(Japan) 21 st February | 2024 | Wednesday | 8:52:59 PM || (Nepal) 5:37:59 PM
 
 


तपाईंको साप्ताहिक दैनिक राशिफल

  POSTED ON : Monday, 08 January, 2024 | Views : 722

तपाईंको साप्ताहिक दैनिक राशिफल


जनवरी ७ देखि १३ तारिखसम्मको दैनिक राशिफल यस प्रकार रहेको छ ।


१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

7. प्रणय सुखमा रमाईने छ । गरेको सबै संघर्षले राम्रो प्रतिफल दिनेछ । बिपरित लिङगीसंग व्यबहार गर्दा चनाखो बसेमा आक्षेप लाग्ने छैन्। 

8. मुख्य कामहरु अपरान्ह अगावै सकाउने प्रयास गर्नुहोला । मन अवान्छित क्रियाकलाप लाग्न नदिनु होला । एकोहोरो नभइ लागेमा कामका अबरोध हटाउन सकिने छ । 

9. रातारात पैसा कमाउने सपना नदेखि कमाउने योजना बनाउँदा राम्रो रहला । अरुको गोप्य योजनाको भेद पाईने छ । मोजमज्जामा सोचेर खर्च गर्नु होला। 

10. उच्च शिक्षामा केहि अबरोध आउँदा आफ्नो संजाल प्रयोग गर्नु होला । सन्तानहरुलाई समय दिएर उनीहरुका कुरा सुन्नु होला । लाभको अवसरलाई सदुपयोग गर्ने प्रयास गर्नु होला ।

11. मान्यजनका आशिर्वाद पाउने प्रयास गर्नु होला । प्राविधिक शिक्षामा सफलता पाउन सकिने छ । प्राचिन ग्रन्थहरु अध्ययनको चाख बढ्ने छ ।

12. पारिवारीक कुराले काममा बाधा नपुर्याउने गरेर काम गर्नुहोला । बढि मेहनत गरेर लाभको मात्रा बढाउन सकिने छ । काममा स्थानान्तरण हुन सक्नेछ ।

13. कामको प्रशंसा हुनाले मनमा आनन्द हनुभव हुनेछ । मोजमज्जामा बढि ध्यान जानाले खर्च बढाउने हुनाले सचेत रहनु होला । कामको लागि यात्रा हुन सक्नेछ।


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

7. अरुको कठिनाईबाट सिकेर आफु सुरक्षित हुन सकिने छ । नयाँ तरिकाबाट पहिले रोकिएका कामहरु सफल बनाउन सकिने छ । पारिवारीक सुखको अनुभव हुनेछ ।

8. आमाको मानशिक स्वास्थको हेरचाह गर्नुहोला । व्यापारमा जोखिम भए पनि लाभ हुनेछ । मुद्दामामिलाबाट भने टाढा रहने प्रयास गर्नु होला ।

9. सरकारी कर तथा शुल्क समयमै चुक्ता गर्नु होला । सहि खानपानले पेटको स्वास्थ बिग्रने छैन्। व्यापार बिस्तार शुरु गर्नु अगाडी राम्रो रणनीति बनाउनु होला। 

10. मनमा दुविधा बढ्न नदिन पर्याप्त गृहकार्य गर्नुहोस्। आफ्नो संवेदनामा चोट नपुर्याउने प्रयास गर्नुहोला । रिस नियन्त्रण गर्न योग-ध्यान गर्नुहोला ।

11. अनायास आउन सक्ने चुनौतिको सामना गर्न तत्परता देखाउनु होला । परिवारमा बिचलन आउने कुराहरु बाट सचेत रहनु होला । अहिलेको चुनौतिबाट नयाँ अनुभव सिकिने छ ।

12. कठिनाईबाट पार पाउन निरन्तर कोशिस गरनु होला । मनमा बितृष्णा बढ्न नदिन आशावादी रहनु होला । मान्यजनको सहयोगले कार्य प्रगति हुनेछ ।

13. अध्ययनमा आएको अवरोध बिस्तारै हटने छ । धार्मिक तिर्थयात्राको संभावना प्रवल रहेको छ । खानपान सजग र व्यायाम नियमित गर्नुहोला ।


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

7. व्यवासायीक द्वन्दबाट बच्न गहन छलफल गर्नुहोला । भएको उपलब्धि बचाउन गलत निर्णय नलिनु होला । लगनशिलताले संघर्ष सफल बनाउने छ ।

