(Japan) 15 th January | 2025 | Wednesday | 4:47:54 PM || (Nepal) 1:32:54 PM
 
 


तपाईंको यो साताको दैनिक राशिफल

  POSTED ON : Monday, 22 July, 2024 | Views : 884

तपाईंको यो साताको दैनिक राशिफल


जुलाई २१ देखि २७ तारिखसम्मको तपाईंको दैनिक राशिफल यस प्रकार रहेको छ ।



१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

21    समाजका बारेमा आफ्नो अवधारणामा ठुलो फेरबदल हुन सक्नेछ । अरुले दिएको अर्ति उपदेशका बारेमा खासै सोचिने छैन्। समयले साथ दिनाले परिक्षामा राम्रो नतिजा निकाल्न सकिने छ ।  
22    आफ्नो परिवारको खुसीका लागि मेहनत गरेर काम गरिने छ। परिवारका सदश्यहरु बिच छलफल हुनेछ । पुरस्कार पाउन योग्य काम गरिने छ।
23    लाभका लागि गरेको कामहरुले प्रतिफल दिनेछन्। आफ्ना सम्पर्कका संस्थाका कुरालाई लिएर केहि चिन्ता हुनेछ । पारिवारीक सम्पत्तिले ठूलो लाभ दिन सक्नेछ ।
24    घरका सदश्यका खुसीका लागि साजसज्जामा खर्च गरिने छ । आमाको दवदबा बढ्नाले केहि विबाद हुन सक्नेछ । बुद्धिले गर्दा आफुलाई फाईदा हुने कामको मौका आउने छ ।  
25    लाभ बढाउने ध्याउन्नले छटपटी हुन सक्नेछ । छिटोछिटो निर्णयहरु फेर्न मन लाग्नेछ । खरो बोलि र सल्लाहले परिवारका पुरुष सदश्य संग मतभेद हुन सक्नेछ ।
26    पारिवारीक सुख सम्पत्तिका लागि यात्रा तथा खर्च गरिने छ । मनमा परमार्थका कुराले पनि एक्लो अनुभूति हुनेछ । विचलित बिचारका बारेमा धेरै लेखाजोखा नगर्दा राम्रो हुनेछ ।
27    आत्याधिक घर खर्चले मनमा छठपट हुनेछ । तर आमदानीको पाटो निकै राम्रो नै रहने छ । जीवनसाथी संग अरुको राम्रो सम्बन्ध हुनाले घरमा शान्ति हुनेछ ।

२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

21    आफ्ना सल्लाहकारहरु बाट सोचेको जस्तो परामर्श पाउन सकिने छैन। अचानक हुन सक्ने धनलाभले पनि बचत राम्रो बढाउन सक्नेछ । साँझ पछि मनोबल बढेर जानेछ ।
22    मान्यजनबाट कामको बारेमा मार्गदर्शन पाउन सकिने छ । दह्रो अठोटले परिवारमा मान सम्मान हुनेछ । आफुले दिएको बचन पुरा गर्न सकिने  छ।
23    समयले साथ दिनाले रोजगारमा राम्रो गर्न सकिनेछ । कामको जिम्मेबारी भने निक्कै बढ्न सक्नेछ । सन्तानको चाहना यो समयमा पुर हुन सक्नेछ ।
24    घरको आर्थिक संकट कम हुनेछ । कठिनाईले भएको मनोरोग पनि कम हुनेछ । ध्यान नदिएमा  भने आफ्नो काम दिहोर्याएर गर्नु पर्नेछ ।  
25    मनमा चिन्ता बढ्ने कामहरु हुन सक्नेछन्। आफूले गरेको मेहनत अनुसार लाभ नभएको भान हुन सक्नेछ । तर समयले साथ नदिनाले असम्भव प्राय काम पनि पुर गरिने छ ।
26    आत्मबिश्वासले गर्दा ठूला मानिसहरुको प्रतिस्पर्धि भएर काम गरिने छ । कानूनी रुपमा निकै बलियो हुनाले मुद्दामामिलामा बिजयी हुन सकिनेछ । कामका बेलामा घरका कुरा नसम्झिनु राम्रो हुनेछ ।
27    ईच्छा सिद्धि हुनाले निकै प्रशन्नता अनुभव हुनेछ । दिवास्वप्नको चक्करमा भने नपर्नु होला । सबै काममा जीवनसाथीको सहयोग पाईने छ ।


