(Japan) 17 th May | 2025 | Saturday | 7:11:21 PM || (Nepal) 3:56:21 PM
 
 


तपाईंको दैनिक साप्ताहिक राशिफल

  POSTED ON : Monday, 01 July, 2024 | Views : 940

तपाईंको दैनिक साप्ताहिक राशिफल


जुन ३० देखि जुलाई ६ तारिखसम्मको तपाईंको दैनिक साप्ताहिक राशिफल यस प्रकार रहेको छ ।

१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

30.आफ्नो योजना प्रति द्रिढता हुनाले काम पुरा गर्ने सकिने छ । सुरक्षा निकायमा रोजगारीको अवसर जुट्न सक्नेछ । मन मिल्ने साथीहरु संग रमाईलो गरिएला ।

1 July. आमाको मायाले केहि दिन देखीको तनाव कम भएर जानेछ । लाभको बढेको मात्राले बचत पनि बढ्ने छ । गहकिलो कुराले परिवारको सम्मान पाईने छ । 

2. आउँदो १ बर्ष आफ्नो खानपान प्रति सचेत रहन जरुरी रहेको छ । सबैलाई चित्त बुझ्ने र सार्थक कुराले परिवारको संकट कम गर्न सक्नेछ । मनको प्रेम अभिव्यक्त गर्न सकिने छ ।

3. परिवारको सम्पत्तिमा ठुलो उपलब्धि हुन सक्नेछ । आफ्नो सम्पर्क संजालको सहयोगले सरकार सम्बद्ध कामहरु पनि गर्न सकिने छ । परिवारीक मतभेद हटाउन यो समय उत्तम रहेको छ ।

4. दाम्पत्य जीवनको शुरुवात हुन सक्नेछ । प्रभावशाली महिला संग मित्रता हुन सक्नेछ । जीवनसाथीको कारणले बिवाह पछि मान प्रतिष्ठा बढ्ने छ ।

5. आफु भन्दा साना भाईबहिनीको समस्यालाई तदारुकताका साथ समाधान गर्ने प्रयास गर्नुहोला । आमाको स्वास्थमा केहि समस्या आउन सक्नेछ । व्यबसायमा भने सफलता पाउन सकिने छ । 

6. सन्तानहरु संग कडा व्यबहार नगर्नु होला । आफ्नो अनुभव परिवार संग साट्नाले मन हलुका हुनेछ । आफुले गरेको उपलब्धिले मान-सम्मान बढ्ने छ ।


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

30. बिहान समय ठिक रहे पनि अपरान्ह पछि मनमा निरशा छाउन सक्नेछ । मनको परिवार र धनका कुराले चिन्ता बढाउन सक्नेछ । के कामर गर्दा राम्रो हुनेछ सो को निर्णय गर्न कठिन हुनेछ ।

1 July. बिदेशमा आफ्नो भाग्य खोज्ने प्रयास गरिने छ । आफुले पैसा लिनु पर्ने मानिसहरु संग भेटघाट हुनेछ । आफु भन्दा सानाका कुराले रिस बढन सक्नेछ ।

2. मनमा रहेको महत्वाकांक्षा जबरजस्ति पुरा गर्ने बिचार आउन सक्नेछ । स-साना कुरामा पनि रिस बढ्ने देखिन्छ । सन्तानको प्रगतिले भने मन हलुका पार्नेछ ।

3. हिजोको अवसादबाट निस्कने प्रयास गरिने छ । समयले साथ दिएको अनुभव हुनाले काममा मन दिइर लागिने छ । पढाईमा राम्रो गर्न सकिने छ ।

4. भिजभतेरमा जाँदा आफ्नो स्वास्थको पनि बिचार गर्नु होला । परिवारका मान्यजन संगको भेटघाटले आफुमा उर्जा थप्नेछ । सहि मार्गबाट धनलाभ हुनेछ ।

5. सबैसंग मायालु व्यबहार गर्नाले मन जितिने छ । आफुले सहयोग गरेको मानिस स्वार्थि हुनाले मनमा ठेस लाग्नेछ । काममा केहि कुराहरु दोहोर्याएर गर्नु पर्ने होला । 