8. लाभमा मात्रै ध्यान दिएमा समस्या संग जुध्न गाह्रो हुन सक्नेछ । आमाको सहयोगले फाइदा हुनेछ । दाम्पत्य जीवनमा खटपटबाट बच्न यात्रा गर्न सकिने छ ।

9. उपहारले जीवनसाथीको मनोभाव राम्रो बनाउने छ । प्रगतिमा स्थिरता ल्याउन कोशिस गरिने छ । बिवाहको योजना अगि बढ्ने छ ।

10. तार्किक मनोभावले शान्ति दिनेछ । पुस्तक अध्ययनमा मन जानेछ । मेहनतले भाग्य बदल्न सकिने छ 

11. साझेदारहरुको मतभेद सुल्झाउन कोशिस गरिने छ । व्यवसायबाट लाभ लिन सकिने छ । दाम्पत्य जीवनको सुख लिन सकिने छ ।

12. पेटको स्वास्थ राम्रो राख्न खानपानमा सजग रहनु होला । नोकरी गर्नेहरुका लागि पदोन्नतिको अवसर मेहनतले जुराउने छ । व्यापारमा केहि लगानी थप्न पर्ने परिस्थित आउन सक्नेछ ।

13. आफ्नो योजनामा ध्यान दिएमा कामको डर कम हुनेछ । प्रतिकुल मनोभावबाट ध्यान गरेर निस्कन सकिने छ । मान्यजनसंग यात्राको अवसर जुटन सक्नेछ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

7. केहि असन्तुष्टी रहे पनि दिन राम्रो बित्नेछ । सन्तान संग बिताएको समयले राम्रो प्रतिफल दिनेछ । बचत परिचालन गर्ने कामहरु हाललाई रोक्दा राम्रो होला ।

8. परिवारका सदश्यलाई सल्लाह पछि दिनुहोला । बिल्दा अनर्थ लाग्ने शब्दहरु प्रयोग नगर्नु होला । प्रतिष्ठा बढाउन अनावश्यक खर्च नगर्नु होला ।

9. काममा अपगाल नहुन ध्यान दिएर काम गर्नुहोला । पिता-पुत्रमा दुरी बढ्न नदिन सहकार्य गर्ने कोशिस गर्नु होला। दाम्पत्य सुखको लागि जिम्मवार बन्नु होला।

10. परामर्शको काम राम्रो हुनेछ । सि.ए. वा विमा व्यवसायीको लागि उतम समय रहेको छ । आफु भन्दा साना संग काम गराउन सावधान रहेनु होला ।

11. प्रेमको सहि रुपमा व्यक्त गर्न सकिने छ । रमाईलो यात्राको अवसरले मन प्रफुल्ल हुनेछ । मित्रता बढाउनाले भविश्यमा लाभ हुनेछ।

12. परिवारमा संतुलन कायम गर्ने प्रयास गर्नुहोला । आमालाई लाभ हुनाले मन प्रशन्न हुनेछ । घरको वास्तु तथा सजावट गर्न राम्रो समय रहेको छ ।

13. राम्रो निन्द्राको लागि व्यायाम गर्ने र शान्त रहने कोशिस गर्नु होला । राम्रो फाईदा नदिने यात्रामा नजाँदा ठिक हुनेछ । पारिवारीक जमघटले दिन रमाईलो बनाउन सकिने छ ।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

7. चुनौतिहरु भए पनि उल्लेख्य सफलता हासिल गर्न सकिने छ । सुझबुझले भाग्य बढाउन सकिने छ । घरमा आफन्तहरुसंग रमाईलो समय बिताउन सकिने छ ।

8. सवारी साधनमा लगानी गर्न सकिने छ । घर मर्मत तथा सजावटमा खर्च गरिने छ । तृप्त हुने भोजन तथा बस्त्रलाभ होला ।

9. मनले चाहेको जस्तो सृजनशिलता पाईने छ । व्यवासायीक समस्याहरु मान्यजनको आशिर्वादले सरल हुनेछन्। सहि मार्गदर्शनले भाग्य बृद्धि हुनेछ ।

10. परिवारका सदश्यलाई अरुसंग दाँजेर कुरा नगर्नु होला । उनीहरुको दुविधा कम गर्न सहयोग गर्नुहोला । सन्तानसंग समय बिताउँदा आनन्द महशुस होला ।