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

21    समयले नेतृत्व गर्ने क्षमता दिनेछ र सो को उपयोग गरिने छ । पैतृक सम्पत्तिबाट मनग्य लाभ लिन सकिने छ । सबैलाई खुसी बनाउने कुराकानीले पृयता बढ्ने छ ।
22    परिपकारका कुरामा मन जानेछ । आफ्नो मनोकामना पुरा गर्न कठोर कदम पनि उठाउन सकिने  छ। बुद्धिको संतुलित प्रयोगले सफल भईने छ ।
23    सन्तानहरुको सम्पत्तिमा बढोत्तरी हुन सक्नेछ । प्रतियोगिताहरुमा बिजयी हुन सहज हुनेछ । गह्रो अवस्थामा पनि ठुला मानिसहरुको संगत बढ्नेछ ।
24    गरेको खर्चहरु प्रायस सहि ठाउँमा नै हुने बिश्वास गर्न सकिने छ। आफ्ना कठिनाईबाट लिस्कने सहि रणनीति तयार गर्न सकिने छ। अनायास गरेको प्यास सफल हुन सक्नेछ ।
25    धनको संचय क्षमता बढेर जानेछ । आफुलाइ सुन्दर बनाउन अनेकौं उपाय गरिने छ । अरुको संवेदनालाई नचलाए परिवारमा खुसीयाली छाउने छ ।
26    जीवनसाथीको उच्चतम प्रगति हुन सक्नेछ । सहकर्मीहरु संग बैदेशिक व्यापारको लागि बिदेश यात्रामा जान सकिने छ । कामका लागि अनावश्यक कुरामा पनि खर्च हुन सक्नेछ।
27    साथीहरुको सल्लाह आफूलाई मिल्ने जति मात्रै मनन गर्नुहोस्। आफ्नो कुरा अरुलाई मनाउन नरिसाउनु होला । परिवारको आर्थिक संकट निक्कै कम भएर जानेछ ।



४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

21    आफ्ना कुराहरु बलियो रुपमा तर्क सहित राख्न सकिनेछ । आफुलाई जीवनकै अर्थ बुझाउन मानिसहरु संग मेलजोल बढ्ने छ । पुरुषार्थ देखाउने अवसर बारम्बार आउन सक्नेछ ।  
22    परिबारका कुराहरुमा संतुलन मिलाउन कठीन हुन सक्नेछ । मनमा कामहरु पुरा गर्ने पुरा उत्साह हुन सक्नेछ । धेरै हौसिएर अनर्गल कुराकानी भने नगर्नु होला ।
23    आमाको माया तथा स्नेहले पारिवारीक सुख अनुभव हुनेछ । परिवारका सदश्यहरु बाट उपहार धन पाउन सकिनेछ ।  खेलकुदमा चाहना बढ्न सक्नेछ ।
24    पढाईमा निकै ठूलो छलाङ्ग मार्न सकिनेछ ।  सन्तानहरुको पनि बिशेष प्रगति हुन सक्नेछ । लाभको अबसर आउनाले धन संचय बढ्नेछ ।
25    मनमा नराम्रो बिचारहरु आउँदा आफ्नो क्षमतामा बिश्वास गर्नुहोला । ठेक्कापट्टाको कामले निकै फाईदा दिन सक्नेछ ।
26    बौदिक क्षमता तथा अनुभवले व्यबसाय बिस्तार हुन सक्नेछ । छिट्टो रुपमा कसै संग सजिलै आकर्शित हुन सकिनेछ । सफलताले गर्दा सबै काममा छरितो भईनेछ ।
27    भाग्यले जीवनमा ठुलो परिवर्तन ल्याउन सकिनेछ । नसोचिएको कारणले लामो दुरीको यात्रा हुन सक्नेछ । संकटपूर्ण कामले लाभ भने प्रसस्त दिनेछ ।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

21    बिनम्रताले सबैको प्रिय बन्न सकिनेछ । चंचल भएर बनाईएको योजनाले काम गर्ने छैन्। प्रतिष्ठाका लागि पनि महंगो सर-सामान खरिद गरिनेछ ।
22    खटिएर गरेको मेहनतले गर्दा व्यबसाय केहि सम्हालिने छ । अरुको सल्लाह पनि सुनेर रणनीति बनाउँदा सहज हुनेछ । जे काममा पनि अवरोधको अनुभव हुन सक्नेछ ।
23    कामका बिषयले मनमा द्वन्द हुनेछ । साझेदारहरु संग पनि छलफल गर्दा तनवाको वाताबरण हुन सक्नेछ । तर धैर्यपूर्वक गरेको छलफलले निचोड दिनेछ ।
24    थपिएको जिम्मेबारी पनि पुर गर्नाले काममा मानप्रतिष्ठा बढ्ने छ । कामको सिलसिलामा नयाँ कार्य प्रणालीका बारेमा सिक्न पाईने  छ। कामको दायित्व निकै बढ्न सक्नेछ ।
25    दामपत्य सुखका लागि जीवनसाथीको कुरालाई पनि सुनि दिनुहोला । महंगो उपहार आदीले साथीलाई खुसी पार्न सकिने छ । आफ्नो स्वास्थका बरेमा अलि सजग हुनु पर्नेछ ।
26    आफ्नो प्रतिष्ठाका कुरालाई लिएर खिचलो हुन सक्नेछ । घरका महिला सदश्यहरु बिच एकमत नहुँदा रिस बढ्नेछ । धेरै कोशिस गर्दा पनि केहि कामबाट लाभ नहुन सक्नेछ । स
27    प्रतिष्ठाका लागि दान परोपकारका कुराहरुमा अग्रसर भईने छ । कार्यस्थलमा आफ्नो दवदवा कायम राख्न सकिने छ । परिवारमा गहकिलो कुरामा छलफल हुन सक्नेछ ।  

६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

21    मनमा रहेका कमजोर बिचारहरुलाई वास्ता नगर्दा सहि हुनेछ । मन भित्र गरेको मन्थनले कुनै निचोड दिन सक्नेछ । सन्तानको समस्याले केहि तनाव हुन सक्नेछ ।
22    बुद्धि लगाएर गरेको कामबाट अगि बढ्न सकिने छ । कामको जिम्मेवारी निकै बढ्न सक्नेछ । काम तथा प्रसिद्धि बढ्नाले लाभ पनि प्रसस्त हुनेछ ।
23    मुद्धामामिला गरेर पनि आफु बिजयी हुने प्रयास गरिने छ । समयक्रमले गर्दा वादबिवाद मुद्धाहरुमा सजिलै जित हासिल गरिने छ । व्यबसायले नसोचेको सफलता दिन सक्नेछ ।
24    प्रतिद्वन्दीका चिप्ला कुरामा नफस्नु होला । सहि बिष्लेषणले व्याबसायको सफलताको बाटो कोर्नेछ । लाभका कुरामा मात्र केन्द्रित भएर योजना गर्दा कमजोरी हुन सक्नेछ ।
25    कामका चिनजानका मानिसले गुप्त षड्यन्त्रमा पर्न सकिने छ। जीवनसाथको पदोन्नतिले परिवारमा खुसी हुन सक्नेछ । उच्चशिक्षामा राम्रो प्रगति गर्न सकिनेछ ।
26    व्यवसायिक सिलसिलामा लामो दुरीको यात्रामा जान सकिनेछ । खानपानमा सजग रहेर स्वास्थ राम्रो पार्न सकिनेछ । पारिवारीक तथा दाम्पत्य सुखको अनुभव हुनेछ ।
27    राज्यबाट मानप्रतिष्ठा पाउन संजोग हुन सक्नेछ । बलिया मानिसको सहयोगले आफ्नो मनोकामना पुरा हुनेछ । समाजका गन्यमान्य संग उठबस रमाईलो हुनेछ ।

७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

21    पारिवारीक समस्याका कुराले मनमा अस्थिरता अनुभव हुनेछ । सबै खर्च धान्ने गरि आम्दानी हुन गाह्रो पर्नेछ । स्वास्थका कारणले पनि खर्च बढेर जानेछ ।
22    सामान्य कुराले पनि धेरै दुखि तुयाउन सक्नेछ । तर सुझबुझ र धैर्य गरेमा सबै समस्याहरु बिस्तारै मिल्दै जानेछ । आपसी प्रेम र स्नेहले ठुलो दुख पनि सजिलै टार्न सकिनेछ ।
23    आफुले गरेको लगानीले फाईदा नदिइको भान हुनेछ । हालको संकट टार्न कुनै वैकल्पिक उपाय गर्दा राम्रो हुनेछ । नयाँ कामबाट केहि राम्रो लाभ लिन सकिनेछ ।
24    नयाँ र राम्रो स्थानमा रोजगारीको अवसर पाउन सकिने छ। आफ्नो दक्षताले गर्दा कामको प्रशंसा हुनेछ । सहोदरको संकटमा सहयोग गर्दा मन हलुको हुनेछ ।
25    उधारो माग्नेले पछि पैसा फिर्दा दिन सक्ने छैनन् । सानोतिनो कुराको रिसले ठुलो रुप लिन सक्नेछ । समय केहि सुध्रिदै गएकोले व्यवसायबाट लाभ लिन सकिनेछ ।
26    अरुको भन्दा फरक कामको योजनाले फाईदा दिन सक्नेछ । फरक संस्कृतिका मानिसहरु संग कामको बेला केहि सिक्न पाईने छ । कामाको जिम्मेवारी भने धेरै हुन सक्नेछ ।
27    दाम्पत्य सम्बन्धमा खटपट हुन सक्नेछ । जति गाह्र परे पनि कोशिस भने गर।न छाडिने छैन । निरन्तरको कोशिसले सफलता पाउन सकिने छ ।

८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

21    कामलाई पुरा गर्ने उद्धेश्यले कुराकानीको सुरुवात गरिनेछ । केहि त्याग गरेमा व्यबसाय बचाउनका लागि केहि सजिलो हुनेछ । परिवारका सदश्यबाट धेरै ठुलो सहयोगको अपेक्षा नगर्दा ठिन हुनेछ ।
22    भाईहरुको सहयोग बर्तमान समयमा महत्वपूर्ण हुनेछ । हिजो निष्फल भएका कोशिसहरु आज मद्दतकारी हुन सक्नेछ । ठुला मानिसको सहयोगले काम सुचारु हुन सक्नेछ ।
23    आफ्नो समस्याले गर्दा घरमा शान्तिको अनुभव नहुन सक्नेछ । आमाको स्वास्थले पनि केहि चुनौति थप्न सक्नेछ । उत्साहमा कमि नभएमा समस्याबाट बिस्तारै निसक्न सकिने छ ।
24    निरन्तरको प्रयासले परिवारको संकट केहि समाधान हुनेछ । घरका शत्रु तर लगाउने मौका आउन सक्नेछ । काममा कुरा भाँड्ने देखी सावधान हुनु होला।
25    कुलको ईज्जतले गर्दा पनि ठुला मानिसबाट सहयोग पाउन सकिनेछ । सरकारी काममा केहि अबरोध आउन सक्नेछ । व्यबसायले केहि समयका लागि राम्रो फाईदा दिन सक्नेछ ।
26    सन्तान संग उदार कुराकानी तथा व्यबहार गरिने छ । उनिहरुको संवेदशिल कुराले आफुलाई पनि द्रवित बनाउन सक्नेछ । कमाइको ठुलो हिस्सा फेरि व्यवसायमै लगानी हुनेछ ।
27    आफ्नो ईमान्दारीताले गर्दा साझेदारहरु प्रभावित हुनेछन । सबैको सहयोगले हालको कठिनाई बाट निस्कने उपाय निसक्ने छ । व्यबसाय बिस्तार फेरबदल गर्ने अवसर आउने छ ।

९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

21    मनोरन्जनात्मक तरिकाले कुराकानी गर्दा घरमा रमाईलो हुन सक्नेछ । तर आपुले गरेको कुरा अरुले गलत बुझ्न सक्ने हुनाले सचेत रहनु होला । परिवारमा ईज्जत बढ्नेछ ।
22    कठिन काम पनि मन लगाएर गर्न कोशिस गरिने छ । आफ्नो बोलिको प्रभाव बढाएमा परिवारको सहयोग पनि पाउन सकिने छ । छिटो धन कमाउने बुद्धीले भने हानी गर्न सक्नेछ ।  
23    निरन्तरको प्रयासले गर्दा अब कठिनाई बाट टाढा जान खोजिने छैन । हिजो आफुले गल्ति गरेका मानिसहरु संग पनि मित्रवत व्यबहार गरिने छ । पाका साथीहरुको सल्लाह लिंदा राम्रो हुनेछ ।
24    काम कसरी गर्ने भन्ने कुराले केहि तनावको अनुभव हुनेछ । संयमित रहेमा समस्याबाट निसक्ने सुत्र फेला पर्न सक्नेछ । घरमुलीबाट भने सहयोगको अपेक्षा नगर्दा राम्रो हुनेछ ।
25    नातेदारहरु संग केहि मतभेद हुन सक्नेछ । यात्रा गर्दा संकट आउन सक्ने हुनाले सुरुमै सजग रहनु होला । धनको कुरामा भने समयले अझै साथ दिनेछ ।
26    बुद्धि लगाएर काम गरेमा शत्रुले पनि प्रशंसा गर्नेछन्। ऋण लिएर गर्नु पर्ने काम हाललाई स्थगित गर्दा राम्रो हुनेछ । सकेसम्म आफ्नो क्षमता अनुसारको काम मात्र गर्दा ठिक हुनेछ ।
27    घरमा परिवार संग रमाईलो गर्ने प्रयास गर्नु होला । सानो कुरामा पनि रिस उठन सक्ने हुनाले नियन्त्रित रहनु होला । खानपानले स्वास्थमा असर गर्न सक्नेछ ।


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

21    दिन आत्मबिश्वासले भरिएको हुनेछ । आफुले सोचेका कामहरु प्राय पुरा गर्न सकिने छ । साथीहरुको सहयोगले गर्दा व्यबसायबाट ठुलै लाभ लिन सकिने छ ।
22    मृदु बनेर गरेको कुराकानीले निकास दिनेछ । आफ्नो भावनाका कुराहरु बढि जोड दिएर गरिने छ । यदि राम्रो दशा चलेको छ भने आर्थिक स्थिति सुध्रने छ ।
23    परिवारको आर्थिक संकटलाई सबै मिलेर कम गर्ने प्रयास गर्दा राम्रो हुनेछ । तर परिवारका सदश्यको सहयोग पाउन भने हम्मे नै पर्न सक्नेछ । धनका बारेमा परिवारमा छलफल हुनेछ ।
24    बुद्धि र समयले साथ दिनाले धेरै कुराहरु राम्रो भएर जानेछन्। अहिले ढंग पुर्याएर गरेको कामले भविश्यमा राम्रो लाभ दिनेछ । अपरिचितको कारणले अचानक धनलाभ हुन सक्नेछ ।
25    शेयरबजारले केहि राम्रो फाईदा दिनेछ । भविश्यमा हुनसक्ने जोखिमका बारेमा राम्रो संग सोचेर काम गरिने छ । कामका लागि सानि यात्रामा जान सकिनेछ ।
26    आफ्नो भनाई तर्कपूर्ण तरिकाले व्यक्त गरिने छ । व्यबसायको सफलताले आत्मबिश्वास झनै बढ्ने छ। दाम्पत्य र पारिवारीक सुख पाउनाले आनन्द हुनेछ ।
27    जग्गाजमिनमा लगानी हुन सक्नेछ । सन्तानको प्रगतिका कुराले आफुलाई हलुका भएको अनुभव हुनेछ । पारिवारीक जमघट खर्चिलो हुन सक्नेछ ।


