(Japan) 21 st February | 2024 | Wednesday | 9:30:33 PM || (Nepal) 6:15:33 PM
 
 


तपाईंको दैनिक/साप्ताहिक राशिफल

  POSTED ON : Sunday, 04 February, 2024 | Views : 358

तपाईंको दैनिक/साप्ताहिक राशिफल



फेब्रुवरी ४ देखि १० तारिखसम्मको दैनिक रुपमा साप्ताहिक राशिफल यस प्रकार रहेको छ । राशिफलमा जे जस्तो उल्लेख भएको भएपनि आफ्नो सत्कर्म गर्नुहोस्, तपाईंको समय शुभ रहनेछ ।


१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

4. बुद्धिभ्रष्ट हुने गरि नएकोहोरीए कामबाट राम्रो प्रतिफल लिन सकिने छ । अचानक रोकिएको काम बन्न सक्नेछ ।

5. रोकिएका कामहरु मात्रै ध्यान नदिई असफलता बाट पाठ सिक्नुहोस। एकाग्र रहेर गर्नु पर्ने साधनामा सफलता पाउन सकिने  छ । मामा सानीमाँलाई सहयोग गर्नुहोस । 

6. बिवाहको योग जुर्न सक्नेछ । सन्तानको पढाईमा राम्रो उपलब्धि हुन सक्नेछ । भाग्यले आर्थिक लाभ गराउने छ ।

7. परिवारका बुजर्ग सदश्यसंग धन व्यवस्थापनका अनुभव सुन्न सकिने छ । मांगलिक कार्यका लागि यात्रा हुन सक्नेछ । शिक्षित बिपरित लिंगी तर्फ आकर्षण बढ्ने छ ।

8. कामको चाप धेरै हुने छ तापनी काम पुरा गर्न सकिने छ । कामको जस पाउन दत्तचित रहनु होला । पदोन्नतिको अवसर आउन सकिने छ । 

9. उच्च पदस्थ संग कामको सिलसिलाममा भेटघाट हुन सक्नेछ । सुझबुझले कानूनी अडचनबाट पार पाउन सकिने छ । खर्च बढे पनि लाभमा कमि नहोला ।

10. पुराना साथीभाई संग भेटघाट रमाईलो होला । दिर्घ आम्दानी हुने काममा लागिने छ । भय भए पनि लाभमा कमि हुने छैन् ।


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

4. जीवनसाथीको कारणले प्रतिष्ठा बढ्न सक्नेछ । बढि मेहनत गरे व्यापारमा आशातित सफलता पाउन सकिने छ ।

5. छोटो यात्राले पनि फाइदा दिन सक्नेछ । जीवनसाथीसंग मनका कुरा गर्न सकिने छ । प्रणय तथा पारिवारीक सुख अनुभव गरिएला ।

6. होसियार रहे भाग्यमा कमि हुने छैन । बिदेशमा अध्ययन गर्न बाधा आए पनि जान सकिने छ । मेहनत अनुसारको फल पाउन सकिने छ ।

7. शेयरबजारबाट अप्रत्यासित सफलता हासिल हुन सक्नेछ । तर अति उत्साहि नहुनु होला । समस्याहरु बाट मुक्ति पाउन सकिने छ ।

8. कुलको मान प्रतिष्ठा बढाउने ध्याउन्न हुनेछ । ढंग जानेमा प्रेमालाप हुनेछ । मुल्यवान सम्पति प्राप्त हुन सक्नेछ ।

9. कोशिस गर्दा पनि सोचेको जति सफल नभइएला । आउँदा दिनमा सबै कुरा पुरा गर्न सकिने छ । मान्यजनबाट थिचिएको अनुभव नगर्न वहाँहरुको कुराको अर्थ बुझ्ने प्रयास गर्नु होला।

10. सन्तानको कुरा सुन्ने प्रयास गरनु होला ।  उनिहरुको मानशिक द्वन्दलाई सरल बनादिनु होला । यात्रामा अतिआवश्यक नभइ नजानु होला ।


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

4. अरुबाट गोप्य राख्नुपर्ने कामहरु गर्न सकिने छ । आफ्नो समस्याको कारण र हल थाहा पाउन सकिने छ । चिसोबाट हुने रोगबाट बच्नुहोला । 

5. अरुलाई पहिले गरिएको सहयोगले आफुलाई पनि लाभ हुन सक्नेछ । नयाँ कामको अवसर आउन सक्नेछ । व्यबहारीक ज्ञानले कामलाई सहज पार्नेछ ।

6. साझेदारहरुको सहयोग पाईने छ । शिक्षा सम्बन्धि व्यबसायबाट राम्रो लाभ हुनेछ । छालाको स्वास्थको हेरचाह गर्नु होला । 

7. प्रणय सुखमा ज्यादा ध्यान जानेछ । प्रेममा सफल हुन सकिने छ । जीवनसाथिको कारणले लाभ हुन सक्नेछ ।

8. परिवारसंग वादबिवादबाट बचेर संवाद गर्नुहोला । संघर्ष बढेको जस्तो लागे पनि सफल हुन सकिने छ । संगत गर्न नहुने मानिसहरुको पहिचान हुनेछ ।

9. पहिले गरिएका गल्तिहरु सुधार्ने मौका आउने छ । सुरक्षा निकाय सम्बद्ध कामहरु हाललाई स्थगित गर्दा राम्रो होला । अनुसन्धानात्मक काममा राम्रो गरिने छ ।

10. परिवार संग समय बिताए एक्लो अनुभव हुने छैन । दाजुभाईका कुरामा वादबिवाद नगर्नु होला । अनायास हुने खर्चको लागि समयमै जोहो गर्नुहोला ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

4. दु:ख र रोगबाट बच्न आचरण सफा राख्नुहोला । बिपरित लिंगीसंग वाबिवाद झगडा गर्नबाट बच्नुहोला । कष्टपूर्ण यात्राले फाईदा नहोला ।

5. सन्तानको कुरामा मन जानेछ । आफ्नो दुख कम गर्न नियमित कामबाट हुने लाभमा ध्यान दिनु होला । सन्तानलाई आफ्नो स्नेह देखाउँदा सहज होला ।

6. जीवनसाथीको संवेदना सुल्झाउन कोशिस गरिने छ । दाम्पत्य सुख बढाउन क्रोध नियन्त्रण गर्नुहोला । खर्चिलो घर-व्यवहारबाट सावधान रहनु होला । 

7. जेहन्दार विद्यार्थिका लागि छात्रबृति दान गर्न सकिने छ । मर्यादा कायम राखे भद्र महिलाले ठग्न सक्ने छैनन् । पेटको स्वास्थ ठिक राख्न गरिष्ठ भोजन नगर्नु होला ।

8. उच्च शिक्षा अध्ययनमा केहि समय बाधा हुन सक्नेछ । व्याबसायिक साझेदारहरु संग सौहाद्र संवाद गर्नुहोला । जीवनसाथीमा प्रिति जाग्नेछ 

9. पिता-पुत्र संग दुरी नबढाउन संवेदशिल रहनु होला । प्रगति रोकिएको जस्तो भान भए पनि गति ठिक छ । आफ्नो मुल्य मान्यताको बिवेचना गरिने छ ।

10. कर्मयोगी मानिससंग भेटघाट होला । बाधा बिच कामलाई पुर्णता दिन कोशिस गरिने छ । साथीसंग यात्रा गर्न सकिने छ ।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

4. घरमा गरेको खर्चलाई नराम्रो नमान्नु होला । आमासंग मनका कुरा गर्न समय निकाल्नु होला । संवेदनालाई नियन्त्रणमा राखे अवसादबाट बच्न सकिने छ ।

5. के कारणले खर्च बढेको छ थाहा पाउने प्रयास गर्नुहोस्। यश पृद्धि हुने कामहरुमा सहभागी भइने छ । प्रतिस्पर्धी क्षमता निकै बढ्ने छ 

6. प्रणय भाव बढ्न जानेछ । सबै संग मायालु व्यबहार गर्न कोशिस गरिने छ । गुरु कृपाले भाग्य बृद्धि हुन जानेछ ।

7. सन्तानको चिन्ता भएता पनि उनिहरुको प्रगती सुन्न पाईने छ । आमालाई आफन्तकोमा यात्रा गराउन सकिने छ । आमाको कारणले लाभ होला ।

8. मन चन्चल भएता पनि आफ्नो रणनीति सफल पार्न सकिने छ । तपाईंको दागा धर्नेको विनाश हुन सक्नेछ । मनोवल बढाउन सकिने छ ।

9. प्रेमी-प्रेमीका मिलन हुने संयोग जुर्नेछ । प्रतिस्पर्धामा विजयी भइने छ । मुद्दामामिला फर्छौट हुन सक्नेछ ।

10. प्रणय सुखमा बृद्धि हुन सक्नेछ । प्रितीकारक जमघटमा सामेल हुन सकिने छ । राज्याधिकारीबाट लाभ लिन सकिने छ ।


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

4. मनोभावना व्यक्त गर्न कठिन भए पनि असंभव छैन्। आपसमा संवाद र सम्पर्क सुचारु गर्न सकिने छ । कामबाट अप्रत्यासित नतिजा आउन सक्नेछ ।

5. आफु भन्दा कान्छा सहोदर संग समय बिताउन मन लाग्नेछ । सबैको भलो चिताएर कामहरु गरिने छ । लुगाफाटो उपहारले मन प्रशंन्न होला ।

6. मन प्रतिष्ठाको बारेमा संवेदनशिल हुन सक्नेछ । घरको मुख्य समस्या नबल्झाउन संवादको थालनी गर्नुहोला । आमाको स्वास्थ प्रति सजग रहनु होला ।

7. घरका सवारीसाधन फेर्न खरिद-बिक्रि गर्न मन लग्नेछ । सुख सुबिधाका सामनहरुले घर सजाउन सकिने छ। जमिन खरिद गर्न उतम समय रहेको छ ।

8. घरमा रमाईलो गर्न सकिने छ । पाहुनाको आगमनले परिवारमा खुसीयाली छाउने छ । पेटमा पित बढ्ने गरिष्ठ भोजन नगर्नु होला ।

9. सन्तानको बारेमा चिन्ता गर्नु भन्दा उनिहरु संग समय बिताउँदा राम्रो होला । आफ्नो एकोहोरो जिद्दी भन्दा काममा सौहाद्र रहनु होला । लाभलाई सन्तानमा खर्च गरिने छ ।

10. रोकिएको कामको चिन्ता नगरि समस्या सुल्जाउन प्रयास गर्नुहोला । कठिन समस्याको समाधानको शुत्र भेटिन सक्नेछ । लाभ बढाउने कोशिस गरिने छ ।


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

4. पितालाई घरव्यबहारका बारेमा कुरा गर्नुहोला । गरेको कामले बचत बढाउन सक्नेछ । अपशब्द नबोलि आफ्नो मान बढाउन सकिने छ ।

5. सानो यात्रमा मन जानेछ । बिश्वबिद्यालयका साथीहरु संग भेटघाट हुन सक्नेछ । भाइहरुको प्रगतिले मनमा हर्ष हुनेछ । 

6. साथीभाई जमघट रमाईलो हुन सक्नेछ । अरुको सहयोगले आफ्नो काम बनाउन सकिने छ । पारिवारीक सुख सुबिधामा बृद्धि हुनेछ ।

7. गहकिलो कुराकानी गर्न सकिने छ । अरुलाई दिएको व्यबसायिक सल्लाह सहि हुनेछ । पछि ग्लानी हुने गरि व्यवहार नगर्नु होला ।

8. घरको मर्मत-संभारमा ध्यान जानेछ । पारिवारीक समस्याको समयमै निराकरण गर्ने कोशिस गर्नु होला । संक्रमण बाट बच्न ध्यान दिनुहोला ।

9. घरमा सकेसम्म वादबिवाद नगर्नु होला । आमाका कुरा ध्यान दिएर सुनेमा समस्या सुल्झाउन मद्दत पुग्नेछ । मिठा कुराले अरुको माया पाउन सकिने छ ।

10. बिपरित लिंगी संग मित्रता प्रेम गाँस्न सकिने छ । कामको दक्षता बढाउन थप अध्ययन गरिने छ । ठोस निर्णयमा पुग्न संयम धारण गर्नुहोला ।


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

4. भाग्यले साथ दिनाले योजना गरेको धेरै कामहरु पुरा गरिने छ । आफुले सोचेको जस्तै लाभ हुनाले मन प्रशन्न हुनेछ । धार्मिक कार्यले मान बढ्ने छ ।

5. मिठो खानपानले आनन्द महशुस हुनेछ । रतिसुखले गर्दा काममा पनि मन लाग्नेछ । आफ्नो कामको आनन्दले राम्रो निन्द्रा पाईने छ ।

6. परिवारमा सहयोग गरिने छ । सन्तान लाभले परिवारमा हर्ष हुनेछ । बिद्या लाभ गर्ने अवसर आउन सक्नेछ ।

7. बचत बढाउन सकिने छ । परिवारमा आफ्नो सल्लाह भन्दा पनि रचनात्मक सहयोग गर्नुहोला । मान्यजनलाई सम्मान गर्नाले आफ्नो पनि मान बढ्ने छ।

8. नोकरी व्यवसायले सम्पति बढाउन सकिने छ । जीवन साथीको सहयोगले परिवारमा मान बढ्न सक्नेछ । भाईहरुको रोजगारीको लागि प्रयास गरिने छ ।

9. कामको लागि साथीहरु संग यात्रामा जान सकिने छ । मन मिल्ने साथीको सहयोग पाउन सकिने छ । पहिले गरेका लगानीले बचत बढाउन सकिने छ ।

10. घरको बारेमा चिन्ता नगरि मद्दत गर्नुहोला । आमाको प्रतिष्ठा बढाउने अवसर आउन सक्नेछ । अरुलाई दबाएर नबोले सबैको सययोग पाईने छ । 


९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)


4. दिन चुनौतिपूर्ण रहेता पनि घमन्ड नगरे सफलताको शुत्र फेला पर्न सक्नेछ । मनमा रहेको भयले सजग हुन सिकाउने छ । अप्रत्यासित खर्चबाट बच्ने प्रयास गर्नुहोला ।

5. साधना गर्नका लागि उतम समय रहेको छ । दुष्ट साथीको संगतमा नपर्नु होला । जीवनसाथीलाई लाभ हुने काममा सहयोग गर्नुहोला ।

6. सुन्दर बस्तुहरुको लाभ हुन सक्नेछ । सन्तान सुखको अनुभवले आनन्द हुनेछ । लाभकारी योजना साकार पार्न सकिने छ ।

7. भोजभतेमा सामेल हुने अवसर आउने छ । मित्रका सहयोगले लाभ लिन सकिने छ । रोकिइको संवाद सुचारु गरेर लाभ लिन सकिने छ 

8. लुगाफाटो उपहारले मन प्रशन्न हुनेछ । आफुलाई राम्रो पार्न खर्च गरिने छ । टाढाको साथीसंग कुराकानी गर्न सकिने छ ।

9. पैसा लगानी गर्नु पर्ने कामहरु हाललाई स्थगित गर्दा राम्रो होला । परिवारका सदश्यले आफ्नो मुल्याकंन नगररेको भान हुन सक्नेछ । बोलिमा नियन्त्रण गरे सुख हुनेछ 

10. कामको चिन्ताले अगि बढाउने छ । अरुको लागि सहयोगीको भूमिका गरिने छ । सानोतिनो यात्राले मन प्रशन्न हुनेछ 


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)


4. पुरानो लगानीले अकस्मात लाभ दिन सक्नेछ । नसोचिएको कारणले रमाईलो यात्रा हुन सक्नेछ । लगानी गरेर पनि मोजज्जा रमाईलो गरिने छ ।

5. ठक्कर खाए पनि गतिलो पाठ पढिने छ । बढेको आत्मबिश्वासलाई पछिको लागि साँच्नु होला । अपमान बाट बच्न गम्भिर रहनु होला ।

6. उटपट्याङ कामको मोहले अवगाल पर्न सक्नेछ । यात्रामा गरिने खर्च बढ्न सकिने छ । सन्तानको बिदेश यात्राको अवसर आउन सक्नेछ।

7. मनमा द्वन्दका कुरालाई खेल्न नदिनु होला । बैदेशिक नियोगमा सम्बद्ध कामका लागि समय उपयुक्त रहेको छ । शरिरमा दुर्बलता बढ्न नदिने प्रयास गर्नुहोला ।

8. अनिर्णय बाट निस्कन धैरय गर्नुहोला । आफुले गरेको संघर्षले अनुभव बटुलिने छ । आमा तथा परिवारको लागि समय दिनु होला ।

9. कामको थालनी गर्न जोसजाँगर पलाउने छ । साझेदारको सहयोगले कामबाट लाभ हुनेछ । भोज भतेर तथा पार्टिमा सामेल हुने अवसर जुट्ने छ ।

10. साथीहरुका बारेमा शंका नगरी सहयोग गर्नुहोला । सजग नरहे सुख्खा भोजनले जल बिनियोग होला । परिवारसंग रमाईलो गरिने छ ।


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 


4. घरेलु समस्याले काम बिथोल्न नदिन सजग रहनु होला । कामको संकटलाई गाह्रो भए पनि हल गर्न सकिने छ । ऋण व्यवस्थापनलाई प्राथमिकता दिनुहोला ।

5. साथीभाईलाइ गरेको सहयोगले पुन्य पाईने छ । आफुले गरेको कामले उच्च अधिकारीहरु खुसी हुने छन्। सर्वपक्षिय लाभका लागि विवेकशिल रहनु होला ।

6. शिक्षा क्षेत्रमा गरेको लगानीले फाईदा हुनेछ । साथीभाई बाट विलासिताका सामानहरु उपहार पाईने छ । बिपरित लिंगीसंग व्यबहार गर्दा अधिक सजग रहनु होला ।

7. सौंदर्य साधन तथा लुगाफाटोको ब्यापार बाट फाईदा हुनेछ । बढेको लाभले आफ्नो शिप बढाउन खर्च गर्न सकिने छ । आएको संकट आफैं मिल्दै जानेछ ।

8. मुख्य कामहरु अपरान्ह अगावै सकाउने प्रयास गर्नुहोला । आम्दानीको केहि हिस्सा बचत गर्ने प्रयास गर्नु होला । आँखाको स्वास्थको नियमित जाँच गराउनु होला ।

9. कानूनी झमेलाबाट टाढा बस्नु होला । गलत कुराको र गलत कुराको मुल्याकंन नगर्नु होला । अल्छिपना हटाउनु शारिरीक व्यायाम गर्नु होला ।

10. एकान्तमा नबसी परिवारलाई समय दिनु होला । रिस नियन्त्रण गरे भाईहरु संग मनमुटाव हुने छैन्। सजग रहेमा बाहिरको खानपानले स्वास्थ बिगार्न सक्ने छैन्। 


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

4. आधार विहीन सोच भन्दा रचनात्मक बन्ने प्रयास गर्नुहोला । सन्तानको खुसीका लागि लामो यात्रामा जान सकिने छ । पिताको सहयोगले लाभ हुन सक्नेछ ।

5. जीवनसाथीको सुखसुबिधाका लागि खर्च गरिने छ । सन्तानको प्रगतिले मनमा हर्ष हुनेछ । कार्यस्थलमा बाध्यताबस स्थानान्तरण हुन सक्नेछ ।

6. सन्तान संग मतभेद नबढाउन उनिहरुलाई समय दिनु होला । उतरदायित्वका साथै लाभ पनि बढ्ने छ । किर्ति बढ्ने काममा सामेल भइने छ ।

7. उतम गृह सुख पाउन सकिने छ । जीवनसाथीको सहयोगले लाभ बढाउन सकिने छ । काममा आफ्नो अधिकार बढाउन सकिने छ ।

8. काममा दोधार नभइ दायित्व पुरा गर्नुहोला । महिला मित्रसंग कामको सिलसिलामा मित्रता हुन सक्नेछ । मनोकामना पुरा गर्ने अवसर आउने छ ।

9. अचल सम्पति किनबेच हुन सक्नेछ । खर्च धान्ने उपायहरु खोजिने छ । अज्ञात कुराको भय नलिइ आफ्नो काम सुचारु गर्नु होला ।

10. ठुला कामको योजना अगि बढाउन सकिने छ । सरकारी उच्च पदस्थ संग मित्रता बढाउन सकिने छ । जीवनसाथी संग ब्यबहारका कुराहरु गर्दा राम्रो हुनेछ ।