(Japan) 21 st February | 2024 | Wednesday | 8:19:48 PM || (Nepal) 5:04:48 PM
 
 


तपाईंको दैनिक राशिफल

  POSTED ON : Sunday, 10 December, 2023 | Views : 756

तपाईंको दैनिक राशिफल


अँग्रेजी मिति अनुसार डिसेम्बर १० देखि १६ तारिखसम्मको दैनिक राशिफल यस प्रकार रहेको छ ।

१) मेष (राशि नाम शुरु अक्षर चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

10. दाम्पत्य जीवनमा आउने अवरोधलाई कुराकानीबाट टुगांउन सकिने छ । व्यापार व्यवसायका बिस्तारका लागि खर्च बढ्ने छ । पारिवारीक सुख भोग गरिने छ ।

11. अरुका कुरा सुनेर धोकामा नपर्नु होला । व्यबसायीक समस्या समाधानका लगि साझेदारहरु बिच छलफल आवश्यक छ । पहिलेका गल्ति सुधार्न सजगता अपनाउनु होला ।

12. मनका कुरा व्यक्त गर्न कठिन हुँदा सहज बन्ने प्रयास गर्नुहोला । मनमा रहेको भय हटाउन आध्यातमीक कुरामा मन लगाउनु होला । साँझको समयमा व्यस्त हुने प्रयास गर्नु होला ।

13. सबै कामहरु बिस्तारै पुरा गर्ने योजना गर्दा राम्रो रहला । क्रोध नियन्त्रणका लागि गर्न सकिन मनोरन्जनका कुरामा ध्यान दिनु होला । आफ्नो सोचमा बिचलन आउन नदिनु होला ।

14. मनमा दुविधा आउन नदिने प्रयत्न गर्नु होला । प्रज्ञावान बनेमा समस्या बाटै समाधान निस्कने छ । लाभका अवसरको सदुपयोग गर्नु होला ।

15. स्वास्थको ध्यान राखेमा बिरामी भइने छैन्। महत्वकांक्षा पुरा गर्न हतार नगरे राम्रो रहला । मनको चंचलता हटाउन अनुभवी मानिसका सल्लाह मान्नु होला।

16. पारिवारीक कुरामा भन्दा काममा ध्यान दिनु होला । गरेका कामहरुबाट लाभ हुनेनै छ । व्यापारीक यात्राको अवसरलाई सदुपयोग गर्नु होला ।


२) बृष (राशि नाम शुरु अक्षर ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

10. पारिवारीक द्वन्दको समाधान बुद्धिमत्ता पूर्वक समाधान गर्न सकिने छ । अरुले गरेका गल्ति आफुबाट नहोस भनेर प्रयत्न गरिने छ । समस्या समाधानमा ध्यान दिनाले राम्रो रहला ।

11. जग्गाजमीनको कारोवारीका लागि केहि सहज परिस्थिती रहने छ । अचानक हुन सक्ने लाभको सदुपयोग गर्नु होला । व्यबसायबाट लाभ लिन सकिने छ ।

12. जीवनसाथीको मनोभाव बुझ्ने प्रयत्न गर्नु होला । दाम्पत्य सुखका लागी प्रेमील हुन सकिने छ । शंकाको सट्टा अवसरमा ध्यान दिनुहोला ।

13. साझेदारी व्यबसायबाट लाभ लिन सकिने छ। पेटको समस्यालाई खानपान नियन्त्रण गर्ने सकिने छ । बोल्दा सजग रहेमा पछि आफुलाई ग्लानी हुने छैन् ।

14. मनमा रहेको द्वन्दलाई छुच्चो बोलिले व्यक्त नगर्नु होला । उच्च बिचारमा ध्यान दिंदा आफ्नो मनको निराशा कम गर्ने सकिने छ । कामको बोझ लिंदा पछि प्रशंसा पाईने छ ।

15. हतारमा बुद्धिले सहि मार्गदर्शन नगर्ने हुनाले संयमित रहनु होला । मनमा रहेको अज्ञातको भय निराधार सावित हुनेछ । खानपानमा सजग रहनु होला।

