टोकियो, जापान ।
नेपालको प्रमुख चाड मध्येको एक तीहारको मुख्य दिन आज भाई टिका । यमपञ्चकको अन्तिम दिन आज बिधिपूर्वक भाई टिका लगाईंदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस बर्षको भाईटिकाको उत्तम साईत जापानमा स्थानिय समय अनुसार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
यसैगरि नेपालमा भने टिका लगाउने शुभ साईत बिहान ११ बजेर २ मिनेटमा उत्तम रहने पंचागं निर्णायक समितिले बताएको छ ।
आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्पायुमानै नलगोस भन्दै दिदी वहिनीले कहिल्यै नसुक्ने तेलको घेरा हाली मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् ।
साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाईलाई कटुस, ओखर, नरिवल मिस्ठान्न परिकार र सेलरोटी लगायत मिठा परिकार दिने प्रचलन रहेको छ ।
त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाईलाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छे अनुसारको दक्षीणा र उपहार दिने चलन रहिआएको छ ।
विश्वभरनै तीहारको टिका लगाउने शुभ साईत देश अनुसार फरक रहेको छ । जसको विवरण अँग्रेजिमा यहाँ प्रस्तुत गरिएको छ ।
...
This year Bhai Tika and here is list of auspicious Tika Time for different Countries & places:
Tokyo, Japan - 10:51 AM (Nov 6)
Nepal - 11:02 AM (Kartik 20)
Delhi, India - 11:17 AM (Nov 6)
New York, USA - 11:25 AM (Nov 6)
Texas, USA - 11:35 AM (Nov 6)
California, USA - 11:05 AM (Nov 6)
Toronto, Canada - 11:45 AM (Nov 6)
Sydney, Australia - 11:51 AM (Nov 6)
Melbourne, Australia - 11:36 AM (Nov 6)
New Zealand - 11:45 AM (Nov 6)
Portugal - 10:45 AM (Nov 6)
London, UK - 11:05 AM (Nov 6)
Paris, France - 11:35 AM (Nov 6)
Norway - 11:59 AM (Nov 6)
Malaysia - 11:25 AM (Nov 6)
UAE - 11:05 AM (Nov 6)
Doha, Qatar - 11:31 AM (Nov 6)
Bankok, Thailand - 10:45 AM (Nov 6)
South Korea - 10:47 AM (Nov 6)
Israel - 10:49 AM (Nov 6)
Singapore - 11:11 AM (Nov 6)
Saudi Arabia - 10:45 AM (Nov 6)
Switzerland - 11:15 AM (Nov 6)
HongKong - 11:05 AM (Nov 6)