6. बोलिमा आएको अठोटलाई कमजोर हुन नदिनु होला । धनका बिषयमा परिवारमा बादबिवाद नगर्दा ठिक हुनेछ । नतिजा राम्रो ल्याउन मेहनत बढि नै गर्नु पर्नेछ । 


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

30. आफ्नो प्रेमलाई बिवाहमा रुपान्तरण गर्ने समय आउन सक्नेछ । कामको सिलसिलामा यात्रामा जान सकिने छ । अठोट लिएर काम गरेर धन आर्जन गरिने छ ।

1 July. समय राम्रो हुनाले धन आर्जन धेरै स्रोतबाट हुन सक्नेछ । तर खर्च कम गर्ने प्रयास बेलैमा गर्दा उचित हुनेछ । एकोहोरो जिद्दिले कहिलेकँही मुर्ख बनिने छ ।

2. आफ्ना उमेरका दाजुभाईहरु संग टाढाको यात्रा गर्न सकिने छ । परिवारमा सबैसंग मधुर भएर कुराकानी गरिने छ ।  अरुलाई दाँजेर कुरा नगरे परिबारमा खिचलो हुने छैन ।  

3. परोपकारका कुराहरु मनमा आउनाले मृदु बनिने छ । परिवारका सदश्य संग धार्मिक काम तथा यात्रामा सामेल हुन सकिने छ। मनमा बैराग्यताका बिचार आउने छन्।  

4. सानो कामका लागि पनि अधिक परिश्रम गर्नु पर्ने हुनसक्ला । रक्ताचापका बिरामीहरुले समयमै चेकजाँच गर्दा राम्रो हुनेछ । शत्रु नाश गर्न आफु सबल हुने प्रयास गरिने छ । 

5. उत्साहले गर्दा संकटबाट सजिलै निस्कन सकिने छ । पारीवारीक जमघटमा धेरै समय व्यतित नगर्दा ठीक हुनेछ । मन, बुद्धि स्थिर राख्ने प्रयास गर्दा सफल हुन सकिने छ ।

6. परिवार संग दिन आमोदप्रमोद गरेर बिताउने कोशिस गरिने छ । कामलाई कसरी छिटो सक्ने भन्ने बिचार आउने छ । बिदेशीहरु संग काम गर्ने मौका आउन सक्नेछ ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

30. नाता कुटुम्भमा क्लेश नबढ्ने हिसाबले कुराकानी गर्नु होला । छिटो पैसा कमाउने चाहनाले संकटमा पर्न सकिने छ । मनमा रहेको द्वन्दले निर्णय लिन कठिन हुन सक्नेछ ।

1 July. कार्यस्थलमा आफ्ना प्रतिद्वन्दिलाई दवाएर भए पनि सफल भइने छ । अरुको आलोचनालाई सकारारात्मक रुपमा लिने प्रयास गर्नु होला । कामको चापले गर्दा आफ्ना लागि समय निकाल्न कठिन हुनेछ ।

2. रोजगारीका क्रममा केहि बाधाहरु आउन सक्नेछ तर बाधा पार गर्न सकिने छ । कामका बाध्यताले परिवारबाट टाढा जानु पर्ने हुन सक्ला । भाग्ले गर्दा धन आर्जन राम्रो हुनेछ । 

3. रसरंगमा बढि ध्यान दिएमा अपमान सहनु पर्नेछ । कानूनी बाधाहरु हटाउन केहि समय प्रतिक्षा गर्नु पर्ने हुन सक्ला । खेलकुदमा रमाईलोमा समय बित्नेछ ।

4. ठुला मानिसहरु संग सम्पर्क बढ्ने छ । ऋण लिएर काम गर्न खोज्नेहरुका लागि समय राम्रो हुनेछ । सरकारी कर्मचारीहरुका लागि बिदेश यात्राको संभावना रहेको छ ।

5. जीवनमा घटेका घटनाले आफु शुद्ध हुने प्रयास गरिने  छ। खराब दशा चलेका मानिसहरुको भने रसरंगमा ध्यान जानेछ । आफु एक्लो परेको भानले अन्तर्मुखी बनिने छ ।

6. आफुलाई बुझ्ने प्रयासले मन हलुका बनाउन सकिनेछ । बढेको खर्च व्यबस्थापन गर्न आवश्यक ठाउँ मात्रै खर्च गर्नु होला । अपरान्ह पछि दिन रमाईलो रहने छ ।  


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

30. मनमा रहेको खिन्नतालाई बढ्न नदिने प्रायस गर्नु होला । तनाव बिच आफ्नो योजना पुरा गर्ने शुत्र फेला पर्न सक्नेछ । आफ्नो बिचारलाई आधार दिने बिषय अध्ययन गरिनेछ । 

1 July. अनायास धार्मिक बिचारहरु उत्पन्न हुनेछ । कठिन स्थानमा रहेको तिर्थको यात्रामा जान सकिने छ । प्राबिधिक बिषय अध्ययनरत बिद्यार्थिका लागि समय राम्रो हुन सक्नेछ ।

2. आफुले बोलेका नराम्रो कुराहरु पुग्ने हुनाले सकारत्मक कुरा मात्र गर्नु होला । बिरामी परिवारका सदश्यको उचित हेरचाह गर्नुहोला । घरमा साजसजावटमा खर्च गरिने छ । 

3. कामको प्रशंसाले मन प्रफुल्ल हुनेछ । ठुला ब्यक्ति वा संस्थाको सहयपगले नसोचिएको फाईदा हुनेछ । पदोन्नततिको अवसरले व्यस्तता बढाउने छ । 

4. साझेदारहरु संगको खटपट बेलैमा सुल्झाउने प्रयास गर्नु होला । व्यबसायमा अपर्झट आउन सक्ने संकटका निदानका उपायहरु तयार राख्नु होला। लाभ भने राम्रो नै हुनेछ । 

5. केहि नसोचिएको सफलताले घमण्ड बढाउने छ । साथीहरुको खराब समयमा सहयोग गर्न सकिनेछ । भाईहरुको उन्नति प्रगतिमा सहायक बनिने छ ।

6. अस्थिर चित्तले काममा बाधा पुग्न सक्नेछ । सवारी साधनहरुको उचित देखभालले दुर्घटना कम हुनेछ । दिदीबहिनीहरुको समस्या समाधान गर्न तत्पर्ता देखाउनु पर्नेछ । 


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

30. जीवनसाथीको भाग्योदय हुन सक्ने समय रहेको छ । अध्ययन अध्यापनमा राम्रो प्रगति गर्न सकिने छ । अपरान्ह पछि १-२ दिन तनाव हुन सक्नेछ । 

1 July. अतारमा उठाएको कदमले हानी हुन सक्ने हुनाले सचेत रहनु होला । मनलाई शान्त राख्न योगध्यान गर्न सकिने छ । आर्थिक लेनदेनमा होसियार रहेमा हानी कम हुनेछ ।

2. पढाईमा नसोचिइको सफलता हासिल गर्न सकिनेछ  । मान प्रतिष्ठामा ठूलो बृद्धि हुन सक्नेछ । कामको चापले गर्दा व्यस्तता बढेर जानेछ । 

3. आफुले गरेको कामको ख्यातिले पछि सम्म राम्रो छाप छाड्नेछ । बिदेशीहरु संग पनि कामको अबसर जुनटन सक्नेछ । कामको संकट हटाउन यात्रामा जान सकिनेछ । 

4. पुराना समयका मानिसहरु संग भेटघाट कुराकानी हुनेछ । मान्यजन संगको कुराकानीले आफुमा रहेको दुबिधा कम हुन सक्नेछ । शत्रुको चाललाई बुझेर मात्र अगि बढ्दा राम्रो हुनेछ । 

5. काममा नसोचिइको सफलता हात पर्नेछ । निपुणतापूर्वक गरिइको कामको सर्वत्र प्रशंसा हुनेछ । काम अनुसारको लाभले मन हर्षित हुनेछ । 

6. परिवारमा रमाईलो ठट्टा गरेर दिन विताउने प्रयास गरिनेछ । आफुले गरेको योगदानको घरमा पनि प्रशंसा हुनेछ । कामका साथीहरु संग कुराकानी हुन सक्नेछ । 


