(Japan) 19 th May | 2024 | Sunday | 11:19:14 PM || (Nepal) 8:04:14 PM
 
 


अप्रिल २८ तारिख देखि मे ४ तारिखसम्मको तपाईंको दैनिक राशिफल

  POSTED ON : Monday, 29 April, 2024 | Views : 412

अप्रिल २८ तारिख देखि मे ४ तारिखसम्मको तपाईंको दैनिक राशिफल



१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

28. महिला मित्रको सहयोगमा व्यबसायमा ठुलै सफलता हासिल गर्न सकिने छ । जीवनसाथीको साथले पारिवारीक सुख हुनेछ । आफुमा आत्मविश्वसा बढ्ने छ ।

29व्यवसायका साझेदारलाई अगि बढाई काम गर्दा सफलता हात पर्ला । पारिवारीक सम्पतिको अंशवंडा हुन सक्नेछ । बचत पनि क्रमस बढेर जानेछ । 

30अनावश्यक कुराको जोड-घटाउमा नलाग्नु होला । परदेशमा शिप देखाउने अवसर आउन सक्नेछ । कुलतबाट बच्न राम्रो मानिसको संगत गर्नु होला ।

1 Mayपिताको कारणले सम्पति थपिन सक्नेछ । पुराना कुराहरुमा ध्यान जानेछ । खानपानमा सजग भए तौल बढ्ने छैन्।

2कामबाट दरिलो नियमीत आम्दानीको स्रोत हात पर्ने छ । आफुले सुरु गरेको काम प्राय सबैले राम्रो प्रतिफल दिनेछ । खर्च भने नियन्त्रण गर्न आवश्यक छ ।

3कम्पुटर तथा अन्य ईन्जिनियरिङ अध्ययनका लागि बिदेश जाने अवसर आउन सक्नेछ । दाँतको स्वास्थमा सजग रहनु होला । रिस नबढाउन नियमित व्याम गर्नु होला।

4आफुले बोलको अरुले गलत नबुझने गरि कुराकानी गर्नु होला । प्रणय भावले मन प्रशन्न रहने छ । सहकर्मीहरु संगको भेटघाट रमाईलो होला । 


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

28जुनसुकै काम गर्दा पनि बाधा आएको अनुभव हुनेछ । आफुले नगरेको कामको पनि बध्यताले अपयश लिनु पर्ने छ । खर्च बढे साथै आम्दानी पनि केहि बढ्ने छ । 

29शरिरीक तथा मानशिक स्वास्थ ठिक राख्ने प्रयास गर्नु होला ।  राज्यबाट पाउने सुबिधा लिन ठुलै मेहनत गर्नु पर्नेछ । मुद्दामामिलाका कामहरु अलि पछिलाई सर्दा सहज हुनेछ ।

30घरका मान्यजन संग बिवाद नगरि कामको रणनीति सिक्ने प्रयास गर्नु होला । पठनपाठनमा केहि अवरोध आउन सक्नेछ । सट्टाबजारबाट फाईदा लिन सकिने छ ।

1 Mayअधिक आम्दानीले मोजमज्जामा बढि ध्यान जान सक्ने हुनाले सचेत रहनु होला । साथीभाईको सहयोगले जग्जा जमिनबाट फाइदा होला । तर बिवाद नहुने गरि अगि बढ्दा राम्रो होला ।

2कामको बोझ बढेर जानाले परिवारलाई कम समय दिन सकिने छ । सहकर्मी साथीभाई संग लामो यात्रा पनि हुन सक्नेछ । सन्तानको उन्नतिले मनमा खुसी हुनेछ।

3कामको कुराले चिन्ता बढाउने हुनाले आफ्नो दायित्व मात्रै वहन गर्नु होला । शरिरमा कमजोरी अनुभव हुँदा सहि खानपान गर्नु होला । आँखाको नियमित जाँच गराउनु होला।

4नयाँ मोबाईल वा अन्य बिद्युतिय सामान किन्ने अवसर आउने छ। गलत समयमा गरेको कुराकानीले असमझदारी उत्पन्न हुन सक्नेछ । नियमित बचतले सुरक्षा दिनेछ । 


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

28सहकर्मीहरु संग अध्ययनका लागि बिदेश यात्रा हुन सक्नेछ । शिक्षा क्षेत्रका व्यवसायीका लागि समय उतम रहको छ । प्रेमको मामिलामा होसियार भएर अगि बढ्नु होला।  

29व्यबसायबाट आफ्नो नेतृत्व क्षमतालाई बढाउनु होला । ठुला संघसंस्थाको सहयोगले ठुलै काम गर्न सकिने छ । पारिवारीक सुख बढाउन मनोवेगलाई नियन्त्रण गर्नु होला।

30महत्वाकांक्षा पुरा गर्न अवरोध महसुस भए पनि कोशिसले सफलता दिनेछ । केहि कामको लागि बढि मेहनत गर्नु पर्नेछ । श्रमीकहरुको कुराले कामलाई सुस्त बनाउन सक्नेछ । 

1 Mayएकान्तमा पनि कामको बोझ महशुस हुनेछ । भविश्यका कुराले मनमा चिन्ता नबढाउनु होला । असफलताको डर हटाएर अगि बढ्नु होला । पिता संग दुरी महशुस हुन सक्नेछ ।

2निराशालाई हटाएर व्यबहारीक हुने प्रयास गर्नु होला । व्यबसाय बृद्धिका लागि बिस्तारै बिस्तारै गरेको प्रयास सफल हुनेछ । प्रतिष्ठाको चिन्ताले पिरोल्न सक्नेछ ।

3आम्दानी निरन्तर हुनाले खर्च बढ्दा पनि निराश हुनु पर्ने छैन्। प्रणय भावका इच्छाहरु प्राय पुरा हुनेछ । केहि कुरा मिलाए घरमा खुसीयाली हुनेछ । 

4जीवनसाथी संग धार्मिक यात्राले मनमा शान्ति हुनेछ । व्यापारो सफलताले घरमा सुखसयलका साधन थप्न सकिने छ । ध्यान आम्दानी बढाउनमा केन्द्रित हुनेछ ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

28प्रतिपर्धीलाई परास्त गर्न सक्दो प्रयास गरिने छ। चुनौतिपूर्ण कामले बढि लाभ दिनेछ । परोपकारका कुरामा पनि मन जानेछ ।

29प्राविधिक शिक्षामा राम्रो सफलता हासिल गर्न सकिने छ । तर ठुला कामहरुमा मन बरालिन सक्नेछ । परिवारका सदश्यको रोजगारीको प्रबन्ध हुनेछ ।

30अपरान्ह पछि काम सहज हुनेछ । सहकर्मीका कुरा मनन गरेर सुन्नाले काम सफल बनाउने छ। व्यापारीक साझेदारसंग रमाईलो गरिने छ ।

1 Mayकेहि मनमुटाव भए पनि पारिवारीक सुख हुनेछ । ध्यान दिएर काम गरेमा नोकरीमा प्रशंसा हुनेछ । प्रतिष्ठित व्यक्तिसंग मित्रता बढाउन सकिने छ । 

2कामको तनावलाई कम गर्न कुलतमा नफस्नु होला । व्यवसायिक मतभेद संवादबाट हल गर्न सकिने छ । सामाजिक मान्यताको मान राखेमा समयले साथ दिनेछ।

3अत्याधिक चिन्ताले काम बिथोल्न सक्नेछ । मनम असफलताको डरले बढि नै सजग गराउने छ । पछिका लगि हुने दह्रो आम्दानी हुने कामको योजना गर्न सकिने छ ।

4पदोन्नतिको अवसर आउन सक्नेछ । आफु भन्दा बरिष्ठको साथमा लाभकारी यात्रा हुन सक्नेछ । बिदेशी सम्मिलित काममा सफलता बढि सहज हुनेछ ।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

28सन्तानको रोजगारीको प्रबन्धले आनन्द दिनेछ । सहि कुराकानीले मात्रै पारिवारीक असमझदारी हटाउन मद्दत गर्नेछ । दाजुभाई बिच मनमुटाव हुन नदिन समयमै पहल गर्दा राम्रो हुनेछ ।

29परिक्षाको तयारीका लागि सन्तानलाई सहयोग गरे नतिजा राम्रो हुनेछ । फरक संस्कृतिको अध्ययनले विविध कुराको ज्ञान हुनेछ । बेअर्थको यात्राबाट सजग रहनु होला।

30व्यबसायमा सवल हुनका लगि रणनीति तयार गरिने छ ।  सबै प्रतिस्पर्धिलाई पछि पार्ने साहस आउने छ । अचानक आउने बिचारलाई कार्यान्वयन गर्न अगि तैयारी आवश्य छ ।

1 Mayसहकर्मी बिच केहि चिसोपना देखिन सक्नेछ । आफ्नै मतिभ्रमले अविश्वास बढन नदिनु होला । आयमा केहि उतारचढाब हुन सक्ने देखिन्छ।

2नसोचेको व्यक्तिको सहयोगले लाभ हुन सक्नेछ । शेयर बजारमा दिर्घकालिन लगानी गर्न सकिने छ । तर क्षमता भन्दा ठुलो जोखिम भने नलिनु होला ।

3व्यवसाय बिस्तारको चिन्ताले बोझिलो महशुस हुन सक्ने छ । तर पनि जुझारु भएरै पनि कामलाई सफल बनाउने प्रयास गरिने छ । असफलतालाई जित्न मन दह्रो पारिने छ।

4केहि मत भिन्नता रहे पनि दाम्पत्य जीवनलाई सुखमय बनाउने प्रयास गरनु होला। झुटा आरोपले आफुलाफ विचलित नपार्नु होला । लाभको लोभले लगानी जोखिममा नपार्नु होला । 


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

28मनमा ठुलो बिचलन आउन नदिने प्रयास गर्नु होला । शत्रु पराजयका लागि दह्रो रणनीति बनाउनु होला । प्रतिस्पर्धिले अचानक हमला गर्न सक्ने हुनाले सचेत रहनु होला । 

29आमाको स्वास्थले केहि चिन्ता हुन सक्नेछ। अनमन भए पनि बाध्यताले यात्रामा जानु पर्नेछ । आफ्नो बौद्धिक क्षमता र मान्यजनको सल्लाहमा अगि बढदा राम्रो हुनेछ । 

30सन्तानका कुराले चिन्ता रहे पनि उनीहरुको प्रगति हुनेछ ।  बाहिरीया मानिसको सल्लाह मान्दा आफु अफ्ठ्यारोमा पर्न सकिने छ । आफ्ना सहयोगी संग मित्रवत व्यबहार गर्नु होला ।

1 Mayसरकार सम्बद्ध काममा व्यवधान आउन सक्नेछ । घरका अपरिहार्य आवश्यकताका सामानहरु दुरुस्त राख्नु होला । खानपानमा सजग रहेमा पेटको समस्या कम हुनेछ ।

2अत्याधिक प्रणय भावले ध्यान विचलित हुनेछ ।  आफ्नो कामको चुनौति ठुलो महशुस हुनेछ । मुद्दामामिलाका कुराले चिन्ता बढाउन सक्नेछ ।

3प्रतिद्वन्दिलाई परास्त गर्न सुत्र फेला पर्न सक्नेछ । जीवनसाथीको मनोभावमा आएको परिवर्तन अनुसार आफुलाई बदल्ने प्रयास गरिने छ। हतारमा गरेको व्यबसायिक निर्णयले हानी हुनेछ।

4खानपानमा बढि नै सजग रहनु पर्ने समय रहेको छ । पछिलाई सोचेर आर्थिक रुपमा सुरक्षित रहने प्रयास गर्नु होला । समयले बिस्तारै साथ दिनाले कामहरु सफल हुँदै जानेछन्। 


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

28घरका सदश्यहरु बिच संतुलित व्यबहार गर्नु होला । घरमा सहकर्मीहरु संग जमघट हुन सक्नेछ । विवादित बिषयहरुमा आफ्नो प्रतिकृया दिने बेलाम बिचार गर्नु होला।

29धेरै कामहरु यो समयमा पुर गर्न सकिने छ । तपाईंको व्यक्तित्वको प्रभाव बढेर जानेछ। दाम्पत्य तथा सफलताको सुख हुनेछ

30कामका लागि बिदेश यात्रा हुन सक्नेछ । चुनौति अचानक आउन सक्ने हुनाले रणनैतिक रुपमा बलियो भएर बस्नु होला। अति आत्मविश्वासी नभइ व्यबहारीक भएर काम गर्नु होला ।

1 Mayघरमा अनुशासित भइ बसेमा तनाव कम हुनेछ । कामको लागि नगदको व्यबस्थापन समयमै गर्नु होला। आफुले लिएको ऋणले केहि दुख दिन सक्नेछ ।

2प्रेमको कमीले दाम्पत्य जीवनमा कमी आएको महशुस हुन सक्नेछ । लागानी गरेको क्षेत्रमा फसेको अनुभव हुन सक्नेछ । आम्दानीको ठुलो भाग व्यबसायमै थप्नु पर्ने हुन सक्ला।

3कठिन भए पनि जित हासिल गर्न सकिने छ। आफुलाई चुनौति दिनेलाई सुझबुझले व्यबस्थापन गर्दा राम्रो हुनेछ । प्रेमील भावनाले दाम्पत्य सुख बढाउने छ।

4आउँदो १ बर्ष स्वास्थका बारेमा सचेत रहनु पर्नेछ । आर्थिक लेनदेन होसियार भएर गर्नु पर्नेछ । खानपानलाई संतुलनमा नराखे तौल अत्याधिक बढ्न सक्नेछ।


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

28सोचाईमा गम्भिरताले अनावश्यक तनाव हुने छैन्। शत्रुलाई अति ठुलो सोचेर गाह्रो रणनीति नबनाई सामान्य रुपले निस्तेज बनाउन सकिने छ। खानपानमा रुचि बढेर जाने छ । 

29आफन्तलाई अर्ति उपदेश दिंदा अवगालमा परिने छ । आफ्नो बचत हाललाई सिरक्षित राखेर पछि काम गर्दा राम्रो हुनेछ । सन्तानलाई चोटपटक बाट जोगिने उपाय सिकाउन कोशिस गर्नु होला। 

30सन्तानहरु संग कुराकानी गर्दा मित्रवत रहनु होला । पेटको दिर्घरोग छ भने समयमै जाँच गराउनु होला । ठुलो जोखिम हुने क्षेत्रमा केहि समयका लागि अगि नबढदा राम्रो हुनेछ ।

1 Mayआमालाई शंका लागेका कुराहरु बिस्तारै बुझाउँदा सहज हुनेछ । रचनात्मक कुराले व्यवसाय बिस्तार गर्न सजिलो पार्नेछ। तमोगुणी साथीहरु संग व्यबहार गर्दा बचेर गर्नु होला ।

2आफ्नो शिपको बिस्तार गर्ने अवसर आउन सक्नेछ । कार्यस्थलमा भएका अवरोधहरु कुराकानी बाटै हल गर्न सकिने छ । यात्रामा जानु पर्दा पनि फाईदा हुनेछ

3परिवारका कुराले चिन्तित नभइ अगि बढ्नु होला । आमाको स्वास्थमा नशाजन्य समस्या छ भने बेलैमा जाँच गराउनु होला । निन्द्रा नबिथोलिने काममा मात्र अग्रसर हुनु होला।

4घरमा अशान्ति हुँदा कारण पिहल्याउने प्रयास गर्नुहोला । आम्दानीको पाटो राम्रोनै रहने छ । सन्तानको शिक्षाका लागि आयको अधिक भाग खर्च हुन सक्नेछ ।

 

९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

28नयाँ कामहरु गर्ने बिचार अचानक आउन सक्नेछ । आफ्नो संवेदनालाई पनि महत्व दिएर काम गरे निराश हुनु पर्ने छैन्। तर भावनामा बहेर कुनै काम गरेमा हानी हुनेछ । 

29परिवारका महिला नातेदारहरु संग जमघट हुन सक्नेछ । मनमा नजाँनिदो कुराले पनि आनन्द दिनेछ । नसोचिएको कामबाट पनि लाभ हुन सक्ने देखिन्छ ।

30बचत बढाउने कुरामा ध्यान जानेछ । कतिपय परिवारका संकटहरुले दह्रो जरो गाडेको महशुस हुनेछ । घरको खिचलो अरुको कुरा सुनेमा झन बिग्रन सक्नेछ ।

1 Mayपैतृक सम्पतिको राम्रो हिफाजत नगरे विबाद आउन सक्ने छ । सन्तानको प्रगतीले केहि सान्तोना दिन सक्नेछ । उनीहरुको अध्ययनका लागि बिदेश यात्राको अवसर आउन सक्नेछ ।

2आफु भन्दा कनिष्ठलाई समस्याबाट निस्कन सहयोग गरिने छ । बढि पैसा कमाउने बाटो पहिल्याउने कुराले चिन्ता हुनेछ । असमझदारी बाट बच्न बोल्दा सजग रहनु होला।

3घरका सबै साधनहरु सहि हातलमा राख्नु होला । परिवारका सदश्यका कुरामा हिसाब किताब नगर्दा राम्रो हुनेछ । क्रोध नियन्त्रण नगरे परिवारमा ठुलै संकट आउन सक्नेछ। 

4लाभका हिसाबले समय ठिकै रहने छ । भविश्यलाई सोचेर लगानी बढाउन सकिने छ । परिवारका सदश्यहरु सबैको समस्या सुनेर सुल्झाउने प्रयास गर्नु होला ।  


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

28अध्ययनमा आएको अवरोधले दिक्क पार्न सक्नेछ । आध्यात्मिक कुरामा आफुलाई भुलाए चिन्ता कम हुनेछ । आमाको स्वास्थमा ध्यान दिनु होला।

29सवारी साधन सहि हालतमा होसियार भएर चलाउनु होला । घरमा संवेदनशील भएर व्यबहारमा गरेमा कतिपय कुरा सहज हुनेछ । मनमा दोधार भएको बेलामा निर्णय नलिंदा राम्रो हुनेछ। 

30आफ्नो व्यबसायमा ध्यान दिएर काम गर्ने प्रयास गर्नु होला । साथीभाईले साथ दिनाले केहि दिन देखि रहको संकट कम हुनेछ । आफ्ना सहोदर संग हाल आर्थिक लेनदेन नगर्दा राम्रो हुनेछ । 

1 Mayअरुले नभई आफुले नै पुरा गर्नु पर्ने कामहरुमा ध्यान दिनु होला । सरकारी सेवामा रहेका मानिसहरुका लागि समय राम्रो हुनेछ । छरितो ढंगले प्राय काम पुरा हुने छन्। 

2अर्थ सम्बन्धि कामहरु छिटो पुरा गर्नु होला । घटेको बचतले चिन्ता बढाउन सक्नेछ । तर अंसम्भव लाग्ने कामहरु पाए पनि सहज रुपमा सफल पारिने छ। 

3धेरै लगानी गर्नु पर्ने काम हाललाई शुरु गर्दा नै राम्रो हुनेछ । भाईहरु संग कुराकानी गर्दा सहि शब्दको प्रयोग गर्नु होला । घरका मान्यजनको सल्लाहले संकट कम गराउन सक्नेछ । 

4बिषाक्त खानपानबाट सजग रहनु होला । मनमा रहेको संताप हटाउन आफ्नो क्षमताम विश्वास गर्नु होला । आउँदा दिनमा सरकारबाट पाउने सुबिधा लिन सकिने छ ।

११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

28दिर्घकालका लागि सोचेर पहिले गरेको लगानीले फाइदा हुनेछ । घरका मान्यजनको आशिर्वादले लाभको मात्रा बढेर जानेछ। राज्यकृपाले पराक्रम बढेर जानेछ ।

29शिक्षाक्षेत्रमा गरेको लगानीले प्रतिफल दिनेछ । आम्दानीको बाटो प्रायस सात्विक मार्गबाट हुनेछ । आफु भन्दा कनिष्ठको बिवाहको योग जुटन सक्नेछ ।

30साढेसातीको प्रभावले कामको अवरोधलाई तिब्र रुपमा महशुस गरिने छ । आफैंले नै बेहोर्नु पर्ने कुराहरुमा खर्च बढेर जानेछ । जीवनको संघर्षका बारेमा चिन्तन गरिने छ ।

1 Mayअरुलाई घोचपेच गरेर नबोले घरको वातारण बिग्रने छैन्। परिवारमा खर्चको कुराले बिवाद बढ्नु अगि आफुले वहन गर्नु पर्ने दायित्व पुरा गर्नु होला । ध्यानयोगले स्वास्थ राम्रो हुनेछ ।

2आत्मविश्वास बढेर संकटबाट निस्कन प्रयास गर्न सकिने छ । चुनौतिपूर्ण कामबाट लाभ लिन सकिने छ। विद्वान साथीहरु संग मित्रता बलियो भएर जानेछ ।

3नेतृत्व क्षमता बढेको महशुस हुनेछ । प्रतिष्ठित व्यक्तिहरुको सानिध्यले आफ्नो लक्ष पुरा गर्न सकिने छ । अन्तर्ज्ञानको महशुसले द्रिष्टिकोण फराकिलो बनाउन सहयोग हुनेछ ।

4सट्टा बजारमा ठुलो जोखिम लिएर लगानी नगर्नु होला । दाम्पत्य जीवन सुमधुर बनाउन जीवनसाथीको भावनालाई ध्यान दिनुहोस । मामाहरु संग भेटघाट रमाईलो हुन सक्नेछ ।


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

28आफ्नो बुद्धिमताले कार्यक्षेत्रमा प्रशंसा बटुलिने छ । भावना बहेर काम नगरे कामबाट लाभ लिन सहज हुनेछ । कामको सिलसिलामा यात्रा हुन सक्नेछ ।

29प्रबुद्ध व्यक्तिहरु संग काम गर्ने मौका जुर्नेछ । सन्तानहरुको रोजगारीको प्रबन्ध हुन सक्नेछ । कामको सिलसिलामा केहि सिक्ने मौका मिल्नेछ ।

30कठिन कामबाट पनि लाभ लिन सकिने छ। लाभको केहि भाग स्वास्थका लागि खर्च गरिने छ । पहिले शेयरबजारमा गरेको लगानीले आम्दानी हुनेछ ।

1 Mayदरिलो साहसले गाह्रो काम पनि पुरा गर्न सकिने छ। कला पेशाकर्मीका लागि समय उतम रहेको छ । विवेकशिल भएर ठुला मानिस संग मित्रता गरिने छ ।

2सहकर्मीको सहयोगले आफ्नो ध्येय पुरा गर्न सकिने छ । सन्तानको सफलताले आफ्नो कोशिस सफल भएको अनुभव हुनेछ । मनका केहि इच्छाहरु पुरा गर्न सकिने छ 

3घुमघाम रमाईलोका लागि खर्च गरिने छ । सन्तानको मानशिक स्वास्थ राम्रो बनाउन आफ्नो अनुभव सुनाउँदा राम्रो हुनेछ । मनमा रहेका आधारहीन योजनामा ध्यान नदिनु होला ।

4सबै संग बिनम्र व्यबहारले परिवारमा मान बढ्ने छ । सुरक्षा निकायमा रोजगारीका लागि राम्रो प्रयसा गरेमा सफलता मिल्नेछ । प्राविधिका लागि केहि लगानी गर्न सकिने छ ।