16. वितरागका कुराले बिचारलाई शुद्ध बनाउने छ । मन शंकालु नबनाउन अनुभवको प्रयोग गर्नु श्रेयस्कर रहला । सहि कुरामा खर्च हुनाले खर्चको चिन्ता नलिनु होला । 


३) मिथुन (राशि नाम शुरु अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा)

10. परिवारमा समय व्यतित गर्ने प्रयास गर्नु होला । कामको सिलसिलामा यात्राको संभावना प्रवल रहेको छ । प्रणय सुत्रमा बाधिनका लागि समय उपयुक्त रहेको छ ।

11. जुझारुपन बढ्नाले ठुला कामहरु गर्न मन जानेछ । मुद्दामामिलामा जित हुनेछ । शत्रु पराजित हुनाले शान्ति अनुभव गरिने छ ।

12. आफ्नो शिप बढाउन खर्च गरिएला । वादबिवादमा विजयी भइने छ । साम्पत्य सुखको पर्याप्त अनुभुति हुनेछ । 

13. साथीहरुको सहयोगले रोकिएका कामहरु बन्ने छन्। न्याय क्षेत्रमा लागेका व्यक्तिहरुका लगि समय बिशेष राम्रो रहेको छ । बुद्धिले समयमा साथ दिनेछ ।

14. भाग्य बदल्न कठिन भए पनि असंभव छैन् । आउने चुनौतिको सजिलै सामना गरिने छ ।  उच्च शिक्षा अध्ययनमा आएको रोकावटलाई संयमित भएर हटाउन सकिने छ ।

15. जीवनसाथीलाई पर्याप्त महत्व दिनु होला । बिवादित बिषयमा साझेदारहरु संग गृहकार्य गरेर मात्र कुराकानी गर्नु होला । बाहिरीया मानिसका कुरामा ध्यान नदिनु होला ।

16. अल्छिपना त्याग्दा नै काममा दक्षता आउला । आफ्नो जिम्मेवारी हतारमा पुरा गर्न नखोज्नु होला। झट्ट रिसाउने बानीमा लगाम लगाउनु होला ।


४) कर्कट (राशि नाम शुरु अक्षर ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

10. एकोहोरो जिद्धि नगरे कामको प्रशंसा हुनेछ । परिवारका लागि सुख सुबिधाका सामनहरु जोडिनाले तनाव कम हुनेछ । इष्टमित्रसंग पारिवारीक मिलनले खुसी बढाउने छ ।

11. परिवारका सदश्यहरु बिच संतुलन बनाउने कोशिस गर्नु होला । सन्तानको प्रगतिका लागि उनीहरुको समस्या हल गर्ने प्रयत्न गर्नु होला । कुनै कुरामा पनि छिट्टै निर्णय नदिनु होला ।

12. संवेदना भन्दा बुद्धिको प्रयोगले अगि बढ्न मद्त गर्नेछ । आप्नो शक्ति बढाउन आमाको सहयोग लिंदा राम्रो रहला । पेटको स्वास्थका लगि राम्रो खानपान गर्नु होला ।

13. पर्याप्त पानी तथा सागसब्जी खानु होला । मनमा निराशाका कुरा बढ्न नदिन प्रयत्नशिल रहनु होला । बैवाहीक जीवनको रोकावटलाई केहि समय पछि हटाउन सकिने छ ।

14. भाषा अध्ययन गर्नका लागि समय राम्रो रहेको छ । तार्किक भएरै पनि केहि अपर्झट लाभ लिन सकिने छ । तर बेअर्थका काममा हुनसक्ने बिवादबाट बच्नु होला ।

15. शिक्षा क्षेत्रमा लागेका व्यक्तिका लागि समय राम्रो रहने छ । छोटो समयका लागी लगानी गर्ने काममा सफल भइने छ । हतारमा निर्ण भने नलिनु होला ।