11. बचत परिचालन गरेर काम शुरु नगर्दा राम्रो होला । साझेदारी व्यवसायमा लगानी थप्ने सहि समय नभएकोले सजग रहनु होला । अंशवंडा जस्ता काम गर्न बुजुर्गको सल्लाह लिनुहोला।

12. पारिवारीक सम्पति बढाउन लगानी गर्न सकिने छ । खानपानमा सजग रहेमा बलियो स्वास्थ हुनेछ । भाषा अध्ययनको लागि समय उत्तम रहेको छ ।

13. प्रणयभाव व्यक्त गर्न सहज हुनेछ । आफ्नो खोजेको साथीसंग मित्रता बढाईने छ । सहोदरको सहयोगले काम सहज रुपमा सफल हुनेछ ।


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

7. मनमा दुविधा नबढाउन योग तथा ध्यानमा मन लागाउनु होला । सन्तानको कुराले मनमा संताप आउन सक्ने हुनाले सहि मार्गदर्शन दिने प्रयास गर्नुहोला । बोलिको प्रभाव बढने छ । 

8. खर्चको मात्रा नियन्त्रण गरेमा बोझ कम हुनेछ । अध्यात्मिक रुझानले मन शान्त बनाउन सकिने छ । बाहिरिया काममा बढि ध्यान जानेछ ।

9. ऋण व्यवस्थापनको जटिलता कम हुँदै जानेछ । धार्मिक यात्राको संभावना प्रवल रहेको छ । मनोवेगलाई कम गरे जटिलता कम हुनेछ ।

10. योजना कार्यान्वयन गर्न सहज हुनेछ । आम्दानी बढाउने उपायहरु पत्ता लाग्नेछन । मनमा रहेको दुविधा कम गर्न सकिने छ ।

11. बस्त्रादी उपहारले मन प्रशन्न हुनेछ । आफन्तसंग घरमै रमाईलो गर्न सकिने छ । अरुलाई गरेको सहयगले मित्रता बलियो हुनेछ ।

12. संतुलित भनाईले परिवारमा शान्ति हुनेछ । कुलतबाट बच्न संयमित रहन सकिनेछ । मातको स्वास्थको हेरचाहले भविश्यमा संकट कम हुनेछ ।

13. बिपरित लिङ्गीसंग मित्रता गाँस्न सकिने छ । गरेका कामले जरुर लाभ दिनेछ । लाभकारी यात्राको संभावना प्रवल रहेको छ ।


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

7. मिठो बोलिबचनले परिवारमा शान्ति हुनेछ । लाभको परिधि बढ्नाले मनमा हर्ष हुनेछ । रमाईलो भ्रमणले भविश्यमा लाभ हुनेछ ।

8. लाभको मात्रा बढाउन काममा ध्यान दिनुहोला । कामका साथीहरुसंग यात्राको संभावना रहेको छ । बिरोधीहरु आफैं परास्त हुनाले चुनौति कम हुनेछ ।

9. खर्च के मा र कसरी गर्ने कुराको चुनौति रहे पनि सबै कुरा मिलाईने छ । उच्च अध्यात्मको अध्ययनमा मन जाने छ । परमार्थको चिन्ता भन्दा चिन्तन गर्न जरुरी छ ।

10. आएका समस्याको लाभ\हानीको अनुमान गर्न कोशिस गरिने छ । भविश्यमा आउन सक्ने चुनौतिको सहि मुल्याकंन गरिने छ । लगानीको रणनीति बनाउँदा सल्लाह लिनुहोला।

11. मोजमज्जामा बढि ध्यान नदिनु होला । शंकालु नबन्न चाहेको कुरा मन लगाएर बुझ्ने प्रयास गर्नु होला । पुरुषार्थ देखाउन संयम राख्नु होला ।

12. पिताको स्वास्थको हेरचाह गर्नुहोला । अभिभावको धार्मिक यात्राले चिन्ता केहि कम हुनेछ ।  औषधीमुलोमा हुने खर्चले स्वास्थ मजबुत बनाउने छ ।

13. पुरानो योजनालाई कार्यान्वयन गर्न सकिने छ । कामका साथीहरुको सहयोगले समस्या समाधान सहज हुनेछ । साथीहरुलाई घरमा आतिथ्य प्रदान गर्न सकिने छ ।


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

7. संघर्ष गरेरै पनि प्रतिफल लिईने छ । घरका दायित्व पुरा गर्दै काम पनि उत्कृष्ट नै हुनेछ । कामको लाभले बचत बढाउन सकिने छ ।

