टोकियो, जापान ।
यातना, पारिवारिक पिडा र जीवनको कष्टकर अपस्थाबाट उठेर श्रीमद्भागवत सप्ताह महापुराण साथै नेपाली सनातन धर्मकी बाचिकाको रुपमा परिचित राधिका दासी जापान आउनुभएको छ ।
भागवत मञ्जरीको रुपमा परिचित प्रिमा नेपालले जापान भ्रमणका क्रममा राजधानी टोकियोमा विशेष कथा वाचन गर्नुहुने भएको छ ।
राजधानी टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा यहि जुन २२ तारिख बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म धार्मिक प्रवचन दिनुहुने भएको छ ।
अँग्रेजी, नेपाली, हिन्दी र संस्कृत भाषामा प्रवचन दिने गर्नुभएकी राधिका दासीले माया घर नेपाल र राधिका फाउण्डेसन मार्फत अशक्त, असहायहरूको आश्रयस्थल समेत संचालन गर्दै आउनुभएको छ ।