(Japan) 21 st February | 2024 | Wednesday | 9:54:02 PM || (Nepal) 6:39:02 PM
 
 


तपाईंको दैनिक र साप्ताहिक राशिफल

  POSTED ON : Monday, 12 February, 2024 | Views : 476

तपाईंको दैनिक र साप्ताहिक राशिफल



१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

11. मेहनतले लाभ बढाउने छ । पहिले गरिएका राम्रा लागानीको प्रतिफल दह्रो हुनेछ । आफु भन्दा बरिष्ठ संग यात्रामा जान सकिने छ ।

12. उच्च पदस्थसंग सम्बन्ध अगि बढ्ने छ । भबिश्यमा समस्या आउन सक्ने गरि काम नगर्नु होला । दिर्घकालिन आम्दानी हुने योजनाहरु गरिने छ ।

13. मनमा अनिर्णयका कुराहरु आउन नदिन व्यबहारीक हुनुहोला । धेरै खर्च गरेर हाललाई कुनै पनि काम नगर्नु होला । आम्दानीको चिन्ता भन्दा काममा ध्यान दिनुहोला ।

14. मनमा अनौठा बचारहरु आउने छन्। काम गर्ने जोस कम हुने छैन्। ठुला संस्था संग जोडिने अवसर आउन सक्नेछ ।

15. सन्तानको प्रगतिमा खुसी भएमा चिन्ता कम हुनेछ । परिवारलाई अनावश्यक नियन्त्रणमा राख्न नखोजे खिचलो हुने छैन्। आमाको स्वास्थ प्रति सचेत रहनु होला ।

16. पारिवारका सदश्यको आगमनले घरमा खुसीयाली हुनेछ । आफ्नो काम पुरा गर्न भाग्यले साथ दिनेछ । कार्यस्थलमा बिवाद नगरे काम सुचारु हुनेछ ।

17. परिवारमा जमघट रमाईल गरिने छ । सामान्य यात्राको अवसर जुटन सक्नेछ । सुरक्षा निकायमा नोकरीका लागि समय राम्रो रहेको छ ।


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

11. कामको अत्याधिक चापलाई समयमै घटाउने प्रयास गर्नु होला । गरेको कामबाट सन्तुष्टी लिने प्रयास गर्नुहोला । कामको लागि बाध्यताबस यात्रामा जानुपर्ला ।

12. मनमा लाभको ध्याउन्न बढ्ने छ ।  गरेको कामले आम्दानी बढाउने छ । सामाजिक मान्यता बिरुद्ध नलागे अपमान हुने छैन्।  

13. खराब कामबाट लाभ लिने प्रयास नगरे बेईज्जती हुने छैन्। अपर्झट भएको लाभलाई गतिलो काममा लगाउनु होला । अपराधीहरु संग दुरी कायम राख्दा राम्रो हुनेछ ।

14. बिदेशमा काम गर्नका लागि समय राम्रो रहेको छ । साथीहरु संग कामका लागि यात्रा हुन सक्नेछ । छातिमा संक्रमण हुन नदिन सचेत रहनु होला ।

15. कामका बारेमा आफु भन्दा उच्च पदस्थ संग कुराकानी गर्नुहोला । पितापुत्रमा मतभेद आउने गरि काम नगर्नु होला । काममा प्रशंसाका साथै चुनौति पनि हुनेछ ।

16. आसा नगरे पनि काममा स्थानान्तरण हुन सक्नेछ । आफ्नो काम गर्ने तरिका सुधार गरेमा तनाव कम हुनेछ । आध्यात्मिक क्षेत्रमा राम्रो सफलता हासिल गर्न सकिने छ ।

17. अरुको संस्कृतिमा चाख बढ्ने छ । सौभाग्य र सम्मान बढ्न सक्नेछ । नातेदार संग मतभेद कम गर्ने प्रयासले पारिवारमा राम्रो हुनेछ ।


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

11. ठुला कुराका पछाडि नलागी आफुले गर्न सक्ने कुरामा ध्यान दिनुहोला । आफुले गुमाएको सम्पतिको मुल्याकंनले मार्गदर्शन हुनेछ । बेमन यात्रामा नजानु होला । 

12. प्रणय भाव बढ्नाले खुसी महशुस हुनेछ । जीवनसाथीको कारणले सम्पति लाभ हुन सक्नेछ । झै-झगडा बाट टाढा रहेमा संघर्ष कम हुनेछ ।

13. हतारमा भन्दा निपुण ढंगले काम गर्नु होला । कामको चाप बढे पनि काममा सफल भइने छ । केहि त्याग गर्नाले सहकर्मीको प्रशंसा पाईएला ।

14. मनले चिताएको पाउन सकिने छ । प्रशंसायोग्य कामबाट राम्रै लाभ लिन सकिनेछ । कार्यवस बिद्वानहरु संग मित्रता बढ्ने छ ।

15. उच्च पदस्थसंग यात्रामा जान सकिने छ । ठुला संस्थाको सहयोग लिन सकिने छ । अल्पकालिन बजारबाट राम्रो फाईदा लिन सकिने छ ।

16. जीवनसाथीले गरेको लगानीले फाईदा दिन सक्नेछ । आमाको कारणले भाग्यले साथ दिने छ । मनमा उच्च किसिमको अध्यात्मिक चाख जाग्ने छ ।

17. परिवारको लागि रमाईलोमा खर्च गरिने छ । आफ्नो सोचाईमा परम्परागत बिचारको बारेमा बिश्लेषण बढ्ने छ । सन्तानको पढाईमा सहयोग गर्दा शुभ हुनेछ ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

11. साथीभाईमा मन मुटाव बढन नदिन सार्थक संवाद गर्नुहोला । जीवनसाथीको मनोभावना बुझेमा दाम्पत्य सुख मिल्नेछ । बर्तामान समस्याको जड बिगतमा खोजेमा उतर पाईने छ ।

12. मनोवेग लाई नियन्त्रण गरेमा अवसाद हुने छैन्। अज्ञात कुराको भयले नडराउनु होला । अरुको सल्लाह बिचार गरेर मात्रै लागु गर्नुहोला ।

13. बिचारलाई उच्च राख्न अरुको अनुभव पढिने छ । पिताको कुरामा सहमत नभए पनि सम्मान गरिने छ । लेखाई सुधार्न नियमित कोशिस गर्नुहोला ।

14. उच्च शिक्षामा आएको बाधालाई बिस्तारै मात्र अटाउन सकिने छ । ठुला कुरा गर्नेहरुको आलोचनात्मक सहमत भईने छ । त्याग नै जीवन हो की भन्ने भान पर्नेछ ।

15. कामको उच्च प्रशंसा गुरु कृपाले गर्दा प्राप्त हुनेछ । कार्यस्थलमा नेतृत्व लिने अवसर आउन सक्नेछ । बढेको आम्दानी व्यबसाय बिस्तार गर्न सकिने छ ।

16. ठुलो लाभको अवसर आउन सक्नेछ । बढि धन कमाउने ध्याउन्नले परिवारमा समय कम दिन सकिएला । अरुका कुरा सुनेर व्यबसायिक निर्णय नगर्नु होला ।

17. परिवार संग रमाईलो यात्रामा जान सकिने छ । बिवाह बन्धनमा बाधिने अवसर आउने छ । गरिष्ठ भोजनको नियन्त्रण गरेमा पित्त बढ्ने छैन्।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

11. साझेदारको सहयोगले लाभ लिन सकिने छ । जीवनसाथीको स्वास्थमा सुधार आउने छ । पारिवारीक सुख बढाउन केहि योगदान गर्नुहोला ।

12. धेरै चिन्ता भन्दा कोशिसले व्यापार राम्रो बनाउन सकिने छ । छोटो यात्राले पनि राम्रो लाभ हुन सक्नेछ । बचत परिचालन गर्ने काम हाललाई स्थगित गर्दा राम्रो होला ।

13. रातारात धनि बन्ने योजना योजना भन्दा आफ्नो काम सुचारु गर्नु होला । अचानक आउने समस्याको पहिचान गर्ने प्रयास गर्नुहोला । साधनाले शान्ति हुनेछ ।

14. मनमा डर नलिई आफ्नो काम पुरा गर्नुहोला । कामको अफ्ठ्यारो क्रमस घटदै जानेछ । गाह्रो समय भए पनि शत्रु पराजित गर्न सकिने छ।

15. मुख्य कामहरु अपरान्ह गर्दा राम्रो होला । आफुमा नेतृत्व शक्ति बिकास गर्ने अवसर जुटन सक्नेछ । केहि कुरामा सन्तानहरुको सल्लाह लिंदा राम्रो हुनेछ ।

16. पर्याप्त प्रयास गरेमा उच्च ‍शिक्षामा प्रगति गर्न सकिने छ । भट्किलो जीवन शैलीबाट टाढा रहेमा बचतमा धक्का पर्ने छैन्। आफुमा दक्षता बढाउन सकिने छ ।

17. दिन राम्रो बिताउन सकिने छ । पितापुत्रमा व्यापारको कुराले द्वन्द नबढाउ पिताको सल्लाह लिनु होला । दाम्पत्य सुख बढाउन संयमित हुनु होला ।


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

11. मनमा षडयन्त्रका कुरा आए पनि कार्यान्वयन नगर्नु होला । एकोहोरो बुद्धिले बुद्दु मात्रै बनाउने छ । प्रतिद्वन्दीको कमजोरीबाट पाठ सिक्न सकिने छ ।

12. साझेदारको मात्र भर नपरि आफु पनि पूर्ण सक्रिय रहनु होला । नियमित आम्दानी बढाउने ध्याउन्नले चिन्ता बढाउन सक्नेछ । प्रेम अब्यक्त गर्न कोमल रहनु होला ।

13. प्रणयका कुरामा ध्यान बढ्न सक्नेछ । व्यवसायमा अचानक फेरबदल नगर्नु होला । नसोचिएको काममा व्यबसायिक खर्च गरिने छ ।

14. कामको लागि यात्रा हुन सक्नेछ । साझेदारहरुको स्वास्थको बारेमा सचेत गराउनु होला । अरुलाई सम्मान गरेर आफ्नो गरिमा बढाउन सकिने छ ।

15. मन्त्रशक्ति बढाउन सकिने छ । परोपकारी काममा दान गर्न सकिने छ । स्वास्थमा खेलवाड नगर्नु होला ।

16. पैसाको लेनदेन १-२ दिन नगर्दा राम्रो होला । संघर्ष गरेरै मात्र समस्या बाट मुक्त हुने सकिने  छ। सन्तानको सफलताको लागि सहयोग गरिने छ ।

17. परिवारको पुरानो समस्याका बारेमा बुझेर हल निकाल्न कोशिस गरिने छ । पिताको सहयोगले धनलाभ हुन सक्नेछ । साना तहका कर्मचारीको सहयोग लिएमा कार्य सफल हुनेछ ।


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

11. सन्तानलाई पर्याप्त समय दिनुहोला । परिवारका सदश्यहरु स्वास्थको राम्रो संग जाँच गराउनु होला । घरमा भै-रहेको तनाव कम गर्न रिस नियन्त्रण गर्नु पर्नेछ ।

12. मनमा एकतामासको स्थितिबाट निस्कन सक्रिय रहनु होला । खानपान सहि राखेर पेटको स्वास्थ राम्रो राख्न सकिने छ। अपरान्ह पछि समय केहि सुध्रने छ ।

13. समस्याबाट निसक्न आवेशपूर्ण निर्णयहरु नगर्नु होला । प्रतिपक्षको कमजोरीले गर्दा जित तपाँईंको हुनेछ । आकस्मिक लाभलाई सहि ठाउँमा प्रयोग गर्नु होला ।

14. अरुलाई षडयन्त्र नगरेरै पनि परास्त गर्न सकिने छ । तडकभडको दैनिक जीवनबाट सावधान रहनु होला । सहकर्मी साथीको सहयोगले केहि लाभ दिनेछ ।

15. प्रणय तथा पारिवारीक सुख मिल्नेछ । घरमा सुख सुबिधा थप्न सकिने छ । परिवारमा मांगलिक कार्य हुन सक्नेछ ।

16. एकोहोरो आफ्नो सोचाईले दुखी बनाउने हुनाले उदार रहनु होला। सन्तानको मानशिक स्वास्थ बिग्रन नदिनु होला । व्याबसायिक यात्रा गर्न सकिने छ ।

17. काममा आउन सक्ने समस्याको बारेमा साझेदार संग संवाद गर्नुहोला । नाफाघाट पहिले नै बिचार गरेर लगानी अगि बढाउनु होला । सहोदरको सहयोगले केहि राम्रो हुनेछ ।


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

11. पारिवारीक समस्या फुकाउन घरैबाट सुरु गर्नुहोला । मनमा रहेका असन्तुष्टीका कुरा नरम भएर व्यक्त गर्नु होला । घरमा संधै प्रयोग गर्नुपर्ने सर-सामान समयमै मर्मत गर्नुहोला ।

12. पुरुषार्थ बढाउन सकिने छ । शक्तिशाली ब्यक्तिहरु संग सम्पर्क बढ्ने छ । कठिन कामहरु पनि पुरा गर्ने मौका आउने छ । 

13. अपराध बोध हुन सक्ने कामहरु नगर्नु होला । कुनै आपद आइलाग्दा विचलित नभइ सुल्झाउने गर्नुहोला । सन्तानसंग वादबिवाद नगरे सहज स्थिति हुनेछ ।

14. सन्तानहरुलाई आवेग नियन्त्रण गर्न उपायहरु सिकाउनु होला । उनिहरुलाई समयमै मार्गदर्शन गरेमा पढाईमा सजिलो होला । अन्तःकरणको आवाज पछ्याउनु राम्रो होला ।

15. भविश्यको लागि सुरक्षित हुने उपायहरु गरिने छ । हालको अवस्थामा पैसाको उत्कृष्ट व्यबस्थापन गर्नुहोला । ऋण मोचनका लागि लोभ नगरि कार्य गर्नु होला ।

16. खोजेको जस्तो सहयोग पाउन सकिने छ। आफुले लोभ नगरे भविश्यमा हुनसक्ने काणुनी झमेला बाट बचिने छ। साथीको सहयोग तथा बिश्वास महत्वपूर्ण हुनेछ ।

17. जीवनसाथीसंग भोजभतेर जमघटमा सामेल हुन सकिने छ। दाम्पत्य सुखको अनुभव गरिने छ । लाभको अवसर जुट्ने छ । 


९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

11. स्वास्थलाभ गर्ने अवसर जुट्ने । बोलेको भरमा पनि केहि कामहरु सम्पन्न हुने छन्। सहोदरलाई समस्याबाट निस्कन सहयोग गरेमा घरको तनाव कम हुनेछ ।

12. शिप बढाउने मौकाको सदुपयोग गर्नु होला । लामोदुरीको यात्रा हुन सक्नेछ । आफ्नो खुबि देखाउन उपायहरु खोजिने छ ।

13. घरमा पानी, बत्ति आदिको समयमै मर्म संभार गर्नुहोला । कटु बचन नबोले घरमा कलह हुने छैन्। परिवारको समस्याहरु आपसी सहमतिमा सुल्झाउनु होला ।

14. सन्तानको प्रगतिका कुराले आनन्द हुनेछ । राम्रो व्यबसायमा लागनी मौका आउन सक्नेछ । घर जग्गामा लगानी गर्दा सचेत रहनु होला ।

15. परिवारमा मांगलिक कार्य हुन सक्नेछ । बाणिमा मधुरता ल्याएर व्यापार सुधार्न सकिने छ । घरका महिला सदश्यको सहयोगले बचत बढाउने मौका आउन सक्नेछ ।

16. मनमा चन्चता आउन नदिनु होला । गुरुकृपाले गर्दा आफ्नो सोचलाई कार्यान्वयन गर्न सहयोग पुग्ने छ । पितासंग मतभेद भन्दा मन्त्रणा गर्दा राम्रो होला । 

17. समस्याको पहिचान गरेर समाधान खोजिने छ । नियमित आम्दानीको स्रोत फेला पर्नेछ । आम्दानी बढ्नाले बचत बढ्न सक्नेछ ।


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

11. आफ्नो अव्यक्त क्षमतालाई अगि ल्याउने मौका मिल्नेछ । गति तथा उर्जावान महशुस गरिने छ । बाणीमा संयमता राख्नु होला । परिवारमा रमाईलो गर्न सकिने छ ।

12. सहोदरको लागि खर्च गरिने छ । गरेको कार्य उच्च मुल्याकंन हुने छ । प्रेम वा बिवाहको बन्धनमा बाधिन सकिने छ ।

13. साथी संगति बढाउँदा होसियारी रहनु होला । बाह्य प्रभाव बढि भएका मानिस संग सम्पर्क बढ्ने छ । धनको संकटबाट बच्न मितव्ययी रहनु होला ।

14. भट्किलो जीवनशैली नअपनाउनु होला । मोजमज्जामा गरेको खर्चले बचत घटाउने छ ।  आमाको कारणले फाइदा लिन सकिने छ ।

15. जीवनसाथीको कारणले घरमा सुख हुनेछ । माताको आशिर्वादले बलियो महशुस गरिने  छ। युवाहरुका लागि परोपकार गरिने छ ।

16. मनमा भएको छटपटी परिवारका सदश्यसंग कुराकानी गरेर घटाउन सकिने  छ। बेकारको यात्रा हाललाई स्थगित गर्दा राम्रो होला । खरो भन्दा सुपाच्य कुरा गर्नु होला ।

17. मनमा उच्च मनोबल जाग्नेछ । जीवनसाथीको सहयोगले सन्तानको प्रगति हुनेछ । खानपानमा सजग रहि नियमित व्यायाम गर्नुहोला ।


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

11. चिन्ता बढे पनि कामहरु सुचारु गर्न सकिने छ । क्रोधले काम बिग्रन सक्ने हुनाले रिस नियन्त्रण गर्नुहोला । बाहिर खानपान नगरे स्वास्थ बिग्रने छैन्। 

12. साढेसाथीको प्रभावले कामहरु कठिन हुन सक्नेछ । अत्याधिक चिन्ता भन्दा गर्न सकिने काममा केन्द्रित हुनु होला । धनहानी बाट बच्न लगानी गर्दा अति होसियार हुनु होला।

13. परिवारमा अपशब्द प्रयोग नगरि कुराकानी गर्नुहोला । घरका सदश्यको स्वास्थको नियमित जाँच गराउनु होला । लाभको अबसरहरु आउन सक्नेछ ।

14. विद्वानहरु संग संगत बढ्ने छ । लेखाइमा धेरैनै सुधार गर्न सकिने छ । उच्च शिक्षाको लागि छोटो यात्रा हुन सक्नेछ ।

15. प्रेमको मामलमा भाग्मानी भइने छ । भाईहरुको सहयोगले कार्य सम्पन्न सहज हुनेछ । आफुले दिएको सल्लाहले अरुको उद्दार हुनेछ ।

16. बचत बढाउन खर्च गर्न सकिने छ । एकोहोरो र जिद्दि नगरे परेको समस्या सुल्झाउन सहज हुनेछ । साझेदारको सहयोग महत्वपुर्ण हुनेछ ।

17. आमाको स्वास्थको हेरचाह गर्नु होला । परिवारमा सुबिधाको लागि खर्च गरिने छ । फटाहा साथीको संगत नगरे कानूनी झमेलामा परिने छैन् 


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

11. मनमा उटिंङ्गे बिचारहरु नल्याउनु होला । अति जिद्दि नभइ काम गरेमा सफल भइने छ । मोनोवेगलाई नियन्त्रण गरेमा अवशादको अनुभव नहोला ।

12. मन एकान्तमा रमाउने छ । परमार्थका कुराहरु मनमा आउने छन्।  अपरान्ह पछि दिन सहज हुनेछ ।

13. उत्साहले कामहरु नयाँ तरिका बाट सुरु गरिने छ । पारिवारीक जमघटले मनम हर्ष हुनेछ । सानदात्व्यका कार्यहरु पनि गर्न सकिने छ ।

14. होमयज्ञ पितृ कर्मले मनमा सन्तोष हुनेछ । आफु खुसी हुनको लागि केहि त्याग गरिने छ । खर्च बढे पनि आत्मसन्तुष्टि लिने प्रयास गर्नु होला । 

15. पारिवारीक सुख बढ्ने छ । परिवारमा रहेको समस्या सुल्जाउन पिताको सहयोग लिनु होला । आफुले उठाउनु पर्ने लगानी उठाउन भरमग्दुर कोशिस गर्नु होला ।

16. सहि संवाद गरेमा परिवारको समस्या सुल्झने छ । परिवारको सहयोगले मान बढाउने काम गरिने छ । धेरै स्रोतबाट लाभ लिन सकिने छ ।

17. जग्गा जमिन खरिद बिक्रि हुन सक्नेछ । महिला मित्रसंग कार्यस्थलमा सजग भएर व्यबहार गर्नु होला । मनमा रहेको भय बिस्तारै कम हुनेछ ।