर्टस् क्लवले बिजयी शुरुवात गर्दै उपाधि यात्रा तय गरेको थियो ।

यो जीत संगै गल्कोट स्पोर्टस् क्लव जापानमा पछिल्लो समय बिभिन्न संघ संस्थाले आयोजना गरेका पछिल्ला भलिबल प्रतियोगितामा निरन्तर तीन पटक सम्म प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुने गल्कोट स्पोर्टस् क्लवले नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन, प्रमाण पत्र, मेडल र रनिङ कप त्यस्तै द्वितीय हुने आयोजकले नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन, प्रमाण पत्र, मेडल तथा तृतिय हुने घुम्टे युवापरिवार जापानले नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र, मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा गल्कोट स्पोर्ट्स क्लबका रेशम बस्नेत , उत्कृष्ट स्पाइकरमा बागलुङ समाजका अभिजीत रायमाझी त्यस्तै उत्कृष्ट डिफेन्डरमा सिजुओका स्पोर्ट्स क्लबका सुनील बस्नेत र उत्कृष्ट लिफ्टरमा घुम्टे युवा परिवारका सुशान्त मल्ललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित सामग्री: