(Japan) 12 th February | 2025 | Wednesday | 11:52:25 PM || (Nepal) 8:37:25 PM
 
 


अप्रिल २१ तारिख देखि २७ तारिखसम्मको तपाईंको दैनिश राशिफल हेर्नुहोस्

  POSTED ON : Sunday, 21 April, 2024 | Views : 1642

अप्रिल २१ तारिख देखि २७ तारिखसम्मको तपाईंको दैनिश राशिफल हेर्नुहोस्


राशिफलमा जे जस्तो लेखेको भएपनि आफ्नो कर्म र दैनिकीलाई निरन्तरता दिनुहोस्, भाग्य पनि कर्म कर्मठ र सत्मार्गको भयो भने साथ दिन बाध्य हुनेछ ।


१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

21. आत्मविश्वास बढ्नाले जुनै काम पनि सफल बनाउन सहज हुनेछ । कामको रणनीति बनाउँदा भने केहि दुविधा हुन सक्नेछ । आफ्नो उपलब्धिले मनमा प्रशन्नता बढ्ने छ ।

22. सहि गलतको निर्णय गर्न सकिने छ । आफुलाई सहि लागेको कुरा अरुलाई व्यक्त गर्दा नम्र रहनु होला । मोजमज्जाले खर्च भने निकै बढ्न सक्नेछ ।

23. व्यवसायिक कामका लागि टाढाको यात्रा हुन सक्नेछ । कामहरु सकेसम्म सरल तरिकाले गर्ने प्रयास गर्नु होला । संधै नाफा घाटको हिसाब गर्दा तनाव हुन सक्नेछ ।

24. व्यबसायबाट राम्रो लाभ हुन सक्नेछ । बढेको आम्दानीले घमण्ड भने नबढ्ने कुरामा सचेत रहनु होला । आफु भन्दा जेठा सहोदर संग वादबिवाद नगर्दा शान्ति हुनेछ । 

25. ठुला संस्था संग आफ्नो काम गराउन कठिनाई होला । तर जसरी पनि काम पुरा गर्न भने सकिने छ । ज्ञानगुनका कुराले मान सम्मान बढ्ने छ ।

26. मनमा केहि नराम्रो हुने हो कि भन्ने भ्रम रहला तर आफु सजग हुँदा नै राम्रो हुनेछ । स्वास्थको बारेमा होसियार रहनु होला। केहि कामबाट लाभ लिन बढि मेहनत गर्नु पर्ने छ ।

27. योगध्यानले मन शान्त हुनेछ । खर्च गरेरै पनि रमाईलो गर्न कोशिस गरिने छ । प्रणय सुखका लागि जीवनसाथीको मनोवस्थालाई ध्यान दिनु होला ।


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

21. मनले सोचेको अनुरुप उपलब्धि हुनाले मन प्रशन्न हुनेछ । सन्तानको प्रगतिले मन प्रशन्न त हुनेछ तर निश्चिन्त हुन भने गाह्रो होला । कामको धपेडीले थकान हुन सक्नेछ ।

22. आम्दानीको ठुलो हिस्सा शिक्षा, स्वास्थ र यात्रामा खर्च हुनेछ । कतिपय कुरामा निर्णय गर्दा दिमाग बोधो भएको अनुभव होला । बढेको लाभले केहि बचत पनि हुनेछ ।

23. काममा नचाँहिदो दवाब हुन सक्ने हुनाले सचेत रहनु होला । आर्थिक लेनदेनका बिषयमा अति आवश्यक नभई अगाडी नबढ्नु होला । पिता संग मतभेद नबढाउन संयमित रहनु होला।

24. साझेदारहरु संग फाईदा लिन सकिने छ । कामको बोझ बढेर आम्दानी पनि बढाउने छ। आफु एकोहोरो नबने रिस नियन्त्रण गर्न सजिलो हुनेछ । 

25. चुनौतिले दक्षता बिस्तारै बढाउने छ । काम र परिवार बिच संतुलन बनाए दाम्पत्य सुख बढ्ने छ । आफ्नो कामको कठिनाईलाई हटाउने सुत्र फेला पर्न सक्नेछ ।

26. जीवनसाथीलाई मनको कुरा भन्न गाह्रो हुन सक्नेछ । बढि मेहनत गरेर पनि व्यबसाय बाट फाईदा लिईने छ । पारिवारीक तथा दाम्पत्य सुख बढ्ने छ।

27. कामका शत्रुहरु बाट सावधान रहनु होला । जीवनसाथीलाई दिएको उपहारले प्रेम बढाउने छ । चिन्ताबाट बच्न योगध्यानले सहयोग पुग्ने छ ।


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

21. पारिवारीक कुरामा भन्दा काममा ध्यान दिए घरका कुरा मिलाउन सजिलो हुनेछ। पशुपालन व्यबसायीलाई राम्रो समय रहने छ । सामाजिक मान्यतालाई बुझेमा समझदार भइने छ ।

22. जीवनसाथीबाट बिविध लाभ बढ्ने छ । मनमा रहेको भ्रमित मनोबिज्ञानलाई बिग्रन नदिनु होला । पारिवारीक सम्पतिमा बृद्धि हुनेछ  ।

23. आफ्नो शिपको दक्षताको प्रदर्शन गर्न सकिने छ । राज्यबाट बिशिष्ट सम्मान समेत पाउन सकिने छ । सन्तानका कुरामा सन्तुलि व्यबहार गरे खुसी बढ्ने छ ।

24. सन्तानहरुले रोजगारी पाउने अवसर जुटन सक्नेछ । आफ्नो कुरा प्रष्ट संग राखेमा धन लगानी गर्ने वातावरण बन्न सक्नेछ । भविश्यको बारेमा केहि जानकारी बढ्ने छ ।

25. आफ्ना सहोदरको समस्यामा सहयोग गर्दा पछिलाई सजिलो हुनेछ । घरमा धार्मिक कार्य गर्दा सबै परिस्थिति बिचार गर्नु होला । उच्च शिक्षामा केहि बाधा आउन सक्नेछ ।

26. शत्रुले बाधा दिएको कामको हल खोजिने छ तापनी सजगता जरुरी छ । बढेको आम्दानी  व्यबसाय बिस्तारमा लगाउन सकिने छ । मान, प्रतिष्ठा धन सबै बिस्तारै बृद्धि हुनेछ । 

27. प्रणय भावमा मन ज्यादा जान सक्नेछ । जीवनसाथीको प्रभावले आम्दानी बृद्धि हुनेछ । सफलताले व्यवसाय बृद्धि भए पनि ज्यादा व्यस्तताबाट बच्नु होला ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

21.कुराकानी छलफलमा अरुको हितलाई ध्यान दिईने छ । वाकशक्तिले गर्दा आफ्नि कामहरु संवाद बाटै गर्न सकिने छ । आफु भन्दा साना संग व्यबहार गर्दा संतुलित रहनु होला ।

22. आफ्नो प्रेममा मग्न भइने छ । भाग्ले गर्दा भविश्यको जीवनसाथी संग भेटघाट हुन सक्नेछ । परिवारका मान्यजन संग विबाद नगरे भाग्य बृद्धि हुनेछ । 

23. अरुको भूमी संस्कृतिमा अध्ययनको अवसर जुट्न सक्नेछ । आमाको सहयोगले धनसम्पतिमा बढाउन सकिने छ । काममा पदोन्नति हुने मौका आउने छ।

24. आफ्नो काममा होसियार रहेमा दुर्घटनाबाट बच्न सकिने छ । कब्जियत आदी पेटको समस्याबाट बच्न खानपानमा ध्यान दिनुहोला । यात्रामा जाँदा आमाको मन्तव्य लिएमा राम्रो हुनेछ । 

25. नातेदारहरु संग भोजभतेर आयोजना हुन सक्नेछ । आफुलाई भतभेद जस्तो लागेको बिषयबस्तुको गहिराईमा पुगेर बिवेचना गर्दा राम्रो होला । जग्गाजमिन बिक्रिको अवसर आउन सक्नेछ ।

26. आफ्ना छोराछोरीको सबै कुराहरुमा ध्यान दिनुहोला । उनिहरु गतल संगतमा नफसुन भनेर छलफल गर्नुहोस्। घरमा राम्रोका लागि ठुलै मर्मतसंभार गर्न सकिने छ ।

27. कतिपय अवस्थामा सफलताले घमण्ड बढाउन सक्नेछ । संघर्ष बढेको महशुस भए पनि काम मन लगाएर गरिने छ । कामका लागि केहि थप शिप सिक्न सकिने छ ।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

21. परिवारका सदश्यलाई परेको विपतिमा सहयोग गरिने छ । आर्थिक कारोबार गर्दा होसियार गर्नु होला । शेयर तथा सट्टा बजारबाट फाईदा लिन सकिने छ । 

22. अनावश्यक सल्लाहले परिवारमा चिसोपना आउन सक्नेछ । कामका साथीभाईसंग गहिरो मनमुटाव हुन बाट बच्ने सहि संवाद गर्नुहोला । पटेको स्वास्थको लागि खानपानमा सजग रहनु होला ।

23. खर्चका बारेमा गरेको गल्ति फेरि दोहारीन सक्ने हुनाले सचेत रहनु होला । दाम्पत्य सुख लिन आफ्नो घमण्ड त क्रोध नियन्त्रण गर्नुहोला । सानो यात्रामा जान सकिने छ ।

24. सबैलाई समेटेर कुराकानी गरिने छ । बोलिको प्रभाव बढ्नाले पुरुषार्थ बढ्ने छ । आफ्नो कुराको मात्र अड्डी नलिए साझेदारहरुमा खटपट हुने छैन्। 

25. समयले साथ दिनले कामहरु संतुलित रुपमा पुरा हुनेछ । भविश्यलाई सोचेर कुराकानी गरेमा पछि पछुतो हुने छैन्। होसपूर्वक काम गरेमा प्राय सबै काम सफल हुने समय रहेको छ ।

26. आमाको स्वास्थको समयमै जाँच गराएमा पछि गाह्रो हुने छैन्। खानपानमा सजग भएमा पेटको समस्याले दुख दिने छैन। घरमा परिवार संग बसेर गरेको रमाईलोले आनन्द हुनेछ ।

27. छिटो पैसा कमउने धुनले गलत जोखिम नलिनु होला । व्यवसायको दिर्धकालिक समस्या सुल्झाउन ध्यान दिनु होला । सानो कुरामा बढ्ने रिसले बिगार मात्र गर्नेछ ।


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

21. गम्भिर सोचाईको निचोड निकाल्न प्रयास गरिने छ । आर्थिक अवस्था केहि राम्रो हुनाले घरमा रमाईलो गरिने छ । मनमा आफुले पाउने पर्ने पैसाको लेखाजोखा गरिने छ ।

22. सबैलाई सहयोग गर्नाले मनमा हर्ष हुनेछ । आफ्नो क्षमता र व्यबसाय बिच समन्वय गरिने छ । सरकारी कामहरु भने होसियारी पूर्वक पुरा गर्नु होला ।

23. परिवारले छानेको व्यक्ति संग बिवाह बन्धनमा बाधिने योग जुरेको छ । व्यापार व्यवसायबाट लाभ भए पनि शत्रुहरुले दुख दिने छन् । तर प्रतिद्वन्दिलाई सजिलै हराउन सकिने छ ।

24. आफन्त जस्ता देखिने बाहिरिया व्यक्तिलाई बढि बिश्वास नगरे व्यबहार बिग्रने छैन । आमा र जीवनसाथीको स्वास्थमा ध्यान दिनुहोला । व्यबसायबाट भएको लाभले बचत बढाउने छ ।

25. पुराना बिवादका कारणले हालमा साझेदारहरु बिच द्वन्द हुन सक्नेछ । अचानक आएको समस्यालाई आपसी छलफल बाट निचोड निकाल्नु होला । समयलाई नचिने धेरैकुरा बिग्रने छ

26. आपसी छलफलले केहि निकास दिनेछ । गम्भिर कुराकानीले समस्याको जड समाधानको उपाय पत्ता लाग्न सक्नेछ । रोकिएका कामहरु शुरु गर्नु अगि सबैको सहमति आवश्यक छ । 

27. तनावबाट निसक्ने साथीसंग यात्रामा जान सकिने छ । कतिपय कुरामा अरुको भरमा मात्रै अगि बढ्नु पर्नेछ । मेहनत गरेमा व्यबसायले सफलता दिनेछ ।


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

21. के कुरालाई बढि ध्यान दिने भन्ने कुरामा दुविधा हुन सक्नेछ । जप-तप ध्यानमा मनको रुझान बढ्ने छ । मनलाई शान्त राख्न आनावश्यक कुराको जिम्मेवारी नलिनु होला ।

22. नैराश्यतालाई बढ्ने नदिन काममा ध्यान दिनु होला । जोखिमको सहि पहिचानले काममा पदोन्नति गराउन सक्नेछ । गाह्रो समय भए पनि प्रतिष्ठा बढाउन सकिने छ।

23. रोगव्याधी चिन्ताबाट निसक्ने सक्दो प्रयास गरिने छ। कठिनाई भए पनि आफ्नो योजना कार्यान्वयन गर्न सकिने छ । शत्रु नबढाउन होसियारी पूर्वक काम गर्नुहोला । 

24. उपहार आदिले मन प्रशन्न हुनेछ । समान्जस्यता गर्न सकेमा प्रगतिमा स्थिरता ल्याउन सकिने छ । आमाको कारणले केहि लाभ हुनेछ ।

25. परिवारीक सदश्यसंग भोज भतेरमा सामेल हुन सकिने छ । सहकर्मि साथीहरुको सहयोगले काम पुरा गर्न  सजिलो हुनेछ ।

26. घरका सदश्यसंग मनमुटाव हुन नदिने प्रयास गर्नुहोला । अरुलाई घोचपेच गरेर नबोले सम्बन्ध बिग्रने छैन्। जीवनसाथीको प्रयासले व्यवसायमा केहि लाभ हुनेछ ।

27. घर र काम बिच संतुलन राख्नु होला । केहि कुरामा साझेदारहरु बिच रहेको मतभेद हटाउन अग्रसर हुनु होला । सन्तानसंग रामईलो गरेर समय बिताउने प्रयास गर्नु होला । 


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

21. घरमा अशान्ति नबढाउन सानोतिनो कुरामा मतलब नगरनु होला । घर बाहन खरिदको योजनालाई केहि समय पर सार्नु होला । बुद्धिले भने साथ दिनाले मन प्रशन्न हुनेछ ।

22. सन्तानको बिशेष प्रगतिका कुरा सुन्न पाईने छ। आफुले गरेको लगानीले राम्रो फाईदा दिनेछ । तर्कशक्तिले गर्दा ठुला संघसंस्थाको सहयोग लिन सकिने छ । 

23. अध्ययनका लागि बिदेशयात्रा हुन सक्नेछ । मोजमज्जाका लागि खर्चिलो यात्रा गरिने छ। शत्रुको पनि मन जितेर बिजयी हुन सकिने छ । 

24. परमार्थका कुरामा प्रज्ञावान भएर कुराकानी गरेर अरुको मन तानिने छ । जीवनमा संतुलित व्यबहारको महत्वको ज्ञान हुनेछ । एकान्तमा पनि मन रमाउने छ।

25. दिनको शुरुमा नरमाईलो अनुभव भए पनि अपरान्ह पछि मन शान्त हुनेछ । खर्चको चिन्ताले दुखित बनाउन सक्नेछ । तर आम्दानीको पाटो भने कमजोर छैन्। 

26. आफ्नो योजना अरुलाई नभनि आफैले पुरा गर्न कोशिस गरिने छ । जीवनसाथीबाट अचानक उपहार आदी प्राप्त हुन सक्नेछ । आफुमा बौदिकता बढेको महशुस हुनेछ ।

27. परिवारका जेष्ठ सदश्यहरु संग भेटघाट रमाईलो हुनेछ । आफ्नाले पनि सम्मान पूर्वक कुराकाणि गर्ने छन्। आफुले गरेको कामले प्रतिद्वनदि आफै परास्त हुने छन्।


९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

21. काममा आफ्नो शिपको उच्च प्रदर्शन गरेर प्रशंसा बटुलिने छ । परिवारमा सुखसयलका साधनहरु थपिने छ । बल गरेर पनि आफ्नो योजना पूरा गर्न कोशिस गरिने छ।

22. कार्यस्थलमा पुराना कामहरु फेरि पुनरावलोकन गर्नु पर्ने हुन सक्ला । हाल सिकिएका कुराहरुले तिक्ष्ण रुपमा पछि सम्म प्रभाव पार्नेछन्। ठुलो जमातमा पनि आफ्नो योग्यता सावित गरिने छ ।

23. साझेदारीबाट मनग्य फाईदा लिने मौका आउने छ । परिवारको सुख सम्पतिमा बृद्धि हुनेछ । पारिवारी मतभेद तथा बिवादहरु कम हुने छन्। 

24. भाईहरु संग मायालु व्यबहार गरे ठुलो काम सम्पन्न गर्न सहज हुनेछ । सन्तानहरु लाई सहि मार्गदर्शन गरेमा उनिहरुको श्रीबृद्धि हुनेछ । हातखुट्टामा लाग्न सक्ने चोटपटकबाट जोगिनु होला। 

25. आफ्नो मनोकामना पूर्ति हुनाले आनन्द हुनेछ । साथीहरुलाई ईमान्दारी पूरवक सहयोग गरिने छ । घरका महिला सदश्य संग सानो कुरामा वादबिवाद नगर्नु होला ।

26. केहि संकट अपर्झट आउने छन् तर त्यो सजिलै समाधान पनि हुनेछ । मनमा आफुले पाएको दुखले बदलाको भावना आउन सक्नेछ । केहि नराम्रो होला भन्ने आशंका निराधार हुनेछ।

27. सन्तानहरु संग ज्ञानगुनका कुराकानी गर्न सकिने छ। नेतृत्व विकासका लागि उनिहरुलाई प्रेरित गर्न सकिने छ । होस नगरे घरका बिद्युतिय सामान बिग्रन सक्नेछ ।


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

21. कुलको आशिर्वादले गर्दा समयले राम्रो साथ दिनेछ । यात्राका क्रममा कसैको मायप्रेममा पर्ने संभावना रहेको छ । कामका लागि गरेको यात्राले फाइदा दिनेछ ।

22. धेरै पछि बचत बढाउने मौका जुर्न सक्नेछ । जग्गाजमिनको खरिद बिक्रि हुन सक्नेछ । मनोबिज्ञान वा समाजशास्त्र अध्ययनका लागि राम्रो अवसर आउन सक्नेछ। 

23. सबैलाई मिलाएर काम गर्दा सफल भइने छ । जीवनसाथिको पहुँचले गर्दा ठुलो कार्य सफल बनाउन सकिने छ । साझेदारी व्यबसायमा पनि लाभ बढ्ने छ ।

24. अरुको अपमान बाट बच्न बोल्दा सहि शब्द चयन गर्नु होला । गलत कुराको मुल्याकंनले आफ्नो महत्ता घटाउने छ । ठुलो संस्थामा रोजगारीको अवसर मिल्न सक्नेछ ।

25. घरमा रहेको पुरानो बिवाद वा समस्या सुल्जाउने अवसर छिट्टै नै आउने छ । आफुले गरेको पुरानो लगानीले फाईदा दिनेछ । साथी बिच छुच्चो व्यबहार नगरे मनमुटाव हुने छैन्।

26. अरुको हेरचाह गर्ने जस्ता व्यबसायबाट राम्रो फाईदा हुनेछ । पशुपालन व्यबसायीका लागि पनि समय राम्रो रहने छ । आफ्नो सफलता घमण्ड बढेर कुलतमा भने फस्न सकिने छ। 

27. मुख तथा घाँटीको स्वास्थको हेरचाह गर्नु होला । जीवनसाथीको मनोभावना बुझे दाम्पत्य सुख बढ्ने छ । महिला साथीहरु संग रामईलो भेटघाट गरिने छ ।


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

21. पशुपंछिबाट सावधान रहनु होला । आफुमा रहेको अव्यक्त क्षमता बाहिर आउने छ । अफ्ठ्यारो अवस्थालाई अग्रसर भएर सामना गरिने छ ।

22. मुढता तथा क्रोध बढ्न नदिने प्रयास गर्नु होला । कामको बोझ मात्रै नलिइ आराम गर्ने समय पनि निकाल्नु होला । वात पित्त बढ्ने खानपान तथा ब्यबहार नगर्नु होला ।

23. परिक्षा तथा प्रतिस्पर्धामा बिजयी भइने छ । वाणीमा आएको निखरताले परिवार तथा अन्य ब्यक्तिहरु प्रबावित हुने छन्।  अचानक धन थुपार्ने अवसर आउन सक्नेछ ।

24. परिवारका जेष्ठ सदश्य संग बिगतका कुरा गरेर आनन्द लिईने छ । शेयर बजारमा धेरै बिचार गरेर मात्रै लगानी गर्दा राम्रो होला । नयाँ रणनीति बनाउनका लगि समय राम्रो रहेको छ ।

25. काममा हेपिएको जस्तो अनुभव हुन सक्ला तर आफुलाई प्रमाणित गर्न सकिने छ । धेरै कामहरु खुरुखुर सजिलै गरिने छ । साहस बढेको अनुभवले ठुला काम गराउने छ ।

26. जीवनसाथीको प्रगतिले मन प्रशन्न हुनेछ । आफ्नो समृद्धि बढाउन सक्ने ठुला व्यक्तिहरु संग मित्रता बढ्ने छ । परिवारमा भने कम बोलेमा राम्रो हुनेछ ।

27. सहकर्मी साथीहरु संग रमाईलो गरिने छ । आफ्नो प्रतिष्ठा बढ्नाले अरुले पनि सम्मान गर्ने छन्। अध्ययनका लागि बिदेश यात्रा हुन सक्ने छ ।


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

21. उच्च परोपकारका तर्फ रुझान बढ्ने छ । दाम्पत्य सुख तथा पारिवारीक सुख बढ्ने छ । अल्पकालिन लगानीबाट लाभ लिन सकिने छ ।

22. दाजुभाईहरुको सहयोगले उन्नती प्रगति हुनेछ । कामको लागि बढि लगानी गर्नु पर्ने हुन सक्नेछ । आमोदप्रमोदमा बढि मन जानेछ ।  

23. साझेदारहरुले आफ्नो योजनामा सहमत हुनाले कठिनाई कम हुनेछ । हसाब किताबका कुरामा आफु भन्दा अरु साझेदारलाई अगि लगाए राम्रो हुनेछ। बोलि सुधारे ब्यबहार बिग्रने छैन्। 

24. कामको धपेडी तथा साढे सातीको प्रभावले संतुलन बिग्रेको अनुभव हुनेछ । दाम्पत्य जीवनामा दुरी नबढाउन प्रेमिल रहनु होला । यात्राबाट हानी हुनाले केहि समय पर्खदाँ राम्रो हुनेछ । 

25. सहोदर संग मन मुटाव नगरि सौहार्द व्यबहार गर्नु होला । आँखा तथा मुखको स्वास्थ समय मै जाँच गराउनु होला । बाहिरी खानेकुराले पेटको स्वास्थ बिगार्न सक्नेछ।

26. घरको विगतको कठिनाईहरुको बारेमा छलफल हुन सक्नेछ । मामा घरका मान्यजन संग मनको कुरा व्यक्त गर्न कोशिस गरिने छ । शरिरमा स्फूर्ति बढेको अनुभवले आत्मबिश्वास बढ्ने छ ।

27. कडा नबोलि घरको किचलोका बारेमा गरेको संवाद सार्थक हुन सक्नेछ । आफ्ना पितापूर्खाको योगदान सम्झेर भावुक बनिने छ । धर्मकर्ममा ध्यान जानाले शान्ति अनुभव हुनेछ ।