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

30. मनमा रहेको प्रेमको चाहना प्रवल भएर जानेछ । केहि खर्च गरेमा लाभ बढि लिने मौका आउन सक्नेछ । शेयरबजारबाट टाढा रहेमा हानी कम हुनेछ ।  

1 July. जीवनसाथीको साहसले गर्दा काम गर्ने जाँगर बढेर जानेछ । दाम्पत्य जीवनमा मिठास आएको अनुभव हुनेछ । कामको सफलताले आत्मबिश्वस बढ्नेछ ।

2. सानो यात्राले कामको बोझ कम गर्ने उपाय पाउ सकिनेछ । व्यबसायिक सफलता अनुभवमा निर्भर रहने छ । पढाईमा राम्रो गर्न बढि मेहनत गर्नु पर्नेछ । 

3. रसरंगमा मन जानाले खर्च बढ्न सक्नेछ । नसोचिकन हतारमा लगानी गर्दा हानी हुन सक्नेछ । हिजोको संकटले आज बाहिर निसक्ने जुक्ति फुर्नेछ । 

4. तन्त्रमन्त्रमा ध्यान जानेछ साथै मन्त्रशक्ति बढ्न सक्नेछ । अनुसन्धानका क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्न सकिने छ । कामम अनावश्यक बिवादबाट बच्ने प्रयास गर्नुहोला ।  

5. फरक संस्कृतिका मान्यजन संग भलाकुसारी गरिने छ । इतिहासका बिद्यार्थिका लागि उत्तम समय  रहेको छ । मानहानी हुन सक्ने काममा हात नहाल्दा राम्रो हुनेछ । 

6. धनलाभको अबसर प्रसस्त आउन सक्नेछ । परिवारका मुलीहरु संग भेटघाटको अवसर जुट्न सक्नेछ । खानपान तथा स्वास्थका बारेमा भने लामो समय सम्म सजग रहनु पर्नेछ ।


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

१६. पहिले पाएको धोकाले आफु अझै बलियो हुने गरि योजना बनाईने छ । संकटबाट निस्कन सक।दो कोशिस गरिने छ । व्यबसायबाट लाभ सोचे अनुरुप लिनसकिने छ ।

१७. कानूनी संकट नआउने गरि काम गरेमा नसोचिएको सफलता हासिल गर्न सकिनेछ । जीवनसाथीको अतुलनिय साथले आफ्नो अभिष्टि सिद्ध गरिने छ । पारिवारीक सुख बढ्ने छ । 

१८. व्यबसायिक फाईदाका लागि रमाईलो यात्रा गरिने छ । खाद्य व्यापारीहरुको लागि समय उत्तम रहेको छ । लुगाफाटो खरिद बिक्री राम्रो हुनेछ । 

१९. अध्ययनको नतिजा सोचे भन्दा राम्रो पाउन सकिने छ । कानून व्यवसायिहरुका लागि समयले राम्रो साथ दिनेछ । घरमा भने अनावश्यक तनाव हुन सक्नेछ । 

२०. आमाको स्वास्थले केहि चिन्तित पार्न सक्नेछ । घरका सानातिना समस्या बढचेर जानाले दुख हुनेछ । मनका कतिपय कुरा व्यकत गर्न सहज हुने छैन्। 

२१. साँझ दिकदार लागेमा साथीहरु संग कुराकानी गर्न सकिनेछ। मन रतिरागका कुराले ध्यान तान्नेछ । कठिनाईबाट बाहिर निस्कने योजनालाई साकार पार्ने प्रयत्न गर्दा राम्रो हुनेछ । 

२२. आफ्नो उरनठेउलो बुद्धिले मान घट्न सक्नेछ । सबैलाई समेट्ने गरि छलफल गरेर निचोडमा पुग्न सकिने छ । पढाईमा भने कोशिस गरेमा आशातित सफल हुन सकिने छ ।


९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

30. सन्तानलाई अनायास आउने समस्याले आफुलाई पनि खिन्न बनाउन सक्नेछ । आफ्नो बुद्धिको मात्र भर परेर ठुलो निर्णय नगर्दा सहि हुनेछ । कामका बारेमा बिभिन्न बिचारहरु आउन सक्नेछ ।

1 July. धनको नाश हुने समय रहेकोले सावधान रहनु होला । ऋण लिंदा होस नपुर्याए तिर्ने बेलामा आपदमा पर्न सकिनेछ । व्यबसायबाट सोचेको लाभ लिन सकिनेछ ।

2. नियमित आम्दानी हुने क्षेत्रमा लगानी थप्ने बारेमा सोच्न सकिने छ । अहिले लिइको रणनीतिले पछि सम्म फाईदा दिनेछ । कुलतबाट बच्न सहि साथीको छनौट गर्दा राम्रो हुनेछ । 

3. सन्तानको लागि भलाईको काम गरिने छ । लगानी गर्दा अरुको प्रगतिलाई मात्र नहेर बस्तुस्थितिको पनि बिचार गर्नुहोला। भाईहरुको संकटलाई नजिक बाट नियाल्दा समाधान पनि निस्कने छ । 

4. रोजगारीबाट सोचे अनुरुप प्रगति नहुँदा विकल्पका बारेमा सोच्न सकिनेछ । जीवनसाथीको प्रेमले गर्दा ठुलो मदभेद हुने छैन । व्यवसायबाट भने लाभ लिन सकिने छ ।

5. हाल बसोबास गरेको स्थान बाट दक्षिण पश्चिम तर्फ स्थानान्तरण हुन सक्नेछ । दाम्पत्य सुख उचित मात्रामा हुनाले खटपट कम हुनेछ । साझेदारको सहयोगले लाभ लिन सकिनेछ । 

6. अरुको देखासिखीमा व्यबसायमा फेरबलद नगर्दा उचित हुनेछ । शेयरबजारबाट मनग्य लाभलिन सकिने छ । ठुलो जोखिम हुने क्षेत्रमा हाल लगानी नबढाउँदा सहि हुनेछ ।


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

30. घरमा धनको कुरालाई लिइर खटपट हुन सक्नेछ । साढेसातीको प्रभावले गर्दा परिवारका सदश्यहरु संग छुच्चो कुरा गरिने छ । घर तथा जमिनबाट लाभ लिन सकिने छ ।

1 July. भविश्यमा बढि लाभ हुने क्षेत्रमा लगानी गरिने छ । आफुले योजना गरेको कामबाट फाईदा लिन सकिनेछ । बचत बढाउन ठुलै कसरथ गर्नुपर्ने देखिन्छ ।

2. मनमा घरका बिषयले द्वन्द हुनेछ तर निर।णय गर्न सकिने छैन्। घरमा रहँदा सानो कुरामा रिस नगर्दा सहज हुनेछ । बाहिरका मानिसको कुरा सुनेमा दाम्पत्य जीवनमा समस्या आउनेछ । 

3. सन्तानको प्रगतिले मन हर्षित हुनेछ । उनिहरुको अध्ययनमा उच्च प्रगति हुन सक्नेछ । शत्रुको अगाडि पनि नम्र भएर कुराकानी गर्नाले तनाव कम हुनेछ । 

4. समाजशास्त्र तथा ईतोहासका बिषयको अध्ययनमा राम्रो नतिजा ल्याउ सकिनेछ । पितृको आशिर्वाद पाउन संय,त रहनु होला । बिदेययात्रामा व्यबधान आए पनि नतिजा राम्रो हुनेछ ।

5. बुद्धिमत्तापूर्ण कुराकानीले व्यबसायको समस्या हल गर्न सकिने छ । तर जहाँ पनि बिवाद नगर्दा उचित हुनेछ । आमाको सहयोगले बढि लाभ हुन सक्नेछ ।

6. दाम्पत्य जीवन, आएको खटपट आपसी छलफलबाट कम गर्न सकिने छ । घमण्डले भएको खुसी समेत नाश गर्न सक्नेछ । अरुको षड्यन्त्र बिफल पार्न सकिनेछ । 


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

30. आफ्नो बुद्धिको मात्र भरले मानशिक भ्रम पैदा गर्न सक्नेछ । सन्तान संगको मतभेदले घरमा खिन्नता हुनेछ । आफू भन्दा सानाको सहयोगले ठुला कामहरु गरिने छ । 

1 July. बोलिको प्रभाव बढ्नाले कुराकानीले नै कतिपय काम सुल्झने छन्। औषधि तथा विमाका शेयरबाट लाभ लिन सकिने छ । तर सो का लागि आफ्नो महादशाको बारेमा बिचार गर्दा राम्रो हुनेछ ।

2. आफु भन्दा सानाको प्रेम सम्बन्धका बारेमा कुरा सुनिने छ । आफ्नो चतुर्याँईले गर्दा नोकरीमा प्रशंसा पाउन सकिने छ। सन्तानको उच्च शिक्षामा ठुलो सफलता हुनेछ । 

3. परिवारमा धार्मिक तथा मांगलिक कार्य हुन सक्नेछ । आफुले नचाहँदा पनि बाहिर गएर काम गर्नु पर्ने हुन सक्ला । आमालाई चिसोको कारणले रोग लाग्न सक्नेछ ।

4. हातमा चोटपटक लाग्न सक्ने काम हातमा नलिंदा राम्रो हुनेछ । कलाका क्षेत्रामा अनुराग बढ्न सक्नेछ । नयाँ प्रेमको बन्धनमा पर्न सकिनेछ । 

5. बुद्धिले काम नगर्दा अन्योलको अवस्था आउन सक्नेछ । घरका मान्यजन संग सकेसम्म बिवाद नगर्दा राम्रो हुनेछ । मन्त्रको साधनाले मुर्त रुप लिन सक्नेछ । 

6. साना संग व्यबहार गर्दा रिस नियन्त्रण गर्नु होला । सन्तानको स्वास्थको समयमै हेरचाह गर्नु होला। रोजगारमा भने राम्रो शिप प्रदर्शन गर्न सकिनेछ । 


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

30. पारीवारीक बिवादलाई ठुलो हुन नदिएर बुद्धिमत्ता देखाउनु होला । विद्वानहरुको संगतले आफ्नो पनि प्रतिष्ठा बढाउन सकिने छ । गरिष्ठ खानपानले स्वास्थ बिगार्न सक्नेछ ।

1 July. बिदेशी विश्वबिद्यालयमा अध्ययनको अवसर जुटन सक्नेछ । भाग्यले आफ्नो कोशिस अनुरुप साथ दिनेछ । परिवारको मुल्य मान्यताका बारेमा चासो बढेर जानेछ ।

2. घाँटी तथा छातिको स्वास्थका बारेमा होसियार रहनु होला । घर छाडेर टाढा गएर काम गर्नु पर्ने बाध्यता पर्न सक्नेछ । ठुला मानिसको संगतले व्यबसायमा लाभ हुनेछ । 

3. परिवारका सदश्यको मांगलिक कार्य हुन सक्नेछ । समयले गर्दा घरमा ठूलो खर्च गर्नु पर्ने अवस्था आउन सक्नेछ । निन्द्रा बिथोलिने कामहरु साँझको समयमा नगर्दा राम्रो हुनेछ । 

4. धन कमाउनका लागि सानो यात्रा गर्न सकिनेछ । बुद्धिले साथ दिनाले लगानीका अवसरहरु जुट्न सक्नेछ तर हतार भने नगर्दा राम्रो होला । भाईहरुको प्रगतिमा सहायक बन्न सकिने छ । 

5. परिवारमा जमघट रमाईलो कार्यक्रम हुन सक्नेछ । आफुलाई मन पर्ने मानिसहरुको साथ पाउन सकिने छ। खानपानमा सजग नरहे स्वास्थले धोका दिनेछ । 

6. कुराकानी गर्दा सहि शब्द र लहजा राख्नु होला । लग्न पाप कर्तरीमा भएकोले हाल ठुला निर्णयहरु भने बिल्कुलै नगर्दा राम्रो हुनेछ ।  आफ्नो पुरुषार्थ देखाउन मौका मिल्नेछ ।