16. प्रणय सुख मिल्नाले मन प्रशन्न रहने छ । मनमा आशका रहे पनि बढेको जिम्मवारी पुरा गरिने छ । पित बढ्ने खानपान नगर्दा बेस रहला ।


५) सिंह (राशि नाम शुरु अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

10. पारिवारीक समस्या हल गर्न दाजुभाईको सहयोग लिन राम्रो होला । अनुभवजन्य कुराकानीले कतिपय कामहरु पुरा गर्न सकिने छ । बोल्दा अपशब्द प्रयोग नगर्नु होला ।

11. अरुलाई सल्लाह दिने कामबाट टाढै रहनु होला । गलत निर्णय लिनबाट बच्न धैर्य गर्नु होला । मान्यजनको सल्लाह मान्नाले परिवारीक झमेलाबाट बचिने छ ।

12. आमाका निर्णयहरु संवेदनशिल भएर सुनिदिनु होला । असंयम भएर नबोल्न अनुभवजन्य बुद्धिको प्रयोग गर्नुहोला ।

13. श्वास-प्रश्वास सम्बन्धि समस्याबाट बच्न नियमित प्राणायाम गर्नु होला । हाललाई जग्गाजमिनमा लगानी नगर्दा राम्रो रहला । बिपरित लिंगीको मित्रताले फाईदा दिनेछ ।

14. आर्थिक दुरावस्थाबाट बच्न सहि ठाउँमा लगानी गर्नुहोला । परिवारमा समय दिनाले सदश्यहरुको मानशिक समस्या कम हुनेछ । सन्तानको दुविधालाई कुराकानीबाट हल गर्न सकिने छ ।

15. पारिवारीक बिरोधबाट बच्न पर्याप्त छलफल गर्नु होला । एकोहोरो आफ्नो सोचले मात्रै मानशीक भ्रम हुने हुनाले सजग रहनु होला । सन्तानको मन दुख्ने कुरा नबोल्नु होला । 

16. समस्याको समाधना मिहनतले गर्दा पाउन सकिने छ । संघर्ष गर्ने मानशिकताले बिजयी बनाउने छ । भाग्यले साथ दिनाले कामको प्रशंसा पाईने छ ।


६) कन्या (राशि नाम शुरु अक्षर टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

10. बचत बढाउने अवसर प्रसस्त आउने छ । पारिवारीक भेटघाटले मनमा आनन्द महशुस हुनेछ । बोलिमा संयमता राखे मनमुटाव बाट बचिने छ ।

11. उच्च पदस्थहरु संग मित्रता बढ्ने छ । सुरक्षा सम्बन्धि पेशा तथा व्यवसायका लागि समय बिशेष राम्रो रहेको छ । मातालाई सुख बढाउने कामहरु गरिएला ।

12. आफ्नो प्रेमीसंग अचानक भेटघाटको अवसर जुटन सक्नेछ । सफलताले मनमा शान्तिको महशुस हुनेछ । लाभका क्षेत्र बढ्नाले भविश्यमा फाईदा हुनेछ ।

13. कठिन तथा ठुला कामहरु पनि गर्न सकिने छ । सुख सुबिधा बढाउने अवसर जुटन सक्नेछ । दाम्पत्य सुखले मन प्रशन्न हुनेछ ।

14. परिवारका बिवाद तथा झमेलाले बिचलित नहुनु होला । समयक्रममा सबै समस्या हल हुँदै जानेछ । मित्रताको संजाल बढाउनाले धेरै प्रगति गर्न सकिने छ । 

15. आफुलाई भएको लाभलाई परिवारको सुख सुबिधामा खर्च गरिने छ । नयाँ लुगाफाटो तथा उपहारले चित प्रशन्न हुनेछ । खराव खानपानबाट सावधान रहनु होला । 

16. सरकार सम्बद्ध कामहरुमा सफल भइने छ । आफ्नो सम्पर्क बढ्नाले कठिन काम पनि सहज बनाउन सकिने छ । व्यापार बिस्तारको लागि पर्याप्त गृहकार्य गर्नु होला ।


