(Japan) 17 th May | 2025 | Saturday | 7:10:18 PM || (Nepal) 3:55:18 PM
 
 


दशैं आयो : यस बर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११:३६ बजे

  POSTED ON : Saturday, 21 September, 2024 | Views : 1166

दशैं आयो : यस बर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११:३६ बजे


काठमाडौं, नेपाल ।

यस वर्षको बडा दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइएको हो ।

टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । 

यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ ।