(Japan) 21 st February | 2024 | Wednesday | 10:02:56 PM || (Nepal) 6:47:56 PM
 
 


तपाईंको साप्ताहिक राशिफल

  POSTED ON : Sunday, 21 January, 2024 | Views : 674

तपाईंको साप्ताहिक राशिफल


जनवरी २१ देखि २७ तारिखसम्मकै दैनिक राशिफल यस प्रकार रहेको छ । राशिफलमा जे जस्तो उल्लेख भएको भएपनि तपाईं आफ्नो कर्ममा निरन्तर लाग्नुहोस्, राशिफलमा अशुभ उल्लेख भएको भएपनि तपाईंलाई आफ्नो कर्मको फलले शुभ फल दिलाउनेछ ।

१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

21. मान्यजनसंग परिवारीक सुखको अवसर आउने छ । बोलेका कुराहरु पुरा गर्न सकिने छ । परिक्षमा सफल हुन सकिने छ 

22. भविश्यमा राम्रो हुने उच्च शिक्षामा अध्ययनको लागि कोशिस गरिने छ । माताको कारणले परिवारको प्रगति हुनेछ । अरुबाट सम्मान पाउन बोलिमा वजन राख्नुहोला ।

23. बोलिको प्रभाव बढ्ने छ । साथीहरुबाट खोजेको सहयोग पाउन सकिने छ । प्रतिष्ठा बढाउने यात्रा गर्न सकिने छ । 

24. शुरु गरेको काममा सफलता हासिल गरिने छ । परिक्षामा सोचे अनुरुप राम्रो गर्न सकिने छ । कामको प्रशंसाले आनन्द अनुभव गरिने छ ।

25. व्यबसायिक संजाल बिस्तार हुनेछ । प्रेमको अभिव्यक्ति सहज रुपमा गर्न सकिने छ । जीवनसाथीको कारणले मान प्रतिष्ठा बढ्ने छ ।

26. घरमा पारिबारीक रमाईलो गरिने छ । सुखसुबिधाका सामानहरु थपिने छ । नचाहिंदो यात्राबाट बच्न मान्यजनको सल्लाह लिनुहोला 

27. धार्मिक रुचि तथा ज्ञान बढ्ने छ । भाग्यले साथ दिनाले ठुला कामहरु अगि बढाईने छ । यात्राको क्रममा जीवनसाथी संग मित्रता हुन सक्नेछ ।


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

21. समयले साथ दिनाले महत्वाकांक्षी कामहरु अगि बढाईने छ। आफुले सोचे अनुरुप योजना अगि बढ्ने छ । शेयर बजारले राम्रो प्रतिफल दिन सक्नेछ ।

22. साथीहरु बाट उपहार पाईने छ । पारिवारीक भोजभतेरमा सामेल हुने अवसर आउने छ । बचत बढाउन सकिने छ ।

23. बोलिको प्रभाव घटन नदिन सोचेर बोल्नु होला । बढेको जिम्मेवारी पुरा गर्न सक्दो प्रयास गर्नहोस। बेकारको अपजसबाट बच्न सल्लाहमा कामहरु अगि बढाउनु होला ।

24. अरुलाई सल्लाह नदिई आफैले काम गरेमा सफल भइने छ । भावुकताले व्यक्तित्वमा आँच आउने छ । सन्तानको खानपानमा सजग रहनु होला ।

25. जीवनसाथीको मुख तथा दाँतको नियमित जाँच गराउनुस । अपर्झट पैसा खर्च गर्नु पर्ने अवस्थामा अगि नबढ्नु होला । लाभको अवसर आउन सक्नेछ ।

26. नयाँ तरिकाबाट काम अगि बढाईने छ । आफुले गर्ने काममा संवेदनशिल भइने छ । यात्राले मनमा केहि शान्ति हुनेछ ।

27. योजना गर्दा आफ्नो क्षमतामा ध्यन दिनुहोला । कहिलेकांही हुने लाभको लोभले दिर्घकालिन झंझटमा नफस्नु होला । संवादबाट समस्याको हल पाउन सकिने छ।


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

21. मनमा धन कमाउने ध्याउन्न बढने छ । जे कुरामा पनि साथीको अनुमति नखोजेर आफनो बिवेक प्रयोग गर्नुहोस । संवेदनशिल कुरामा हतार नगर्नु होला । 

22. मनमा निराशाका कुराहरु नखेलाउनु होला । खानपानमा सरिक भएर रमाईलो गर्न सकिने छ । खर्च नियन्त्रण गर्न होसियार रहनु होला ।

23. मनमा उत्साह बढ्ने छ । सोचे अनुरुप योजना पुरा हुनाले आत्मबिश्वास बढ्ने छ ।  परिवारीक सुखको अनुभव गरिने छ ।

24. बचत बढाउन वा सम्पति जोडन यात्रा गर्न सकिने छ । मेहनत गरेर कामबाट प्रशंसा पाउन सकिने छ । परिवारका सदश्यको सहयोग पाउन सकिने छ । 

25. परिवारमा मांगलिक कार्य हुन सक्नेछ । सहोदरको बिहेवारी सम्बनध अगि बढ्ने छ । दाम्पत्य सुखका लागि बचपना नगर्नु होला ।

26. व्यापारीक कुराम उतेजित नहुनु होला । सरकारी अवरोध आउने कुरामा अध्ययन राम्रो संग गर्नुहोला । लाभको मात्रामा कमि हुने छैन 

27. परिवारको संवेदनशिल कुरामा जिम्मेवार हुनु होला ।  बोलेको कुरा पुरा गरेमा मान बढ्ने छ । खानपानमा सजग रहेमा पेटमा आराम हुनेछ ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

21. साथीहरु संग रमाईलो यात्राको अवसर आउन सक्नेछ । पारिवारका सदश्यको प्रगतिले मन प्रशन्न हुनेछ । अरुको सहयोगले लाभ पाउन सकिने छ ।  

22. लब्ध प्रतिष्ठितसंग मित्रता बढ्ने छ । नचाहिंदो भावुकता नदेखाए अरुले ठग्ने छैनन् । सफलतालाई दिगो बनाउने प्रयास गर्नुहोला ।

23. बिवेक प्रयोग गरेर बोल्ने प्रयास गर्नुहोला । मोजमज्जा भन्दा काममा निपुणता देखाउनु होला । पछि हुनसक्ने कुराका बारेमा धेरै नसोच्दा राम्रो होला ।

24. मनमा बढेको उदासिनतालाई अध्यात्मिक रुचिमा बदल्नु होस । तिर्थयात्राले मनलाई सान्तोना दिन सक्ने छ । हाल देखिएका समस्या पछि आफैं मिल्दै जानेछ ।

25. समस्याको सामना गरेर बलियो भईने छ । कार्यस्थलमा अरुलाई सल्लाह नदिए अरुले कुरा काटने छैनन् । मनमा उत्साह भरेर कामको शुरुवात गर्न सकिने छ ।

26. मनमा उत्साह बढ्ने छ । माताको कारणले काममा सफल भईने छ । भविश्यमा आउन सक्ने चुनौतिको अनुमान गरेर सुरक्षित हुन सकिने छ ।

27. भोजभतेर भेटघाटले व्यस्त दिन हुनेछ ।  दाम्पत्य सुखको केहि अनुभव हुनेछ । जीवमसाथीको उच्च मुल्याकंले परिस्थिति सहज पार्न सक्नेछ ।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

21. सामर्थ बढ्नाले ठुलो काम गर्न योजना गरिने छ । तार्किक भएर शत्रु पराजित गर्न सकिने छ । भाग्यले कतिपय कुरामा राम्रो साथ दिनेछ । 

22. कामवस यात्रा हुन सक्नेछ । सन्तानको सफलताका लागि सहयोग गरिने छ । नयाँ लगानिको अवसर आउने छ तर सतर्क हुनुहोला । 

23. व्यवस्थापनका बिद्यार्थिका लागि उतम समय रहेको छ । संवाद गरेरै पनि लाभ बढाउन सकिने छ । वित्तिय सहयोगहरु जुटने छन्। 

24. व्यापारिक संजाल बढ्ने छ । मार्केटिङको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरिने छ । धन संग्रह गर्ने मौका आउन सक्नेछ ।

25. नातेदारबाट सहयोग पाईने छ । आय बृद्धि हुने व्यवसायमा लगानि बढाउन कोशिस गरिने छ । धार्मिक कुरामा खर्च बढ्न सक्ने छ ।

26. सन्तानको बिहेवारी भेटघाट हुन सक्नेछ । जीवनसाथीको कुरालाई गम्भिरता पूर्वक सुनेमा दाम्पत्य सुख हुनेछ । 

