टोकियो, जापान ।
नेपाल ज्योतिष परिषद्का प्रथम उपाध्यक्ष आचार्य सन्तोष बाशिष्ठ जापान आउनुभएको छ । “ग्लोबल अचिभर्स अवार्ड “२०१७ तथा एशियाकै वेष्ट एष्ट्रोलोजर अफ एशिया अवार्डबाट सम्मानित भइसक्नुभएका आचार्यले टोकियोमा आउँदो बुधवार टोकियोवासी नेपालीहरुसँग विशेष भेटघाट गर्ने हुनुभएको छ ।
नेपालमै कयौं सनसनीपूर्ण राजनीतिक भविष्यवाणी गरेर चर्चा कमाइसक्नुभएका आचार्य उदय नारायण भट्टराई सन्तोष वाशिष्ट बिश्व भरका ७०० बढि बरिष्ठ ज्योतिषहरुलाई पछि पार्दै ग्लोबल अचिभर्स अवार्डबाट सम्मानित हुने एकाध नेपाली आचार्यहरुमा पर्नुहुन्छ । ज्योतिष बिधामा बिद्या वारिधी गरिरहनुभएका वाशिष्ट आचार्य नेपालमा ज्योतिषको क्षेत्रमा खोज अनुसन्धान गर्नुहुने वरिष्ठ आचार्यका रुपमा परिचित हुनुहुन्छ ।
थाईल्याण्डबाट ज्योतिष विद्यारत्न अवार्ड, श्रीलंकाबाट बोनाफाईड एस्ट्रोलोजर अफ नेपाल, मरिसर्सबाट पदमा श्री अवार्ड, भारतको न्यू दिल्लीमा ग्लोबल अचिभर्स अवार्ड, भारतकै गुवाहाटी आसामबाट माँ–कामाख्या अवार्ड लगायत करिव दुई दर्जन अवार्डहरु प्राप्त गरिसक्नुभएका विज्ञ आचार्य वाशिष्ठ विश्व ज्योतिष महासंघ राष्ट्रिय समितिको सभापति, नेपाल ज्योतिष परिषद्को केन्द्रीय महासचिव राष्ट्रिय धर्मसभा नेपालका प्रवत्ताका साथै अन्य धेरै धार्मिक संघ संस्थामा आबद्द हुनुहुन्छ ।
जापान आएको मौकामा जापानमा रहेका नेपालीहरुसँग ज्योतिष ज्ञान बाँड्ने र छोटो साक्षात्कार सहित ईच्छुक व्यक्तिहरुको भविष्यवाणि समेत गर्ने मौका जुरेको कार्यक्रम संयोजन गरिरहनुभएकी कामना भण्डारीले जानकारी दिनुभयो ।
यहि मे ८ तारिख बुधवार बिहान ११ बजेबाट दिनको ५ बजेसम्म कार्यक्रम टोकियो ओकुबोमा रहेको सोलमारी मुराहलमा हुने भएकाले ईच्छुक व्यक्तिहरु सहभागी हुन सक्नुहुनेछ भने विशेष भेटघाट र परामर्शका लागि आचार्य सन्तोष वाशिष्ठलाई ९८५१०६२५६९ मा ह्वाट्स एपमा सम्पर्क गर्न सकिने भण्डारीले जानकारी दिनुभयो ।