(Japan) 12 th September | 2024 | Thursday | 12:42:26 AM || (Nepal) 9:27:26 PM
 
 


रहेनन् सन्त धार्मिक गुरु पाइलट बाबा

  POSTED ON : Wednesday, 21 August, 2024 | Views : 660

रहेनन् सन्त धार्मिक गुरु पाइलट बाबा


काठमाडौं, नेपाल ।

भारतीय सन्त धार्मिक गुरु पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको छ ।


मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग सन् १९७४ मा दीक्षा लिएका चर्चित पाइलट बाबा नेपाललाई माया गर्ने धार्मिक गुरुहरुमा पर्दछन ।

 

नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनी प्रसिद्ध रहेको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए । 

 

पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए । 

 

नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेका थिए । 

 

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।