७) तुला (राशि नाम शुरु अक्षर रा, री, रु, रे, रो, ता, ती, तू, ते)

10. शुरु गरिएका अधिकांस कार्य सफल हुन सक्ने छन्। पारिवारीक रमाईलोले मनमा प्रशन्नता महशुस हुनेछ । सौंदर्य प्रशाधनमा केहि खर्च बढ्न सक्नेछ ।

11. खरो र छुच्चो नबोलेर परिवारको समस्या कम गर्न सकिने छ। आफ्नो बोझले गर्दा शिथिल नहुन मनोरन्जनमा पनि ध्यान दिनु होला । शत्रुबाट बच्न मनोवेगलाई ठिक राख्नु होला ।

12. बचत परिचालन गर्न कठिन हुनाले व्यबसायमा लागानी नबढाउँदा राम्रो होला । कुराकानी गर्दा सहि शब्द चयन गर्नु होला । मुखको स्वास्थमा सजग रहनु होला ।

13. साझेदारको सहयोगले सफल हुन सकिने छ । सन्तानको समस्यामा सहयोगी बनेमा चिन्ता कम हुनेछ । खानपानमा सजग रहेमा पेटको स्वास्थ ठिक रहने छ ।

14. विद्वान साथीहरु संग मित्रता गाँसिने छ । आफ्नो कुरालाई तर्क सहित राख्न सकिने छ । सानोतिनो यात्राको अवसर जुटन सक्नेछ ।

15. घुमफिरमा समय व्यतित हुनेछ । तर्कले नै शत्रु परास्त गर्न सकिने छ । परिवारका महिला सदश्यहरुको कुरा सुन्नाले संतुलन बनाउन मद्दत हुनेछ ।

16. कामको बोझलाई घरमा बसेर पनि कम गर्न सकिने छ। व्यबसाय बढाउने चिन्तनले सहि मार्ग देखाउन सक्नेछ । पछि गर्न सकिने दिर्धकालिन योजना बनाउँदा राम्रो हुनेछ ।


८) बृश्चिक  (राशि नाम शुरु अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू)

10. मनोवेग र जुझारुपन बिच संतुलन राख्नु होला । अत्याधिक खर्च गर्नबाट बच्न आवश्यक कुरामा मात्रै खर्च गर्नुहोला । तन्त्रमन्त्रका कुरामा मन जान सक्नेछ 

11. भाग्यले केहि साथ दिनाले समस्या बाट निस्कन सकिने छ । मान्यजनको सल्लाहले कामको महत्वपूर्ण सुत्र पत्ता लाग्नेछ । प्रणयका कुरामा ज्यादा ध्यान जानेछ ।

12. जस्तोसुकै समस्याबाट पनि निस्कन सकिने छ। व्यक्ति भित्री गुणलाई बाहिर ल्याउन मद्दत हुनेछ । बिजुली तथा ग्यासका सामानको मर्मत सहि समयमा गर्नु होला ।

13. बचत बढाउन सकिने छ । कठिन भए पनि योजना सफल बनाईने छ । खर्च कम गर्न भटकिलो जीवनशैली नअपनाउनु होला ।

14. बाणीमा आएको निखारताले परिवारमा खुसी बढाउने छ । सोचेर गरेको यात्राले लाभ दिनेछ । भविश्यलाई सुरक्षित राख्न बलियो योजना बनाउन सकिने छ। 

15. परिवारका समस्यालाई ध्यान दिएमा समाधानको बाटो भेटिने छ । आमाको स्वास्थको जाँच समय मै गराउँदा राम्रो हुनेछ । प्रेममा सफल हुन यात्रा गर्न सकिने छ ।

16. रचनात्मक कुराकानीले कार्य सफल बनाउन सकिने छ। निर्माण व्यावसायीका लागि समय राम्रो रहेको छ । योजना गरेर ऋणको मात्रा घटाउन सकिने छ।