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा)

21    जीवनसाथी संग प्रणय भाव बढेर जानेछ । मोजमज्जामा रहँदा तनाव कम भएको महशुस हुनेछ । खराब संगतले कुलतमा फसिने संभावना रहेको छ ।
22    परिवारमा धार्मिक तथा मांगलिक कार्य हुन सक्नेछ । राम्रै खर्च गरेर पनि घरमा सजावट गरिने छ । आफ्नो कमजोरीले गर्दा आफैंमा शंका लाग्नेछ ।
23    कामहरु थोरे गर्न सकिए पनि सोचाई भने अत्याधिक हुनेछ । जन्मलग्नमा यदि शनि बक्रि नै छ भने काम तिब्र रुपमा हुनेछ । धनहानी बाट बच्न लोभामा नफस्नु होला ।
24    संकट समाधान गर्ने जोसजाँगर आउने छ । परिवारको सहयोगले पनि आफुलाई आत्मबल मिलेको अनुभव हुनेछ । बाहिरीया मानिसले घरको शान्ति बिगार्न सक्ने हुनाले सचेत रहनु होला।
25    बिपरित लिंगी संग झै-झगडा वादबिवाद हुन सक्नेछ । आफ्ना इर्स्या गर्नेहरुको मुख बन्द राख्न सकिनेछ । मनको चंचलता भने कम गरेको राम्रो हुनेछ ।
26    अरुलाई दाँजेर कुराकानी नगर्नु होला । अरुसंग हाँसेर बोलेमा आफुले पनि सहयोग पाउन सकिने छ। बाहीरी खानपानले पेट बिगार्न सक्नेछ  ।  
27    जीवनसाथीको कुरा ध्यान दिएर सुनेमा आनन्द बढ्ने छ । हतारमा व्यबसायोक निर्णय भने नगर्दा राम्रो हुनेछ । कामको संकटले साँझ खल्लो अनुभव हुन सक्नेछ ।


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

21    सोचेका सबै कामहरुबाट केहि न केहि लाभ लिन सकिने छ। आफ्नो सम्पर्क संजाल निकै ठुलो भएर जानेछ । भविश्यमा साथ दिने ठुला मानिस संग मित्रता बढ्नेछ ।
22    लाभ लिनका लागि अफ्ठ्यारो स्थानको पनि यात्रा हुन सक्नेछ । धन आर्जन भए पनि खर्चका कुराले भने चिन्तित बनाउने छ । सन्तानहरुको प्रगति तिब्र रुपमा हुनेछ ।
23    केहि वाध्यात्मक परिस्थितिले गर्दा मनमा पछुतो अनुभव हुनेछ । मनमा बैराग्यका कुराले छटपटी गराउन सक्नेछ । आफ्नो कामको योजना गरेमा चिन्ता कम हुनेछ ।
24    खर्च बढेर जानाले आम्दानीका अरु उपायका बारेमा सोचिने छ । उच्च तहका साथीहरुको सल्लाहले मार्गदर्शन गर्नेछ । भाईहरुको सहयोगले ठूलो काम पनि गर्न सकिनेछ ।
25    परिवारको शान्तिको लागि वादिबिवाद नगर्नु होला । आमाको बुद्धिमत्तापूर्ण सोचले लाभ कामाउन सकिनेछ । प्रेममा घमण्डको प्रर्दर्शनले सबै कुरा बिग्रन सक्नेछ ।
26    प्रभावपूर्ण कुराकानीले आफ्नो अभिष्ठि पुरा गर्न सजिलो हुनेछ । सामाजका बलिया मानिसको साथले आफ्नो आत्मबिश्वास बढ्ने छ । भाग्यले गर्दा लाभ पनि राम्रो नै हुनेछ ।
27    परिवारमा नातेदारहरु संग रमाईलो गरेर दिन बिताईने छ । सन्तान संगको कुरकानीले उनीहरुको भावन बुझ्न सकिनेछ । साझँमा आध्यात्मिक कुरामा रुझान हुनेछ ।