27. सकारात्मक सोचले मनलाई प्रशन्न राख्न सक्नेछ । अरुको कुरा सुनेर आफ्नो प्रेमको मुल्याकंन नगर्नु होला । कुलतबाट बच्न नैतिकवान रहनु होला ।


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

21. सुखसयलका साधनहरु थपिने छ । परिवारमा रहेको कतिपय मतभेद कम हुँदै जानेछन । आयु बृद्धि गर्ने तथा जीवनदायी कामहरु गरिने छ ।

22. अन्योलको बिचमा नै सफल हुने उपायहरु भेट्न सकिने छ । आफ्नै बिश्वासमा प्रश्न गरेर प्रष्ट हुने प्रयास गरिने छ । परिवारमा हर्षोल्लास हुन सक्नेछ ।

23. कामको सिलसिलमा गरिने यात्रा सुखदायी हुनेछ । बोलिको प्रभावले कामहरु सहज हुनेछ । चन्चल नभई काम गरेमा प्रशंसा हुनेछ । 

24. गरेका प्राय कामले लाभ हुनेछ । संघसंस्थाको सहयोगले व्यवसाय बिस्तार गर्न सकिने छ । आमाको खुसीमा सामेल भईने छ ।

25. मनोविशाद कम हुनेछ । बिनम्रताले काम सहज बनाउन मद्दत गर्नेछ । दाम्पत्य सुख बढाउन परिवारका लागि समय मिलाउनु होला ।

26. सहकर्मीहरु संग घुमघाम रमाईलोमा व्यस्त भइने छ। आमाको सहयोगले लाभ बृद्धि गर्न सकिने छ । भावुकता नियन्त्रण गरेर काम गरेमा मुर्ख बनिने छैन्। 

27. परिवारमा रमाईलो गरिने छ । घरमा हुनसक्ने मांगलिक कार्य जिम्मेबारी पुरा गरिने छ । जीवनसाथीको मनोभव बुझेमा दाम्पत्य सुख बढ्ने छ ।


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

21. बचतको चिन्ता भन्दा मनोवल बढाउने कोशिस गर्नुहोला । शिप बृद्धि गर्ने मौकाको सदुपयोग गर्नुहोला । घरमा अनुशान राखेमा शान्ति हुनेछ ।

22. अपर्झट लाभ हुने अवसर आउन सक्छ । अन्तर्मनको यात्राको लागि समय बिशेस लाभदायक छ । दाजुभाइको प्रगतिको लागि सहयोगी हुनुहोला ।

23. लामो यात्रामा जान मन लाग्नेछ । अध्ययनको लागि यात्रा हुन सक्नेछ । शिक्षितहरु संग मित्रता बढाउँदा भाग्य बढ्ने छ ।

24. सन्तानको लागि नियमित समय छुट्याउन होस । अरुले गरेको काममा लगानी गर्न हतार नगर्नु होला । शंकालु नभएमा दाम्पत्य सुख बिग्रने छैन्। 

25. कोशिस गरेमा रोकिएका सरकारी कामहरु बन्ने छन्। बोलिको प्रभाव निकै बढ्ने छ । प्रतिद्वन्दिको षडयन्त्रबाट सजग रहनु होला।

26. कामबाट बिशेष लाभ लिन सकिने छ। आफु भन्दा बरिष्ठले प्रशंसा गर्ने छन्। आम्दानीको केहि भाग घर मर्मतमा खर्च गरिने छ ।

27. सहकर्मीहरु संग रमाईलो भेटघाट हुन सक्नेछ । टाढाका साथीहरु संग संवाद हुनेछ । प्रणय सुखका लागि परिवारसंग समय बिताउँदा राम्रो होला ।


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

21. व्यावसायिक सफलता पाउन सकिने छ । आफ्नो उद्दमले बचत बढाउन सकिने छ । सबैलाई समेटने गरि व्यबहार गर्दा परिवारमा सौहाद्रता हुनेछ ।

22. प्रतिष्ठित मानिसहरु संग मित्रता बढाउन सकिने छ । योजना गरे अनुरुप प्राय कामहरु सफल बनाउन सकिने छ । भाईहरुको सहयोगले बिजयी हुन सकिने छ। 

23. आफ्नो व्यवसायको प्रचार गर्न प्रयास गर्नुहोला । केहि प्रयास गर्दा संघर्षबाट सफलता पाउन सकिने छ ।  हतार गरेर पैसा बटुल्ने बिचार नगर्दा नै सहि होला ।