९) धनु (राशि नाम शुरु अक्षर ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

10. बिवाहका कुरामा मनन् गरेर मात्रै निर्णय गर्नु होला । ठुलो आम्दानीको स्रोत हात पर्न सक्नेछ । लाभकारी यात्राको अवसर आउन सक्नेछ ।

11. रिसलाई नियन्त्रण गरेमा जिम्मेवारी पुरा गर्न सकिने छ । कामका बारेमा केहि अनिश्चय हुन सक्नेछ । लेखन पेशाकर्मीका लागि यो समय राम्रो रहेको छ ।

12. मनको द्वन्दलाई संयमले कम गर्न सकिने छ । बेकारको यात्राबाट बच्ने प्रयास गर्नु होला । टाउको दुख्ने अवस्था तथा ज्वरोबाट बच्न सचेत रहनु होला ।

13. ध्यान तथा योगले मनमा शान्ति दिनेछ । कतिपय समस्या आफैं समाधान हुनेछन्। साथीको सहयोग भन्दा पनि आफ्नो क्षमतामा बिश्वास गर्नुहोला ।

14. चंचतला कम गरे अपमान सहनु पर्ने छैन्। मनमा धेरै कुरा खेले पनि निर्णय गर्दा हतार नगर्नु होला । पारिवारीक जमघटले खुसी बनाउने छ ।

15. वितक्षेत्रमा लागेका लागि समय राम्रो हुनेछ । अध्ययन अध्यापनमा सफल हुन सकिनेछ । बैदेशिक यात्राको योग प्रवल रहेको छ ।

16. खर्चको मात्रा बढे पनि चिन्ता नगर्नु होला । घरमा बिदेशी सुबिधाका सामानहरु थपिने छ । खानपानमा सचेत रहे छातिको स्वास्थले दुख दिनेछैन् । 


१०) मकर (राशि नाम शुरु अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

10. काममा पदोन्नति हुने अवसर जुटन सक्नेछ । आफ्नो कामका लागि लाभदायक यात्रा पनि हुन सक्नेछ । अविबाहितका लागि बिवाहको अवसर आउन सक्नेछ ।

11. ठुला व्यक्तिको सहयोगले महत्वपूर्ण कामहरु सफल बनाईने छ । लोकसेवाको तयारीमा लागेका व्यक्तिलाई समय बिशेष राम्रो रहेको छ । परिक्षामा सजिलै सफल भईने छ ।

12. आम्दानीका बिभिन्न स्रोतले आय बढाउने छ । आफु भन्दा जेठा सहोदरको प्रगतिमा सहयोगी बनिने छ । मुद्दामामिलामा बिजयी भइने छ ।

13. मित्रहरु संग रमालो यात्रा गर्न सकिने छ । उताउलो नभए अरुले ठग्न सक्ने छैनन् । जीवनसाथीको चाहना सजिलै पुरा गरिने छ ।

14. हरेक कुरामा नाफा नोक्सानको हिसाब नगर्नु होला । मनोवेगले काममा असफल बनाउन सक्ने हुनाले संयम राख्नु होला । ससुराली तर्फका नातेदारको सहयोगले लाभकारी काम गर्न सकिने छ।

15. बढेको चिन्ता हटाउन परिबारमा समय व्यतित गर्ने कोशिस गर्नु होला । योगाभ्यासका लागि समय राम्रो रहेको छ । आध्यात्मिक कुराले चित शान्त हुनेछ ।

16. केहि शान्तिको अनुभवले नयाँ कुरा सोच्न सकिने छ । दुविधा बढ्ने कुनै पनि काम हाललाई स्थगित गर्दा राम्रो होला । जीवनसाथीको सल्लाह लिंदा सफल हुन सहज हुनेछ ।


११) कुम्भ (राशि नाम शुरु अक्षर गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

10. अवरोध आए पनि भाग्यले साथ दिनले सजिलै सफल भइने छ । मनमा रहेको डरलाई सामना गरे परिक्षामा राम्रो गर्न सकिने छ । बढेको लाभ व्यवसाय बिस्तारमा खर्च गर्न सकिने छ ।

