(Japan) 3 rd October | 2023 | Tuesday | 7:28:25 AM || (Nepal) 4:13:25 AM
 
 


आज रंगहरुको पर्व फागुपूर्णिमा

  POSTED ON : Monday, 06 March, 2023 | Views : 1014

आज रंगहरुको पर्व फागुपूर्णिमा


काठमाडौं, नेपाल ।

नेपालमा आज रंगहरुको चाड फागुपूर्णिमा पर्व मनाईंदै छ । विशेषगरि पहाडी जिल्लामा आज (सोमबार) र तराईका जिल्लामा भोलि (मंगलबार) होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा नेपालका राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।