8. चिन्ता नगरि दायित्व पुरा गरेमा घर र काम दुवैमा प्रगति गर्न सकिने छ । अफ्ठ्यारो परिस्थितिमा पनि रमाईलो गर्ने अवसर जुर्नेछ । परिवारमा प्रगति देखिने छ ।

9. भाग्यले गर्दा लाभमा बृद्धि हुनेछ । नाफा बढाउन आफ्नो संजाल बढाईने छ । व्यवसायिक यात्रा गर्न सकिने छ । 

10. लब्धप्रतिष्ठा कमाउन सकिने छ । पदोन्नतिको अवसर जुटन सक्नेछ । कामको सिलसिलामा भोजभतेरमा सामेल भईने छ ।

11. गणित तथा लेखा अध्ययनमा राम्रो गरन सकिने छ । बढेको लाभले आफुलाइ दक्ष बनाउन सकिने छ । उच्च तालिमको लागि बिदेश यात्रा संभव छ ।

12. आँखा कानको नियमित जाँच गारउनु होला । मुख्य कामहरु दिउँसो अगावै सक्ने प्रयास गर्नु होला । दाम्पत्य सुखमा बृद्धि हुनेछ ।

13. भोगविलास रमाईलो समय बढ्ने छ । भएका समस्या न्युन गर्न खर्च गरिएला । धार्मिक यात्रा गर्न सकिने छ ।


९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

7. आफन्तमा बैरभाव कम गर्न सुझबुझ प्रयोग गर्न होला । उच्च शिक्षामा आउने अवरोधलाई निरन्तरको प्रयासले हटाउन सकिने छ । मान्यजनको आशिर्वाद पाइने छ ।

8. गुढ विद्या आर्जन गर्न सफल भइने छ । धार्मिक यात्राको संभावना प्रवल रहेको छ । भाग्य बृद्धि गर्न साधना गर्नु होला ।

9. कामका बिषयमा हुने दुविधा आफैं हटेर जानेछ । व्यवसायिक यात्राको अवसर आउन सक्नेछ । कामबाट प्रशंसा पाउन एकाग्र हुने प्रयास गर्नुहोला ।

10. काममा हुन सक्ने वादबिवादबाट टाढै बस्नु होला । सन्तानको बिदेश यात्राको लागि सहयोग गर्नुहोला । बढेको उतरदायित्वले लाभ बढाउने छ ।

11. कामको जिम्मेवारी पुरा गर्न गाह्रो भए पनि पुरा गरिने छ । व्यवसाय बढाउन लागानी बढाउनु पर्ने अवस्था आउन सक्नेछ । पारिवारको समस्या बिस्तारै सुल्झने छ ।

12. बढेको लाभ व्यवसाय बिस्तारमा खर्च गरिने छ । जीवनसाथी संग यात्राको योजना गर्न सकिने छ । बचत बढाउने कामहरु गरिने छ ।

13. परिवारमा जमघट रमाईलो होला । कामको सिलसिलामा बिदेश यात्राको संभावना रहेको छ । आफुले गरेको कामको प्रतिफल बढाउने कोशिस गरिने छ ।


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

7. कठिनाईहरु बिस्तारै सुल्झँदै जानेछन् । रिसलाई नियन्त्रण गरेर अगि बढेमा भविश्यमा सफल भइने छ । अधिक चिन्ता हटाउन ध्यानयोग अभ्यास गर्नुहोला ।

8. सहि खानपानले रोग लाग्ने छैन्। संयमित भएर बोलेमा परिवारमा कलह नहोला । परिवारमा गरेको खर्चले घरको सौदर्य बढाउने छ ।

9. उच्च अध्ययनको लागि बिषय छान्न कठिन भए पनि सहि निर्णय लिईने छ । आफुले बिश्वास गरेको उच्च बिचारको मुल्याकंन गर्नुहोला । पुराना मानिसको सानिध्य खोजिने छ ।

10. धार्मिक अवधारणामा वादबिवाद गरिएला । लामो यात्राको लागि केहि समय पर्खंदा ठिक होला । व्यवहारीक ज्ञान बढाउने अवसर जुट्ने छ । 

11. फरक वातावरणका साथीसंग मित्रता बढाउन सकिने छ । सुझबुझले नयाँ व्यबसाय शुरु गर्नु अगाडी अध्ययन गरिने छ । अरुलाई दिने सल्लाह आफुमा लागु गर्नुहोला ।