11. उच्च शिक्षा अध्ययनका लागि ‍समय राम्रो रहेको छ । आफ्नो शिपले काममा प्रशंसित भइने छ । पदोन्नतिको अवसर आउन सक्नेछ ।

12. पारिवारीक समस्यालाई सभ्य भएर हल गर्न सकिने छ । बढेको लाभले घरमा सुखका साधन थपिन सक्नेछ । कार्यबस यात्रामा जान सकिने छ ।

13. जिम्मेवारी बढ्नाले लाभ पनि बढ्ने छ । काममा आएको समस्याले दक्षता बृद्धि गर्नेछ । राज्यपक्ष बाट मान-सम्मान पाईने संभावना रहेको छ । 

14. साथीहरु संग मनोरन्जनका लागि यात्रामा जान सकिनेछ । मनले ईच्छा गरेको बस्तु पाउनाले मन प्रशन्न रहला । बालखकालका मित्र संग भेटघाट हुन सक्नेछ ।

15. धन संचिति बढाउन प्रयत्न गरे सकिने छ । आफ्नो सम्पर्कमा रहेका ठुला व्यक्ति मार्फत ठुलो काम हात पर्ने सक्नेछ । सन्तानको प्रगतीले मन प्रशन्न रहला। 

16. मनमा गाह्रो योजनाका कुराहरु आउन सक्ने छन्। अरुको षडयन्त्रबाट बच्न चनाखो रहनु होला । बेकारको यात्राबाट टाढै रहनु होला।


१२) मीन राशि (नाम शुरु अक्षर दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

10. विलासिताका कुराम ज्यादा खर्च गरिने छ । अल्पकालिन लगानीले पनि फाईदा दिन सक्नेछ । प्रणयभाव प्रसस्त बढ्ने छ । 

11. कोशिस गरेका प्राय कामहरु सफल हुने छन्। जीवनसाथीबाट बिभिन्न लाभ हुनेछ । वाणिज्य व्यबसायबाट बिशेष लाभ लिन सकिने छ । सरकारी पक्षबाट अवरोध आए पनि रोजगारीमा सफल हुन सकिने छ । सामाजिक मान्यताको अपमान नगर्नु होला ।

12. रोजगारीको सिलसिलामा सानो यात्रा हुन सक्नेछ । पारिवारीक शुभ कार्यक्रममा सहभागी भइने छ । बदलाको भावना भने बढ्न नदिनु होला।

13. पुराना कुरालाई मनन् गरेमा आगामी योजना सहज बनाउन सकिने छ । पिताको आशिर्वादले धन प्राप्ती हुन सक्नेछ । पहिले गरेका लगानीले राम्रो प्रतिफल दिन सक्नेछ ।

14. कामका कुरामा सतर्कता अपनाउनु होला । गरेको कामको प्रशंसा पाउन केहि मेहनत गर्नु पर्ने देखिन्छ । कार्यालयको समस्या समाधान गर्न अग्रसर भइने छ ।

15. घरजग्गा व्यवसायीका लागि समय राम्रो हुन सक्नेछ । जीवनसाथीलाई रोजगारीको पद प्राप्ती हुन सक्नेछ । मनमा रहेको डर भन्दा पाएको काममा ध्यान दिनु होला ।

16. बिद्यार्थी जीवनका साथीहरु संग रमाईलो यात्रा गर्न सकिने छ । धन संचिती बढाउने अवसर पनि जुट्न सक्नेछ । नसोचेको कामबाट धनलाभ हुन सक्नेछ ।

...

...

Bhanu Raj Aryal

Astro Analyst

MAYA Astrology Clinic and Research Center

On the way to GauriGhat, Opposit to Uma Kunda, Pashupati, Kathmandu, Nepal

NTC: 98511 38 363 Ncell: 98133 97 444

email: maya.astroclinic@gmail.com