24. अचानक आउन सक्ने सकंटलाई सर-सल्लाह गरेर हल गर्ने प्रयास गर्नु होला । आफ्नो शिपले कामको प्रशंसा पाउन सकिने छ। परिवारको मांगलिक कार्यमा सहभागी भईने छ ।

25. हतारमा ठुला कुराको निर्णय नगर्नु होला । आमाको चिन्ता कम गर्न परिवारमा समय बिताउनु होस्। चिन्ता कम गर्न घुमफिर गर्दा राम्रो होला । 

26. धार्मिक यात्राको अवसर आउन सक्नेछ । मनमा उद्धिग्नता बढ्न नदिन मान्यजनको सल्लाह लिनु होला । परिक्षामा सफल हुन एकाग्रता बढाउन जरुरी छ ।

27. प्रितिकर ब्यवहारले परिवारमा खुसी आउने छ । बचतको मात्रा बढनाले केहि सन्तोष हुनेछ । लाभको अवसरलाई दिर्घकालिन बनाउन प्रयास गर्नुहोला ।


९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

21. सबै कामहरु सम्पन्न गर्न सकिने छ । मनमा उच्च महत्वाकांक्षा आउने र सो को रणनीति तयार गर्न सकिने छ। आफुलाई राम्रो बनाउन हर संभव प्रयास गरिने छ ।

22. भाग्यले साथ दिनाले बचत बढाउन सकिने छ । परिवारका सदश्यको उच्च शिक्षाको लागि यात्रा हुन सक्नेछ । परिवारमा रहेको समस्याको पहिचान र निराकरण गरिने छ ।

23. प्रणय सुखमा बृद्धि हुनेछ । साझेदारहरुको सहयोगले व्यवसायको बिस्तार गर्न सकिने छ । परिवारको लागि दिएको समयले सुखमा बृद्धि हुनेछ ।

24. बिवाहको अवसर जुट्ने छ । आफ्नो प्रेमलाई सफल बनाउन सकिने छ । लेखनमा सुधार गरेमा परिक्षामा राम्रो गर्न सकिने छ ।

25. रमाईलो कुराहरुमा धेरै ध्यान नदिनु होला । व्यवसायिक यात्राले व्यापर बिस्तारको अवसर बढाउने छ । पेसाकर्मीहरुको लागि समय धेरै राम्रो नभएकाले सजग रहनु होला ।

26. घरको अनुशासन मिलाउन सक्दो प्रयास गर्नु होला । नातेदारहरु संग पैसाको कारोवार गर्दा उच्च सतर्कता अपनाउनु होला । जलयात्राको योजना नगर्नु होला ।

27. मनको चिन्ता जीवनसाथीको सहयोगले कम गर्न सकिने छ । बोल्दा सजग रहेमा अपमानित हुन पर्ने छैन्। आफ्नो काममा गम्भिरता देखाउनु होला ।


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

21. अति आत्मबिश्वसी भएर काम नगर्नु होला । खर्च घटउन संभव भए सम्मका उपयाहरु गर्नुहोला । सुखसयल गर्ने अवसर भविश्यमा आउने छ ।

22. सन्तानको बिदेशयात्रा हुन सक्नेछ । बिदेशी नियोगमा काम गर्नेहरुका लागि समय राम्रो रहेको छ । आफुलाई सर्वगुणी नसम्झिएमा धोका हुनेछैन्। 

23. साथीहरु बिचमै रहेका छद्मशत्रुहरुको पहिचान हुनेछ । पहिले रहेका समस्याहरु धेरै हद सम्म हल हुँदै जानेछन्। प्रतिस्पर्धिहरु कम हुँदै जानेछन्। 

24. आफुलाई बिजयी बनाउन दह्रो रणनीति तयार गरिने छ । बचत कम भए पनि आफ्नो योजना साकार पार्न प्रयास गरिने छ । मन शान्त पार्न सजिलो हुनेछ ।

25. अनिर्णयको अवस्थाबाट निस्कने मौका आउने छ । नयाँ कार्यको थालनि गर्न सकिने छ । अन्न-बस्त्रको लाभ हुन सक्नेछ ।

26. आनन्द दायक यात्राको अवसर आउने छ । जीवनसाथीको सहयोगले लाभ बढाउन सकिने छ । बिपरित लिंगी तर्फ रुचि बढ्ने छ ।

27. पारिवारीक सुखको अनुभव हुनेछ । बहन सुखमा बृद्धि हुन सक्नेछ । हतारमा निर्णय नगरे अरुको गलत सल्लाहबाट बचिने छ ।


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

21. पारिवारीक जमघटमा सामेल भइने छ । शिक्षित व्यक्तिहरु संग मित्रता बढाउन सकिने छ । लाभको अवसरले काम गर्ने जाँगर बढ्ने छ ।

22. पहिलेको असफलताले पाएको अनुभव काम आउने छ । आफुले सोचेर गर्न नसकिएका कामहरु फेरि गर्न सकिने छ । खानपानमा सुधार गर्ने कोशिस गर्नुहोस्।  

23. सन्तानको प्रगतिले मन प्रशन्न हुनेछ । मुद्दामामिलाको लागि केहि समय पर्खंदा राम्रो होला । दाजुभाइको सफलताको लागि सहयोग गर्न सकिने छ । परिवारको आय बृद्धि गर्ने अवसर आउन सक्नेछ । सुखसुबिधाका सामानको खरिद हुनेछ ।

24. आफ्नो अनुभव बाहेक भाईहरुको सल्लाहले मार्गदर्शन हुन सक्नेछ । रिस नियन्त्रण गर्न व्यायाम गर्नुहोला । आफ्ना कामहरुमा सजग र ईमान्दार रहनु होला ।

25. आँखाको स्वास्थको जाँच गराउनु होला । बेलामा सजग भएमा दाँतको समस्या बाट बच्न सकिने छ । शिप अभिबृद्धि गर्ने अवसर आउने छ ।

26. आएको चुनौतिको सामना गर्न सकिने छ । रोकिएका कामहरु पुन सुचारु गर्न सकिने छ । अधिक सोचाईबाट बच्न काम सफल पार्न ध्यान दिनुहोला ।

27. पारिवारीक सुखको लागि जीवनसाथीको सहयपग लिनुहोला । व्यापारिक भोज भतेरमा सामेल हुन सकिने छ । व्यावसायिक सफलताका लागि साझेदारहरुको सहयोग लिनुहोला ।



१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

21. धन बढाउनका लागि नयाँ मित्रता गाँस्न सकिने छ । रोकिएका कामहरु बिस्तारै सुचारु हुने छन्। बिदेशी व्यापारमा लागेका मानिसका लागि समय राम्रो रहने छ ।

22. संवादले समस्याको समाधान गर्न सकिने छ। प्रेमको मामलामा समयले साथ दिनेछ । सन्तानहरुका लागि घरमा रमाईलो गर्न सकिने छ ।

23. पिताको सहयोगले कार्यस्थलमा राम्रो गर्न सकिने छ । काममा अवगाल नआउन गैह्रजिम्मेवार व्यबहार नदेखाउनु होला ।

24. मान-सम्मानमा ठेस लाग्न सक्ने कामहरु होसियारी पूर्वक गर्नुहोला । चलाख महिलाहरु संग सावधान रहनु होला । आशक्तिले अपमान हुन सक्नेछ ।

25. होसियारी देखाएमा दाम्पत्य जीवनमा असिम आनन्द आउने छ । जीसनसाथीको सहयोगले बिविध लाभ लिन सकिने छ । परिवार संग समय बिताउँदा राम्रो हुनेछ ।

26. सन्तानको लागि दिएको समयले पछि राम्रो हुनेछ । लाभकारी सम्बन्ध अगि बढ्ने छ। लाभको मात्रा बढाउन काममा ध्यान दिनु होला ।

27. यात्राले व्यबसाय बढाउन मद्दत गर्ने छ । जग्गा जमिन खरिद बिक्रि हुन सक्नेछ । बचतको मात्रा बिस्तारै बढ्ने छ ।

...

Bhanu Raj Aryal

Astro Analyst


Founder/Executive

MAYA Astrology Clinic and Research Center

On the way to GauriGhat, Opposit to Uma Kunda, Pashupati, Kathmandu, Nepal


NTC: 98511 38 363 Ncell: 98133 97 444

email: maya.astroclinic@gmail.com

Facebook: MAYA Astro Clinic


A Freelance Researcher

21 Lav Marg, Maligaun, Kathmandu-5


Emails: bhanu_aryal2003@yahoo.com