12. गरेको कामको सहि मुल्याकंन हुनेछ । परिवारको समस्या सुल्झाउन प्रयास गरिने छ । संतुलित व्यबहारले काममा प्रगति गर्न सकिने छ ।

13. व्यवसायबाट मनग्य लाभ हुनेछ । कामका साथीहरु संग जमघट रमाईलो गरिने छ । किर्ति बढाउने काममा लागिने छ ।


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

7. महत्वाकांक्षी योजना अगि बढाउन सकिने छ । साझेदारका सहयोगले व्यावसायिक लाभ बढ्ने छ । दाम्पत्य सुख बढ्नाले मनमा आनन्द हुनेछ ।

8. मुख्य कामहरु अपरान्ह अगावै सकाउने प्रयास गर्नु होला । वादबिवादबाट टाढा बसेमा मनमा द्वन्द कम हुनेछ । अपर्झट निर्णय नलिएमा घाटाको जोखिम कम हुनेछ ।

9. आध्यात्मिक रुझान बढाउँदा मानशिक शान्तु हुनेछ । व्यबहारीक ज्ञानले हरेक व्यक्तिलाई अनुभवि बनाउने छ । अरुका कुरा सुनेर घरको शान्ति नभाडने प्रयास गर्नुहोला ।

10. अपच, रुघाखोकी,छाती को रोग उत्पन्न हुनसक्ने अवस्थाबाट सजग रहनु होला । अरुले आक्षेप लगाए पनि विचलित नहुनु होला । धैर्य गरेमा समस्या सुल्झाउन सकिने छ ।

11. गलत कामको जोखिम नलिए खराव अवस्था आउने छैन्। भाग्यले गर्दा लाभको मात्रा कम हुने छैन्। काममा परिपक्क व्यबहार गर्नुहोला ।

12. बैवाहीक सम्बन्ध अगि बढ्ने छ । अवरोध भए पनि अध्ययनमा प्रगति गर्न सकिने छ । शिक्षित व्यक्तिहरु संग सम्बन्ध बढाईने छ ।

13. ईतिहासको अध्ययनमा रुचि जाग्नेछ । अनुभवि मानिसको मार्ग दर्शनले मनमा रहेको दुविधा कम हुनेछ । यात्राको योजना अलि पछिलाई सार्दा राम्रो होला ।


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

7. प्रतिद्वन्दीको कमजोरीको फाईदा लिन सकिने छ । कामको चुनौतिलाई सजिलै हल गर्न सकिने छ । व्यापार बिस्तारको लागि साझेदारहरु बिच छलफल जरुरी छ ।

8. घरमा सुखसुविधा थपिने छ । जग्गा जमिन खरिद बिक्रि हुन सक्ने छ । बिदेश यात्राको संजोग जुटन सक्नेछ ।

9. प्रणय सुखको आनन्द लिईने छ। जीवनसाथीको सहयोगले कामहरु सहज हुने छन्। आत्मबिश्वास र भ्रमको निवारण हुनेछ ।

10. जीवनसाथीको स्वास्थको हेरचाह गर्नुहोला । बैवाहिक सम्बन्धमा जोडिन सकिने छ । धार्मिक जमघटमा सामेल भइने छ  ।

11. उच्चशिक्षाको अवसर जुटन सक्नेछ । घनिष्ट सज्जन साथीसंग भेटघाट हुन सक्नेछ । अरुको सल्लाहको भर नपरि आफ्नो सुझबुझ प्रयोग गर्नु होला । 

12. जीवनसाथीमा आशक्ति बढन सक्नेछ । दाम्पत्यको सुखको लागि सोझो बन्न सकिने छ । अफ्ठ्यारो परिस्थितिबाट निस्कने बाटो भेटिने छ ।

13. अरुको सल्लाह मानेर हतारमा निर्णय नगर्नाले हानी कम हुनेछ । नैराश्यता बाट बच्न मन्त्र साधना गर्दा राम्रो होला । खर्च कम गर्न संयमित हुनु होला ।

...

Bhanu Raj Aryal

Astro Analyst


Founder/Executive

MAYA Astrology Clinic and Research Center

On the way to GauriGhat, Opposit to Uma Kunda, Pashupati, Kathmandu, Nepal


NTC: 98511 38 363 Ncell: 98133 97 444

email: maya.astroclinic@gmail.com

Facebook: MAYA Astro Clinic